मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

प्रतिभा पराजुली (देवी प्रतिभा) लाई गृह जिल्ला काभ्रेको पनौतीमा अभिनन्दन

Thearaniko Times 1394+ समाचार ( )
१२ श्रावण २०८१, शनिबार

पनौती /भागवत् कथावाचनमा लोकप्रियता गरेकी प्रतिभा पराजुली (देवी प्रतिभा) लाई गृह जिल्ला काभ्रेको पनौतीमा अभिनन्दन तथा सम्मान गरिएको छ ।आध्यात्म क्षेत्रमार्फत काभ्रे र देशकै नाम उच्च राखेको भन्दै काभ्रे सेवा समाज र पनौती नगरपालिकाले शनिवार पनौतीमा एक कार्यक्रम गरेर सम्मान गरेको हो ।

नगर प्रमुख रामशरण भण्डारीले धार्मिक स्थल पनौतीमा सत्ययुग, द्वापरयुग र रामायणकालिन इतिहास रहेको भन्दै पवित्र स्थलको नामको भारतमा गलत व्याख्या भएको भन्दै त्यो भ्रम चिरिदिन र पनौतीको महिमाबारे प्रचार प्रसार गरिदिन अनुरोध गरे ।

सम्मानपछि देवी प्रतिभाले आफ्नो गृहजिल्लामा अपनत्व प्राप्त गरेको अनुभव सुनाइन् । उनले नेपाल एकमात्र हिन्दु राष्ट्र भएको बताइन्। उनले भनिन् - नेपाल हिजो पनि हिन्दु राष्ट्र थियो, आज पनि हिन्दू राष्ट्र हो र भोलिपनि रहनेछ। पनौतीमा स्वर्गका राजा इन्द्रले तपस्या गरेको तपोभूमि इन्द्रेश्वर महादेवको दर्शन गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउँदै देवी प्रतिभाले पनौतीको तिर्थस्थल बारे प्रचार गर्ने प्रतिबद्दता ब्यक्त गरे ।

पशुपति क्षेत्र, वनकाली काठमाडौंमा जारी पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा कथावाचनको लागि नेपाल आएको बखत उनलाई सम्मान गरिएको हो । देवी प्रतिभाले पनौतीको त्रिवेणीधाम, इन्द्रेश्वर मन्दिर, मुक्तिनाथ मन्दिर पुगेर दर्शन अवलोकन गरेकी थिइन् ।

मण्डनदेउपुर नगरपालिकाले पनि उनलाई साउन १३ गते आइतबार गृह नगरमा सम्मान गर्ने भएको छ । वडा नंं ५ स्थित ब्रम्हायणी मन्दिरमा पनि उनलाई सम्मान गर्ने तय भएको जानकारी प्राप्त भएको छ ।

मण्डनदेउपुर नगरपालिका वडा नम्बर १०, ज्वानेटारमा जन्मिएकी प्रतिभा भारतलाई कर्मथलो बनाएर धार्मिक कथावाचन गरिरहेकी छन् । प्रारम्भिक शिक्षा समेत नेपालमै हासिल गरेकी प्रतिभा अध्ययनको लागि वृन्दावन पुगेकी थिइन् । उनले संस्कृतमा आचार्य तह पुरा गरेकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार