मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

साहित्य र कला
लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित

Thearaniko Times 1401+ समाचार ( )
२९ चैत्र २०८२, आइतबार

काठमाडौँ। कथाकार लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पण गरिएको छ।

अग्रज कथाकार भागिरथी श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘रोदन’, डा. दिनबन्धु शर्मा तथा स्वयं कथाकार शर्मालगायतले उक्त कृति संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार राजधानीमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भागिरथी श्रेष्ठले कृतिमा समेटिएका कथाहरू मानवीय संवेदनाले भरिपूर्ण रहेको बताइन्। उनले ती कथाहरू यथार्थ घटनाजस्तै अनुभूत हुने उल्लेख गर्दै कथाकार शर्माको भावनात्मक संवेदनशीलता आफूलाई गहिरो रूपमा छोएको बताइन्। साथै, प्रतीकात्मक प्रयोगमा कथाकार सक्षम रहेको स्पष्ट भएको उल्लेख गर्दै नेपाली कथामा महिला हस्ताक्षर थपिएकोमा बधाई व्यक्त गरिन्।

कृतिमाथि टिप्पणी गर्दै शेषनाथ पौडेलले वि.सं. २०५५ सालदेखि कथा लेखन सुरु गरेकी शर्माका कथाहरूमा नारी पात्रको दृष्टिकोण प्रमुख रूपमा प्रस्तुत भएको बताए। उनका अनुसार कथाहरूको पृष्ठभूमि मुख्यतः पारिवारिक परिवेश वरिपरि घुमेको छ र विभिन्न पारिवारिक सम्बन्धका आयामहरूलाई समेटिएको छ। साथै, काठमाडौँ उपत्यका र तराईका केही स्थानहरू कथाका परिवेशका रूपमा रहेको उनले उल्लेख गरे। कथाहरूमा आशावादी चेत, सानो आयाम, नारी–पुरुषको समअख्यान, समास शैली, प्राकृतिक सौन्दर्यको चित्रण तथा नारीको समर्पण भाव प्रमुख विशेषताका रूपमा देखिएको उनले बताए।

अर्का समीक्षक चुडामणि पौड्यालले शर्माका कथाहरू संस्मरणात्मक र वर्णनात्मक शैलीमा आएको उल्लेख गर्दै महिलाका जीवनभोगाइ र व्यथाहरू नै मुख्य विषयवस्तु रहेको बताए। उनले कथाकारको संवेदनशील मन कथाहरूमा स्पष्ट रूपमा अभिव्यक्त भएको र त्यसले पाठकमा प्रत्यक्ष प्रभाव पार्ने धारणा व्यक्त गरे।

कथाकार डा. दिनबन्धु शर्माले कृतिका कथाहरूमा भावनात्मक प्रवाह रहेको बताउँदै ती कथाहरू हृदयबाट लेखिएका अनुभूतिपरक र मार्मिक रहेको टिप्पणी गरे।

कथाकार लक्ष्मी शर्माले आफ्ना जीवनका भोगाइ र अनुभूतिहरूलाई कथाका रूपमा प्रस्तुत गरेको बताउँदै कृति प्रकाशनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्।

कार्यक्रमका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले हृदयको आवाजबाट जन्मिएका कथाहरूले आफूलाई प्रभावित पारेको बताए। उनले स्रष्टाको व्यवहार र सिर्जनाबीच तादात्म्य हुनुपर्ने उल्लेख गर्दै वर्तमान समयमा साहित्यिक समीक्षामा देखिएका विकृत प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे। समीक्षकले स्रष्टाको सिर्जनालाई निष्पक्ष ढङ्गले मूल्याङ्कन गर्नुपर्ने र कृतिको सम्मान गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा कृति प्रकाशक भुँडीपुराण प्रकाशनका केशव पराजुलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

समाजका अध्यक्ष रोदनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन माधव विडारीले गरेका थिए भने स्वागत मन्तव्य तारा सुवेदीले राखेकी थिइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार