मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


बनेपाको अवस्था–हिजो, आज र भोलि

Thearaniko Times 1369+ समाचार ( )
२८ वैशाख २०७९, बुधवार


हामी आज एकाईसौ सताब्दीको गोलचक्करमा घुमिरहेका छौं । मानसपट्टलमा भ्रम नपरोस्, युगान्तकारी  युगपुरुषहरु  हामीहरुले  धेरै गुमायौ यो प्रकृतिको नियम हो । आचरण  प्रमुख निष्ठा हो पद्दती अबलम्बन गर्नु मानव धर्म हो नैतिक जिम्मा लिनु  काम गर्नु नेतृत्वको  कर्तब्य हो ।

      निष्ठाले  अनिष्ट निम्त्याउँदैन  खोतलौं  सान्दर्भिक प्रश्न  हाम्रो  काभ्रेपलाञ्चोकको  भुत भबिष्य भन्दा  चल्दै गरेको बर्तमान  । म धेरै अगाडिदेखि खोतल्न चाहान्न । यद्यपि  केही जिज्ञासा पस्कनु  अनिबार्य भो  जस्तो  लाग्यो । अतीत  नियाल्नु  पर्छ नै  शाश्वत् सत्य  चित्रण गरिरहेकै पाईन्छ  । २०३८ सालमा पहिलो नगर पञ्चायत  बन्ने सौभाग्य पाएको नगरी  बनेपाले गुमाएका केही यक्षप्रश्न अनुत्तरित बन्न पुगेका छ्न्  अवसरवादीको कारण भन्दा आतिसयोक्ति हुनेछैन नै ।

राजधानीको २०–२५ किलो मिटर पुर्व रहेको प्राकृतिक  सौन्दर्यताले सुशोभित बनेपा उपत्यका आफैमा हराभरा थियो । मिलेको बस्ती  चटक्कको बजार  वरिपरि  सुन्दर शान्त सत्ताईस गाउँ नगर हुन लायक एरिया थियो  । केही जनताको मुख्य मान्यता बिरोधी महत्वकांक्षा बोकेका आफै ठालु पल्टने   नेतृत्वदायी भुमिकामा अलमलिएका लिडरहरुले गर्दा भुगोल प्राकृतिक सम्पदा जनता समेट्न सकेन । साबिक श्रीखण्डपुर,  उग्रतारा जनागाल, नाला, साँगा उहिल्यै नगरमा मिलाउनु पर्ने थियो । चाहना पनि जनमानसमा उस्तै थियो निःसन्देह  फराकिलो आबश्यक थियो । कुरा काट्छन् महोदयहरु आठौं आश्चर्य लाग्दैन हामिलाई । त्यतिखेरको कमि–कमजोरीले निकै खुम्चिन पुग्यो बनेपा नगर हाम्लिाई राम्रो संग याद छ ।  देवालय धनेश्वर, माई चण्डेश्वरी    छत्रछायाँमा  उग्रेश्वर महादेव  केही समय  छोपिनु भयो । बगरमा परिणत भयो खोलाको एरिया फराकिले थियो गंगाजीमा हामी स्नान गर्न जान्थ्यौ। गंगाजीको पानी प्युन योग्य थियो । पुण्यमाता  जसको नामै काफि छ अग्रजहरुले जुराएको नाम  पुण्यमाता ।

  बनेपा नगर बनेपछि एकाएक ढलमतिमा रुपान्तरण हुन पुग्यो गंगाजी । उता पनौतीमा बाह्रबर्षे मक्कर मेला लाग्छ  रोशी र पुण्यमाता मिसिने त्रिबेणीघाट पनौतीमा जहाँ हिन्दुधर्मावलम्बीहरु स्नान दान गर्ने र पुण्य कमाउने उद्देष्यले अभिप्रेरित भई  आउने श्रध्दालु भक्तजनहरुलाई गंगाजी ढलमती बनेको वर्तमान  चल्दै गरेको समय वातावरण मैत्रीहरुलाई  सुपाच्य हुने कुरै भएन  ।

       २०५६ सालतिर हुनुपर्छ शिव पुराण लगाएर पं.अम्बिकानाथ उपाध्याय,  अच्युतराज न्यौपानेद्वारा  शिव पुराण कथा बाचन  भए पश्चात्  उग्रेश्वर महादेव उत्खनन्  भई उत्पति हुनुभयो । त्यसथलमा  दीप  पनि रहेको  र आर्य समाजको  दाहसस्कार  खोला पारी गर्नुपर्ने  नेवार सम्प्रदायको  दाहसस्कार  खोलावारि पटि  गर्ने प्रचलनले समय सापेक्षता  परिबर्तन चाहेको थियो । गंगाजी जहिले तहिले खोला खुसी गद्गडाउदै  आउने  त्रिबेणीमा मानिस आगमन गर्न असुबिधा भएकाले त्यसतर्फ ध्यानाकर्षण जरुरी थियो  । शम्भुप्रसाद न्यौपानेलाई  यो ठाउँमा केहि न केही गर्नैपर्छ भन्ने लागेर आबश्यक पनि रहेकाले अझै भन्नूपर्दा मेरा अग्रज   मेरा हजुर बुवा  सान्नानी पंडित षडानन्द उपाध्यय दैनिक उग्रतिर्थमा  स्नान गर्नुहुन्थ्यो । तपस्या दैनिक तीन घण्टा गर्नु हुन्थ्यो । मेरा बाबा पं.शिवप्रसाद उपाध्याय  त्यही स्थलमा तपस्या गर्नुहुन्थो । 

बनेपाका ऐतिहासिक युग पुरुष गणेश प्रधान, धनेश्वरका नरमान थापा, बुडोलका सान्नानी पंण्डितको आँखा परेको ठाउँ भएकाले पनि पबित्र गंगा पुण्यमाताको जल पबित्र नै राख्नुपर्ने हुन्थ्यो । बनेपा नगरपालिका श्रध्दालु भक्तजनहरुलाई सम्मानजनक अवस्थामा त्रिबेणी सफा हराभरा राख्नु आबश्यक थियो र त्यो ठाउँमा  वारिपारी गर्ने पुलको खाँचो थियो । शम्भुप्रसाद न्यौपानेको नेतृत्वदायी भुमिकामा उपरोक्त त्रिबेणीघाटमा आगमन गर्न  एकथान पुल निर्माण गर्नुपर्छ भन्ने लागेर तत्कालिन जिल्ला विकास सभापति कृष्णप्रसाद सापकोटाबाट केही रकम  निकासा  गरिदिनु भएको र अपुग रकम  जनमानसमा आग्रह गर्दा दिनु भएको सबैको सहयोगमा पुल निर्माण गरियो । अहिले शिवालय मन्दिर बन्यो । पाटी सत्तलहरु वने सबै राम्रो हुँदै गयो । अब बाँकी गंगाजी सफा सुग्घर रहन बाँकी छ । ढलमतीबाट पुण्यमाता बाँकी छ । अब निर्वाचित भएर आउने नेतृत्वले बनेपा हाराभरा, सुन्दर बनाउन सकोस् कामना छ । बल्लतल्ल बनेपा नगरले  जनता पाएको छ  पद्दती पाएको छ    निष्ठा  पाउन बाँकी छ  । बनेपा  बनाउनेमा अग्रज ईतिहासकार दाइ केदारनाथ प्रधानको उत्तिकै हात छ । सम्झना रहिरहोस् उच्च शिक्षा हाशिल गर्न कलेज खोल्नु भयो त्यसको नाम काभ्रे क्याम्पस राख्नुभयो । काभ्रे क्याम्पसमा स्नातकोत्तर सम्म पढाइ चल्दै गरेको छ । याद होला, काठामाण्डौ बिश्वबिद्यालयले छुट्टै पहिचान वनाएको छ शिक्षाबिद् डा.सुरेशराज शर्माको विशेष भुमिका रहेको थियो । सम्झना छ, हामिलाई  समाजसेवी  पृथ्वी थापाको पनि केयुमा त्यत्तिकै योगदान रहेको छ  ।

   कृष्णप्रसाद सापकोटा, गोबिन्दनाथ उप्रेती, केदारनाथ प्रधान जस्ता महान् बिचारका धनी  अग्रपङ्तिमा  उभिन,े पद्दतिको बिकास गर्ने मान्छेहरुलाई  जिल्लाबासीले सम्झना गर्नु  निश्चय नै पर्दछ । गोबिन्दनाथ वृद्ध हुनुभयो, कृष्णप्रसाद सापकोटा अझै राजनीतिक क्षेत्रमा कृयाशिल  हुनुहुन्छ । सम्झनुपर्ने ब्यक्तित्वहरु केदार दाइ हुनुहुन्न । हामी बिच पुराना राजदाशको नाउँ आउँछ  बनेपामा त्यो ईतिहास पुरुषहरुलाई  सम्झनुपर्ने हुन्छ    ।

   तितो सत्य  ब्यक्तगर्नु  उचित होला माथबरी पन्छाएर महत्वकाक्षीहरुलाई पद प्रतिष्ठा दिलाएर सुन्दर बनेपाको  भबिष्य खुम्च्याउने अधिकार कसैलाई नरहोस् बनेपा बिगार्ने भबिष्य खुम्च्याउनेहरुले लामो समय बिताए । यो बनावटी कुरो होईन । बनेपाको समष्टि बिकास रुचाउने जो कोहीलाई पचेको छैन    बुजक्कडहरुले  राम्रोसंग बुझुन्  । बर्तमान  समय युवाको हो वृद्ध वृद्धाहरुले  सम्मान पाउन  ज्ञानको ज्योती   चमकचमक  चम्कि रहुन् । बुडोलमा हामीले निर्णय गरेर अगिल्लो चुनावमा सचितानन्द केसीलाई बुडोल सपार्ने जिम्मा दिएका थियौ । सपना हाम्रा पनि छन् तिनै सपनाहरु  पूरा गर्न बुडोल अर्थात बनेपा ६ वडाका  युवाहरु अहिले पनि सशक्तरुपमा लागेका छन्  पुनः सचितानन्द के सी लाई निरन्तरता  दिन । 

गोसाईस्थान पौराणिक स्थल भैकन पर्यटक स्थल बन्ने  निश्चित छ । नगरकोट, धुलिखेल जोड्ने नै छ    गोसाईस्थानको सुन्दर दृष्य अवलोकन गर्न बनेपाका मेयर उपमेयरका उमेदबार बन्नुहुने र भोलि बिजेता भएमा  बिजय गराउने जनताको महानतालाई  बिकाश  बजेटमा कुनै कन्जुस्याई नगरुन्  हिमालदेखि तिमाल सम्म नगरकोटदेखि भ्यालीसम्म  गोसाईस्थानले नियाली रहेको छ शाश्वत सत्य यहि हो    ।

   पाँचखाल कृषियोग्य जमिनमा घर नफलुन् । बनेपाको यस्तो  कामना छ मण्डन देउपुरलाई पनि कृषिलाई  पहिलो प्राथमिकतामा राख्न सहजिकरण गरियोस् । पनौतिलाई पनि सोहि कामना छ । धुलिखेल आफैमा पर्यट्न क्षेत्र हो  ।  गणतन्त्र  आउनुपुर्ब बनेपा होस धुलिखेल, पनौती नगर जस्ता थिएनन्  ।  विभेद थियो लुछाचँुडी थियो । आबश्यक्ता,  जनजिविका  सवालमा काभ्रे जिल्ला अग्रपङ्तिमा रहोस् भ्रष्टाचाररहितको जिल्ला रहोस् ।  महेश खरेललाई धन्यबाद दिन चाहान्छु किन कृषि योग्य जमिनको सुरक्षा गर्ने निति बनाउनु भएकोमा     यहि बिचारद्वारा स–सम्मान  छ । बासुकी  बिकास नगरकोट विकास, नागी  विकाश, गोसाईस्थान विकास   मण्डनको सुलिकोट विकास, कोसीपारी विकास, तिमाल मङ्गलटार विकास, डाँडापारी महाभारत विकास, पलाञ्चोक विकास, दाप्चा बिकाशले फट्को मार्न  सहि विश्लेषण गर्न सक्ने र  भिजनदार   नेतृत्वले   स्थान मान पाओस् भएका गंगाजी सफा सुग्घर रहुन् खोलामा नाली नमिसाईयोस् फोहोरको डंगुरले सहर नगनाओस् रोजगारीको लागि युवाले विदेश धाउनु नपरोस् अस्तित्वको लडाई हामीले लडिसकेका छांै । समृध्दिको खाका कोरिसकेका छौ।  आफ्ना खुट्टामा उभिने वचनबद्दता प्रकट गरौँ । नव निर्माणमा जुट्ने प्रेरणाको श्रोत सबैतिर नियाल्ने अठोट दर्शाउदै न्यायोचित मुल्य मान्यताको मध्यनजर गर्दै अभियन्ताहरुलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दै सुझाव जनमानसमा टक्राउँदछु  विश्लेषण  गरिदिनु हुन अनुरोध छ  ।

सभ्यता संस्कृती  वातावरण अग्रजले खेल्नु पर्ने अहम् भुमिका समय सापेक्षता  आफ्ना प्राकृतिक  सम्पदाको संरक्षणका खातिर युवा पुस्तालाई पुकारिरहेको हुन्छ शाश्वत सत्य निष्ठामा बिचार विश्लेषण समीक्षा    यथार्थताले  गर्नेछ  पावर पहुँत युवामा हस्तान्तण अपरिहार्य छँदैछ  ।

शम्भुप्रसाद न्यौपाने, 

बनेपा नपा–६,  बुडोल 

काभ्रेपलाञ्चोक  

२०७९–१–२६


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार