मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

साहित्य र कला
गणेश संज्यालको अंग्रेजी उपन्यास ‘डु यु स्टिल लभ मी’ सार्वजनिक

Thearaniko Times 1394+ समाचार ( )
१९ माघ २०८२, आइतबार

काठमाडौं । लेखक गणेश संज्यालद्वारा अंग्रेजी भाषामा लेखिएको उपन्यास ‘डु यु स्टिल लभ मी’ शनिबार राजधानीमा आयोजित विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

भुँडीपुराण प्रकाशनको आयोजनामा सम्पन्न लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, छविरमण सिलवाल, डा. कमल देवकोटा, केशव पराजुली, प्रदीप सापकोटा, कास्मिरा संज्याललगायत स्रष्टा गणेश संज्याल स्वयंले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि रोदनले साहित्यिक यात्रामा टिकिरहन लेखकमा चुनौती सामना गर्ने क्षमता हुनुपर्ने उल्लेख गर्दै नयाँ पुस्ताले चाहना र निरन्तर अभ्यास गरे साहित्यमा स्थापित हुन कठिन नहुने बताए। साहित्य साधनाबाटै परिपक्व हुने विधा भएको उनको भनाइ थियो।

सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कृतिकारलाई बधाई दिँदै प्रतिष्ठानको तर्फबाट आवश्यक सहयोग गर्न तत्पर रहेको बताए।

उपन्यासमाथि टिप्पणी गर्दै समालोचक डा. कमल देवकोटाले कृतिलाई विभिन्न दृष्टिकोणबाट हेर्न सकिने बताउँदै नयाँ पुस्ताको भाषा र अनुभूति पुस्तकमा सशक्त रूपमा अभिव्यक्त भएको धारणा राखे। पाठकले ‘यो कथाको पात्र म नै हुँ’ भन्ने अनुभूति गर्न सक्ने खालको कृति भएको भन्दै अंग्रेजी भाषामा यसरी प्रभावकारी लेखन गर्नु कृतिकारको उपलब्धि भएको बताए।

त्यसैगरी सुनकोसी वाङ्मय प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले प्रेमजस्तो व्यापक विषयमा आधारित उपन्यास पठनीय बनेको उल्लेख गर्दै जीवनमा प्रेमको अपरिहार्यता र त्यसका जटिल पक्षलाई पुस्तकले उजागर गरेको बताए।

भुँडीपुराण प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रम साहित्यिक बहस र पुस्तक परिचर्चासहित सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार