मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


अन्ततः हुने भयो ढुंंगेल र दाहालबीच प्रतिस्पर्धा ओलीको समर्थन ढुंगेललाई

Thearaniko Times 1369+ समाचार ( )
१० अशोज २०८०, बुधवार

काठमाडौं/ नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन निर्वाचन हुने भएकोले लम्बिएको छ । असोज ८, ९ र १० गतेका लागि तय भएको अधिवेशन अरू १ दिन लम्बिएको हो । 

नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएको छ । निर्वाचन मार्फत पदाधिकारी चयन गर्नुपर्ने भएकोले अधिवेशन लम्बिएको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २ सय ४० सदस्यीय नयाँ नेतृत्वको लागि निर्वाचन हुन लागेको हो ।

असोज ८ गते उद्घाटन गरिएको अधिवेशनको आज बन्द सत्र सकिएको छ । बन्द सत्रले बागमती प्रदेश इन्चार्ज समेत रहेका गुरु बरालको नेतृत्वमा ११ सदस्यीय निर्वाचन मण्डल गठन भएको छ । निर्वाचन मण्डलको सदस्यहरूमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौँलागाईँ, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ र रत्ना गुरुङ छन् ।  

नेतृत्व चयनपछि अधिवेशन समापन हुने भएकाले अधिवेशन अवधि लम्बिएको हो । १ दिन लम्बिएको अधिवेशन अन्तर्गत असोज १० गते बिहान ९ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने तालिका सार्वजनिक गरिएको छ । यस्तै बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र असोज ११ गते बिहान ८ बजे मतदान सुरु हुने अधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए ।

केन्द्रीय नेताहरूले समेत चासोका साथ हेरेको अधिबेशनमा नेतृत्वका लागि आकांक्षीहरूको लर्को लाग्दा अधिवेशन थप रोचक बनेको ती प्रतिनिधिले बताए ।

एमाले बागमती प्रदेश कमिटी अध्यक्ष पदमा नेतृत्वले सहमतिको प्रयास गरे पनि सफल हुन सकेको छैन । प्रदेश अध्यक्ष पदका लागि नेताहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, केशव पाण्डे र सानु श्रेष्ठले आकांक्षा देखाएका छन् ।

अध्यक्षमा पाँच आकांक्षा देखिए पनि अन्तिममा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहालबीच प्रतिस्पर्धा हुने देखिएको अधिबेशन प्रतिनिधि बताउँछन्  । आकांक्षीहरूले एकले अर्कालाई छोड्न तयार नभएकाले निर्वाचनमार्फत नै नेतृत्व चयन गर्नु पर्ने अवस्था आएको हो ।तर सर्वसम्मत नेतृत्व चयन गर्न भनेर निर्वाचन समितिले निर्धारित तालिका अनुसार अधिवेशनको प्रक्रिया अगाडि बढाएको छैन । ‘नेतृत्वमा सकेसम्म सर्वसम्मत गर्ने प्रयास गरिरहेका छौं, यदि हुँदै भएन भने लोकतान्त्रिक प्रक्रिया अगाडि बढ्छ’, अध्यक्ष मण्डलका सदस्य अरुण नेपाल भन्छन् ।

सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष मण्डलका अध्यक्ष रहेका गुरु बराल आफैं लागेका छन् । उनले बुधबार बिहान अध्यक्षका आकांक्षीहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा प्रदेश अध्यक्षका आकांक्षीहरु कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, केशवराज पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकी सहभागी थिए । तर छलफलमा कसैले पनि अडान छाडेनन् ।

सोमबार भृकुटीमण्डपमा अविधेशनको उद्घाटन गर्दै अध्यक्ष केपी ओलीले प्यानल बनाएर प्रतिस्पर्धामा गए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएर सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि दबाब सहितको आग्रह गरेका थिए ।

लुम्बिनी प्रदेशमा आफ्नो इच्छा विपरीत नेतृत्व चयन भएपछि बागमतीमा पनि प्रतिस्पर्धा हुने बुझेका ओलीले ‘प्रतिष्पर्धा गरौं, तर प्यानल बनाइएको थाहा भयो भने प्यानल नै खारेज हुने बताएका हुन् । अधिवेशनको तेस्रो दिनसम्म आइपुग्दा यी दुईमध्ये अध्यक्ष केपी शर्मा ओलीले ढुंगेलको नाममा सर्वसम्मत गर्न संकेत दिएको नेताहरु बताउँछन् ।

ओलीको संकेत अनुसार प्रदेश इन्चार्ज बरालले नेताहरुसँग छलफल गरिरहेका छन् । तर त्यही संकेत पाएपछि सर्वसम्मतिको छलफल सार्थक हुन नसकेको दाहाल पक्षका एक नेता भन्छन् ।

‘सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने भनेपछि आकांक्षीहरु मध्ये जसले जसलाई पनि छोड्न सक्ने अवस्था बन्नुपर्छ । तर पहिले नै कैलाश ढुंगेलको नाममा सर्वसम्मति गरौं भनेर बोलाइएको छलफलले निष्कर्ष निकाल्ने कुरै हुँदैन नि’, ती नेता भन्छन् ।

ओलीको उम्मेदवार ढुंगेल भन्ने सन्देश भने अधिवेशन हुनु अगाडिबाटै नेताहरुसम्म पुगिसकेको थियो । अधिवेशनको बन्दसत्रका क्रममा पनि त्यस्तै संकेतसहित छलफल बोलाइएपछि परिस्थिति मतदानतर्फ गएको उनी बताउँछन्   

प्रदेश अधिवेशनको उद्घाटन सभा गृहमा भएकोमा बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा भएको थियो । मतदान पार्टी कार्यालय च्यासलमा हुने बताइएको छ ।

यसैबीच नेकपा एमाले बागमती प्रदेशको काठमाडौँमा जारी पहिलो अधिवेशनको मतदाता नामावली प्रकाशन भएको छ ।

आजबाट सुरु भएको निर्वाचन कार्यक्रम अन्तरगत नामावली प्रकाशन भएको हो ।

निर्वाचन कार्य तालिका अनुसार नाम सुधारको लागि १०स्३० सम्मको समय दिइएको छ भने अन्तिम नामावली प्रकाशन बिहान ११:१० मा हुनेछ ।

यस्तै मनोनयन दर्ताका लागि पनि शुल्क तोकिएको छ ।

जसअनुसार पदाधिकारीका लागि ५ सय र सदस्यका लागि ३ सय तय भएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार