मुख्य समाचार
नेवार समुदायको संस्कृतिमा समाजवादको भ्रुण देखेको छु -प्रचण्ड | ‎सुनकोसी वाङ्मयले ठमेलमा काव्योत्सव गर्यो | पारिजात संघर्षशील महिला-२०८१ ‎एमाले नेतृ विन्दा पाण्डेलाई प्रदान | शिक्षक आन्दोलनमार्फत राज्य समक्ष शिक्षकका केही प्रश्न | शिक्षकहरुको आन्दोलनमा लाचार सरकार तमासे बनेको छ | विष्णुकुमारी वाइवा कसरी पारिजात बनिन् ? | सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने सञ्चारमन्त्री गुरुङको चेतावनी | काठमाडौँ विश्वविद्यालयमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठन | वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध हुँदा पत्रकार सहित हजारौं यात्रुहरु दुम्किबासमा अलपत्र | प्रदेश राजधानी ‎हेटौंडा जोड्ने ‘जनमुक्ति मार्ग’को घर्तिछाप खण्डमा कालोपत्रे हुँदै |

मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको उपाधि पाइन् गरिमा, पूर्विशा र सपनिमले

Thearaniko Times 1073+ समाचार ( )
९ अशोज २०८०, मङ्गलबार

काभ्रे –हलिं नेवाः गुठी काभ्रे मिसा कचाको आयोजनामा सञ्चालन गरिएको मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको उपाधि गरिमा प्रधान, पूर्विसा श्रेष्ठ र सपनिम शाक्यले पाएका छन् । 

मिस्टर एण्ड मिस लिटल नेवा काभ्रे जुनियर र सिनयर गरी तीन समूहमा विभाजन गरिएको थियो । गर्ल्स सिनियरतर्फ पूर्विसा श्रेष्ठ विजेता भइन् भने कृष्मा शाही फस्ट रनर अप र रिजा शिल्पकार सेकेण्ड रनर अप भएकी छिन् । त्यस्तै गर्ल्स जुनियरतर्फ गरिमा प्रधान विजयी भएकी छिन् भने प्रयश्ना मानन्धर फस्ट रनर अप र जियना मानन्धर सेकेण्ड रनर अप भएकी छिन् । मिस्टर एण्ड मिस लिटल नेवा काभ्रे बोइजतर्फ सपनिम शाक्य विजेता भएका  छन् भने समर्थ स्याउलाले फस्ट रनर अपको उपाधि हासिल गरेका छन् र हृदयमणि यगोल श्रेष्ठले सेकेण्ड रनर अपको उपाधि पाएका छन् । मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेका विजेतालाई नगद रु.२५ हजार र पुरस्कारहरु र फस्टर र सेकेण्ड रनर अप उपाधि हासिल गर्नेलाई मेडल, प्रमाण–पत्र तथा विभिन्न पुरस्कारहरु वितरण गरिएको  मिस्टर एण्ड मिस लिटल नेवा काभ्रे कार्यक्रमकी अध्यक्ष विनु कर्मचार्यले जानकारी दिइन् ।

मिस नेपाल अर्थ २०२२ की डा.सरिषा श्रेष्ठ, मिस्टर नेपाल २०२३ का सेकेण्ड रनर अप कृशल श्रेष्ठ, मिस काभ्रे २०१४ की श्रृष्टि माकाजु, मिस ग्लाम इन्टरनेश्नलकी इरिना श्रेष्ठ, नारी म्यागेजिनकी सिर्जना दुवाल,  इन्द्र नारायण भैल मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको निर्णायक भूमिकामा थिए । नेवार समुदायको कला संस्कृति र संस्कारको जर्गेना गर्नको लागि  मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको आयोजना गरिएको कार्यक्रम व्यवस्थापक  रामेश्वरी मानन्धरले जानकारी दिइन् । उनका अनुसार, यस प्रकारका कार्यक्रममार्फत बालबालिकाहरुले आफ्नो कला संस्कृतिको जानकारी प्राप्त गरेका छन् । यसका साथै उनीहरुभित्र भएको प्रतिभा पनि प्रस्फुटन भएको कार्यक्रम संयोजक मनिषा श्रेष्ठले बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार