मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

समाज/राजनीति
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई

Thearaniko Times 1394+ समाचार ( )
९ वैशाख २०८३, बुधवार

काठमाडौं — सुदन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै नैतिकता, पारदर्शिता र जनविश्वासलाई प्राथमिकता दिँदै पदबाट बाहिरिने निर्णय लिएको बताएका हुन्।

गुरुङले २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै पछिल्लो समय आफ्नो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीरतापूर्वक लिएको बताएका छन्। “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले वक्तव्यमा उल्लेख गरेका छन्।

उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको युवापुस्ताको आवाजलाई पनि आफ्नो निर्णयसँग जोडेका छन्। सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देशलाई आत्मसात गर्दै राजीनामा दिएको उनको भनाइ छ।

गुरुङले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘conflict of interest’ नदेखियोस् भन्ने उद्देश्यले तत्कालै लागू हुने गरी पदत्याग गरेको स्पष्ट पारेका छन्।

उनले आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको दाबी गर्दै सञ्चारकर्मी, आम नागरिक तथा युवाहरूसमक्ष सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन अपिल गरेका छन्। साथै, राम्रो राज्य निर्माणका लागि त्याग र नैतिक साहस आवश्यक रहेको उनले बताएका छन्।

उनको राजीनामापछि सरकार र राजनीतिक वृत्तमा यसको प्रभावबारे चर्चा सुरु भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार