मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

धर्म-संस्कृति
बिरामी छोराका लागि प्रार्थना गर्दै गुम्बालाई बुद्धको मूर्ति दान

Thearaniko Times 1394+ समाचार ( )
१२ श्रावण २०८२, आइतबार

ललितपुर — सन्तानप्रतिको माया कति गहिरो हुन्छ भन्ने उदाहरण ललितपुर महानगरपालिका–४, मानभवनका पुष्करमान शाक्यको कार्यले देखाएको छ। दुई वर्षदेखि ह्वीलचियरमा जीवन बिताइरहेका आफ्ना ४१ वर्षीय छोराको स्वास्थ्य लाभको कामना गर्दै उनले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ स्थित साङ्गे दोर्जे निङ्मा गुम्बालाई बुद्धको मूर्ति दान गरेका छन्।

शाक्यका छोरा सजिलमान शाक्य पुल्चोकस्थित होटल स्वायरको स्वीमिङ पुलमा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। चिकित्सकीय उपचारकै क्रममा रहेका सजिलमानको शारीरिक अवस्थासँगै अभिभावकको भावनात्मक संघर्ष पनि निरन्तर चलिरहेको छ। यही गहिरो पीडा र धार्मिक विश्वासका बीच पिता पुष्करमानले “दान धर्म हो” भन्ने भावनासहित मूर्ति हस्तान्तरण गरेका हुन्।

शनिबार स्थानीय लामा गुरुहरू, बिहारका भिक्षु, र गुम्बाबाट आएका प्रतिनिधिहरूको उपस्थितिमा धार्मिक विधिअनुसार पूजा सम्पन्न गरी मूर्ति हस्तान्तरण गरियो। मूर्ति समाजसेवी पञ्चलाल घिसिङ र व्यवसायी कान्छा तामाङ नेतृत्वको टोलीले ग्रहण गरेका हुन्।

आस्थाबाट उत्पन्न आशा

पुष्करमान शाक्यले मूर्ति हस्तान्तरणपछि भने, “हामीलाई विश्वास छ — जब धर्म र दानको मार्गमा हिँडिन्छ, तब भगवानले हामीलाई साथ दिनुहुन्छ। छोरा स्वस्थ होस् भन्ने कामनाले हामीलाई मूर्ति दान गर्न प्रेरित गर्‍यो।”

उनले थपे, “दान गर्नु भनेको माया, मोह र स्वार्थ त्याग्ने अभ्यास हो।”

तामाङ समुदायको बाक्लो बसोबास रहेको देविटार क्षेत्रमा बुद्धको मूर्ति नरहेको अवस्थामा मूर्ति दान गर्नुले धार्मिक वातावरण सृजना हुने र समुदायमा श्रद्धा बढ्ने विश्वास पनि शाक्यले व्यक्त गरे।

समाजसेवी घिसिङले शाक्य परिवारप्रति आभार व्यक्त गर्दै भने, “धर्म र करुणाको मार्गमा हिँड्नेहरूलाई भगवानले अवश्य हेरिरहनु भएको हुन्छ। हामी सबैको कामना छ — सजिलमानको स्वास्थ्य चाँडै सुधार होस्।”

हाल गुम्बामा मूर्ति प्रतिस्थापन गर्न थप दुई मूर्ति आवश्यक भएकाले ती प्राप्त भएपछि सम्पूर्ण मूर्तिहरू एकैपटक प्रतिस्थापन गरिने जानकारी पनि दिइएको छ।

प्रतिक्रिया

कृष्ण बनेपाली। १२ श्रावण २०८२, आइतबार

सत्य भनेकै बुद्ध हुन अरु सबै कथा मात्रै हुन ब्याबसाय हुन।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार