मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

साहित्य र कला
डेनमार्कमा कवि प्रकाश सापकोटाको ‘सन्नाटाका सुस्केरा’ कवितासंग्रहमाथि मन्थन

Thearaniko Times 1369+ समाचार ( )
१ भाद्र २०८२, आइतबार

डेनमार्क – कवि तथा लेखक प्रकाश सापकोटाको नयाँ कवितासंग्रह ‘सन्नाटाका सुस्केरा’ माथि डेनमार्कमा विशेष समालोचनात्मक छलफल (मन्थन) सम्पन्न भएको छ। कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदूत महामहिम सुम्निमा तुलाधरले संग्रहको विमोचन गर्नुभयो।

विमोचनका क्रममा राजदूत तुलाधरले सुरुमा नै “मेरो बोल्ने पालो अन्तिममा राखिदिनुस्, म पूरै कार्यक्रमभरि बस्छु । अलिअलि कविता नसुनी त के बोल्नु ?” भन्दै कार्यक्रमप्रति उत्साह व्यक्त गर्नुभयो। संग्रह विमोचनपछि कविताहरूको वाचन र मन्थन सुरु भएको थियो। प्रारूपअनुसार सर्जकका रूपमा सापकोटाले कविताहरू वाचन गरेपछि टिप्पणीकारहरूले आफ्नो समालोचनात्मक भनाइ राख्ने क्रम सुरु भएको थियो।

यसैबीच राजदूत तुलाधर आफैं अचानक उठ्नुभई ‘शीत’ शीर्षकको कविता वाचन गर्नुभयो। कविको आवाजभन्दा झनै मिठासका साथ राजदूतले कविता प्रस्तुत गर्नुभएको क्षण कार्यक्रमलाई अनौपचारिक र आत्मीय बनाउने उल्लेखनीय संयोग बनेको सहभागीहरूले बताए। राजदूतले कार्यक्रम अवधिभरै रहँदै “छलफल भइरहँदा मैले त अठतिसवटा कविता पढेर पनि सकिसकेको छु” भन्दै कविताप्रतिको आफ्नो आकर्षण झल्काउनुभयो।

त्यसैगरी उहाँले आफू अङ्ग्रेजी साहित्यकी विद्यार्थी भए पनि कम लेख्ने गरेको तर जीवनसाथी गौरीप्रसाद प्रधानले निरन्तर लेख्ने र आफ्ना रचनाहरू सुनाउने गरेको कुराको गोप्यता तोड्दै सोही बिहान गौरी प्रधानले आफ्नो लागि लेखेको प्रेमिल कविता पनि वाचन गर्नुभएको थियो।

कार्यक्रममा समीक्षक तथा सर्जक कृष्ण पौडल, उदयराज गौतम, नील थापा, कमलराज शर्मा, पूर्ण बस्नेतलगायतले संग्रहबारे गहन टिप्पणी गरे। अनौपचारिक विवेचनामा दीपकराज रिजाल, नविनराज पौडेल, बुद्धी सापकोटा, कृष्ण सागर, राधाकृष्ण (आरके) सापकोटा, रमेश घिमिरे, नारायण चापागाईँलगायतले पनि विचार राखे।

कार्यक्रमको सहजीकरण दीपक कुमार तिवारीले गर्नुभएको थियो। अन्त्यमा, कवि सापकोटाले कार्यक्रमलाई सार्थक बनाउन योगदान गर्ने सबै अतिथि, समीक्षक, सहयात्री तथा साहित्यप्रेमीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यी संयोगहरू आफ्ना लागि अमूल्य प्रेरणा भएको भावना व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार