मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको उपाधि पाइन् गरिमा, पूर्विशा र सपनिमले

Thearaniko Times 1401+ समाचार ( )
९ अशोज २०८०, मङ्गलबार

काभ्रे –हलिं नेवाः गुठी काभ्रे मिसा कचाको आयोजनामा सञ्चालन गरिएको मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको उपाधि गरिमा प्रधान, पूर्विसा श्रेष्ठ र सपनिम शाक्यले पाएका छन् । 

मिस्टर एण्ड मिस लिटल नेवा काभ्रे जुनियर र सिनयर गरी तीन समूहमा विभाजन गरिएको थियो । गर्ल्स सिनियरतर्फ पूर्विसा श्रेष्ठ विजेता भइन् भने कृष्मा शाही फस्ट रनर अप र रिजा शिल्पकार सेकेण्ड रनर अप भएकी छिन् । त्यस्तै गर्ल्स जुनियरतर्फ गरिमा प्रधान विजयी भएकी छिन् भने प्रयश्ना मानन्धर फस्ट रनर अप र जियना मानन्धर सेकेण्ड रनर अप भएकी छिन् । मिस्टर एण्ड मिस लिटल नेवा काभ्रे बोइजतर्फ सपनिम शाक्य विजेता भएका  छन् भने समर्थ स्याउलाले फस्ट रनर अपको उपाधि हासिल गरेका छन् र हृदयमणि यगोल श्रेष्ठले सेकेण्ड रनर अपको उपाधि पाएका छन् । मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेका विजेतालाई नगद रु.२५ हजार र पुरस्कारहरु र फस्टर र सेकेण्ड रनर अप उपाधि हासिल गर्नेलाई मेडल, प्रमाण–पत्र तथा विभिन्न पुरस्कारहरु वितरण गरिएको  मिस्टर एण्ड मिस लिटल नेवा काभ्रे कार्यक्रमकी अध्यक्ष विनु कर्मचार्यले जानकारी दिइन् ।

मिस नेपाल अर्थ २०२२ की डा.सरिषा श्रेष्ठ, मिस्टर नेपाल २०२३ का सेकेण्ड रनर अप कृशल श्रेष्ठ, मिस काभ्रे २०१४ की श्रृष्टि माकाजु, मिस ग्लाम इन्टरनेश्नलकी इरिना श्रेष्ठ, नारी म्यागेजिनकी सिर्जना दुवाल,  इन्द्र नारायण भैल मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको निर्णायक भूमिकामा थिए । नेवार समुदायको कला संस्कृति र संस्कारको जर्गेना गर्नको लागि  मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको आयोजना गरिएको कार्यक्रम व्यवस्थापक  रामेश्वरी मानन्धरले जानकारी दिइन् । उनका अनुसार, यस प्रकारका कार्यक्रममार्फत बालबालिकाहरुले आफ्नो कला संस्कृतिको जानकारी प्राप्त गरेका छन् । यसका साथै उनीहरुभित्र भएको प्रतिभा पनि प्रस्फुटन भएको कार्यक्रम संयोजक मनिषा श्रेष्ठले बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार