मुख्य समाचार
कांग्रेसमा बीपीको समाजवाद कहाँ छ ? | संसदको पूर्वाधार विकास समितिले गरे ‘धुलिखेल–खावा’ सडकको अनुगमन, स्थानीयले पोखे आक्रोश | जलवायु परिवर्तनको विषयमा तिनै तहका सरकारसँग सहकार्य गर्ने | प्रचण्ड, बाबुराम र किरणलाई सांसद श्रेष्ठको प्रश्न : एकजुट भएर बाँकी उपलब्धि प्राप्तिका लागि लड्ने कि आफू–आफू लडेर बस्ने ? | पतञ्जली महिला योग समिति काभ्रेको तीज विशेष कार्यक्रम | असोज ९ गतेदेखि २४ गतेसम्म १६ दिन बनेपा महोत्सव हुने | निजामतीमा सेवाका मेरा गौरवपूर्ण १३७९१ दिनहरु ! | काभ्रेमा डेंगु संक्रमितको संख्यामा बृद्धि | तीज महिला दिदीबहिनीको दुःखसुख साटासाट गर्ने पर्व : सचितानन्द के.सी. | वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय सम्मेलन असोजको पहिलो साता |
मुख्य समाचार
कांग्रेसमा बीपीको समाजवाद कहाँ छ ? | संसदको पूर्वाधार विकास समितिले गरे ‘धुलिखेल–खावा’ सडकको अनुगमन, स्थानीयले पोखे आक्रोश | जलवायु परिवर्तनको विषयमा तिनै तहका सरकारसँग सहकार्य गर्ने | प्रचण्ड, बाबुराम र किरणलाई सांसद श्रेष्ठको प्रश्न : एकजुट भएर बाँकी उपलब्धि प्राप्तिका लागि लड्ने कि आफू–आफू लडेर बस्ने ? | पतञ्जली महिला योग समिति काभ्रेको तीज विशेष कार्यक्रम | असोज ९ गतेदेखि २४ गतेसम्म १६ दिन बनेपा महोत्सव हुने | निजामतीमा सेवाका मेरा गौरवपूर्ण १३७९१ दिनहरु ! | काभ्रेमा डेंगु संक्रमितको संख्यामा बृद्धि | तीज महिला दिदीबहिनीको दुःखसुख साटासाट गर्ने पर्व : सचितानन्द के.सी. | वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय सम्मेलन असोजको पहिलो साता |


बिजुलीको बक्यौता नतिर्ने उद्योगपति र के.पी. ओलीको दुध र बिरालोको साइनो छ

Thearaniko Times 870+ समाचार ( )
१० श्रावण २०८१, बिहीबार

दीपक जंगम

प्रधानमन्त्री के।पी। ओलीले दिएको ठाडो निर्देशनबाट लाइन काटिएका उद्योगहरु पुन ः लाइन नजोडिदिएपछि देशमा तरंग मच्चिएको थियो र नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले दुई जना सञ्चालक बाहेक लाइन जोडिदिने निर्णय गरिसकेपश्चात बजारमा विभिन्न चर्चा परिचर्चा सुरु हुन थालेको छ । असार २५ गते रिलायन्स स्पिनिङ मिल्स, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक, हुलास स्टिल समेतको विद्युत लाइनको बक्यौता नतिरेका कारण लाइन काटेपछि प्रधानमन्त्री ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लाइन जोडर उद्योग सुचारु गर्न मौखिक निर्देशन गरेर देशमा कस्तो सुशासनको रेखा कोर्न खोजेका हुन् रु पैसा नतिरी उद्योग चलाउनु चलाउन दिनु भनेर ठाडो निर्देशन दिनसक्ने आँट र उर्दी ओलीले को बाट लिएका हुन् रु ओली नेपाली जनताका प्रधानमन्त्री हुन् कि उद्योगपति, भष्ट्राचारी, दलाल, माफिया, विचौलिया लगायत विभिन्न काण्डमा मुछिएका व्यक्तिहरुका प्रधानमन्त्री हुन् रु भर्खरै प्रधानमन्त्रीको कुर्सीमा बसेको एक हप्तामा जंग बहादुर शैलीमा पञ्चायती व्यवस्थाका हुकुमी राजा जस्तै बोलीमा दम र बोलीमा कानून बोकेको शैलीमा खर्बो बक्यौता राज्यले असुल गर्नुपर्ने रकम लिनुपर्र्दैन, जथाभावी रकम लिन मिल्दैन भन्ने जस्ता आशंका, भ्रामक र जाली कुरा गरेर उद्योगधन्दा चलाउने माफियासँग पैसा नलिने शर्तमा रोष्टरमा बसेर प्रधानमन्त्रीको मर्यादा बिर्सेर, सम्बन्धित मन्त्रीले साँसदले प्रश्न उठाएर मात्र जवाफ दिनुपर्ने संसदीय अभ्यासलाई कुल्चेर ओली जी ले गरेको भाषण हेर्न र सुन्न लायक थियो ।

जगदम्बा स्टिलले रु। २ अर्ब ५० करोड , घोराही सिमेन्ट प्रा।लि।ले रु। ७५ करोड, अर्घाखाँची सिमेन्टले ४२ करोड, मारुती सिमेन्टबाट रु। ६० करोड, हामा आइरनले रु। ९ करोड, अशोक स्टिलले रु। २३ करोड, सम्राट सिमेन्टले रु। ६ करोड ५० लाख, सूर्य नेपालले रु। ६ करोड ५० लाख, हुलास स्टिलले रु। २२ करोड, एभरेष्ट पेपर मिल्सले रु। १३ करोड, रोल्पा  सिमेन्टले रु। ३ करोड, सानापुर सिमेटन्टले रु। ४० करोड, जगदम्बा सिन्थेटिकले रु। २० करोड, त्रिवेणी स्पिनिङले रु। ३० करोड, कसमस सिमेन्टले रु। १३ करोड रुपैया सम्म बाँकी राखि उद्योग सञ्चालकहरुले देशलाई टाट पल्टाउने गरी अनवरत उद्योग सञ्चालन गर्ने तर विद्युत महशुल नबुझाउने गरी गरेको ब्रम्हलुट प्रति किन सरकार मौन छ रु देश विकासको आर्थिक स्रोत भनेको विद्युतीय महशुल पनि हो । अर्बौ अर्ब रुपैया बाँकी राख्ने उद्योगपतिहरुलाई पाता कसेर रकम असुल गर्नुपर्दछ कि पदैन रु यो देशमा उद्योग सञ्चालन गर्ने अधिकाँश भारतीय उद्योगपति हुन् भने विद्युत प्रयोग नेपालको भएको छ । नेपालमा मात्र बसेर नेपाली विद्युत प्रयोग गरे बापत सरकारलाई अर्बो अर्ब बाँकी राख्ने उद्योगलाई किन राज्यले करको दायरमा ल्याएर महशुल असुल गर्न सक्दैन रु देशका अधिकाँश भू–भाग बजेट बिना विकासमा अवरोध आएको  छ । तर बाँकी बक्यौता नतिर्नेलाई दायरामा ल्याउनुपर्नेमा रोष्टरममा उभिएर डेडिकेटेड फिडर र ट्रङ्क महशुलमा उठेको रकम तिर्नु नपर्ने जस्ता गैर कानूनी आवाज गरेर प्रधानमन्त्रीको मर्यादा नाघेर बोल्ने प्रधानमन्त्री के।पी। ओली को बाट सञ्चालित छन् रु

प्रधानमन्त्रीको पदमा पटक–पटक बसेर देश र जनतालाई झुठको पुलिन्दा देखाएर देशलाई कंगाल बनाउने युवा वर्गलाई विदेश पठाउने, कृषिमा ध्यान नदिने, उद्योग पर्यटन धरापमा पार्ने, रोजगारको सिर्जना नगर्ने, विभिन्न काण्ड घटाउने, एउटै भएको कम्म्युनिष्ट पाटी फुटाउने, देशमा अराजकता निम्त्याउने, भष्ट्रचारमा देशलाई चुर्लम डुबाउने, विभिन्न काण्डका प्रकरण ल्याउने, भू माफिया लगायत देशलाई विभिन्न काण्डमा पु¥याएर अहिले पुन ः नेपाली काँग्रेस र एमाले मिलेर गरेका विविध अपराध काण्डलाई छोपछाप गरेर अपराधीहरुसँग कालो धन असुली चुनावमा खर्च गर्ने अनि फेरी कलंकित प्रधानमन्त्री बन्न पाइन्छ कि भनेर सरकारमा बस्दै गैर कानूनी आय आर्जनबाट पार्टी र कार्यकर्ता जोगाउने ध्यानमा लिप्त के।पी। ओलीले उद्योगपतिका उद्योग सञ्चालन गराएर ठुलो अपराध गरेका छन् कुनै पनि शर्तमा बाँकी बक्यौता पछि तिरेपनि हुन्छ भने निजी विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकलाई भनी दिएर शिक्षामा बाँकी मिन्हाको नीति ल्याउ, गरिब किसानले सकेको बेलामा ऋण तिर्न मिल्ने गरी ऋण मिलाई दियो भने कृषिमा ठुलो परिवर्तन ल्याउन सकिन्छ । वर्षेनी लाखौ युवा विदेशिनुपर्ने थिएन, स्वदेशमा नै रोजगारी मिल्थ्यो । परिवारसँग विरक्त भएर युवा वर्ग रोजगारीको लागि विदेश जानुपर्ने थिएन । देशमा नै सून फलाउन सकिन्थ्यो तर प्रधानमन्त्री जस्तो व्यक्तिले बक्यौता पछि लिने गरी विद्युत जोडेर उद्यलोग चलाउनु भनेको देशलाई कंगाल बनाउनु हो ।

के।पी। ओली र शेर बहादुर देउवाको गठबन्धन देश बनाउन होइन देशलाई सिध्याउन मिलेका हुन् । ओली र देउवाले आजसम्म कति प्रभावकारी काम गरे रु देश बनाउने काममा यिनीहरुको तपस्या र योगदान कति छ रु हिजो मदन भण्डारीको बहुदलीय जनवाद र मनमोहन अधिकारीको आफ्नो गाउँ आफै बनाउँ भन्ने नारा तर देशको ढुकुटीबाट वितरण गरिएको वृद्ध भत्ताको व्याजले जनताको आँखामा छारो हाल्ने काम गरी जनता र मतदातामा भ्रम छरेको छ भने कांग्रेसले पनि वि।पी।, गणेशमान, सुवर्ण शमशेरको नामले जय नेपाल भन्ने शब्द बाट देशका ठुला ठुला अपराधका श्रृंखला वृद्धि गरेर अमेरिका र भारतको इसारामा देश सञ्चालन गर्न जे जस्तो अपराध गर्न पनि पछि नपरेको पार्टीबाट आज गणतन्त्रको रुप कस्तो बनेको छ रु जवाफ छ रु

माओवादी पनि आफु सरकारमा भएसम्म कसरी कुर्सी जोगाउन सकिन्छ रु कसरी सरकारमा टिक्ने, टिकाउने भन्ने मात्र सोचमा रहेको कारण सरकारबाट चिप्लेर आज रोइकराई गर्नुपरेको अवस्था छ । प्रचण्डले लडेको जनयुद्ध र क्रान्ती कसको लागि थियो रु हिजो सत्र हजार जनता राज्य तथा माओवादीका कारण सहिद बन्नुप¥यो आज सहिद परिवारको हालत कस्तो छ रु कहाँ छन् रु परिवार, आफन्त रु शहिद परिवारका छोराछोरी र परिवार कस्तो अवस्थामा छन् रु त्यो खोजेको भए जनताको पक्षमा काम गरेको भए एक, एक अपराधीलाई र भष्ट्राचारीलाई छानी छानी कार्वाही गरेका भए के आज जनताको साथ माओवादीलाई हुने थिएन रु काँग्रेस एमाले मिल्नु नौलो कुरा होइन भष्ट्राचारको फाइलमा लाहाछाप र सिल गर्न त मिल्नै पर्छ नी भन्ने कुरा जनतालाई राम्रोसँग थाहा छ ।

आज यो अवस्थामा नेपाली र देशलाई समृद्धि गर्नुपर्नेमा कुर्सी मोहमा मात्र लिप्त भई जनतालाई यो अवस्थामा पु¥याई बेरोजगार बनाउनु भनेको मुख्य दोषी माओवादी नै हो ।  सिमित मान्छे हातमा लिएर उनैलाई धनी बनाउने, पदमा आफ्नै मान्छे लाने, विज्ञलाई पाखा लगाउने र आफ्ना मतदातालार्ई संरक्षण गर्न नसक्दा आज देश कुन अवस्थामा पुगेको छ रु हिजो चौसठ्ठी सालमा माओवादीमय बनेको देशलाई चिनिया वा रुशी मोडेलमा क्रान्तीका धारहरु लगाइएका भए आज यो दशा देशले भोग्नुपर्ने थिएन र खप्परमा हात राखेर कम्युनिष्ट एकता गर्नुपर्छ भनेर कराउनुपर्ने थिएन प्रचण्डलाई ।

सत्तामा रहेसम्म कोही चाहिएन पद कसरी जोगाउने भन्नेमा बित्यो बिचार मिल्ने पार्टीसंग छलफल गर्ने समय नै मिलेन । आज सत्ताबाट पछारिएपछि फेरी चेत खुलेको छ । अब सत्तामा बसेर जनताको काम गर्न नसक्ने भएपछि प्रतिपक्षमा बसेर जनताको मुद्दा उठाउने आँट गरे हुन्छ प्रचण्ड   जी ।

अब देशमा अझै ठुला ठुला अपराधका घटना, भष्ट्राचार वेथित बढ्छन् किनकी तिनै चरित्र बोकेको पार्टीको गठबन्धन भनेको नै अपराध लुकाउनु छोप्नु हो । संगठित बनाउनु, राज्य संयन्त्र भष्ट्राचारमय बनाउनु जनताको पक्षमा काम नगर्नु अमेरिका र भारतका मालिक रिजाउनुमा । यो सरकारको काम हुनेछ । हिजो गणतन्त्रात्रिक व्यवस्थालाई नेताले धमिरा लगाएपछि धमिराले गणतन्त्रको जग मास्न बेर छैन धमिराबाट देश बन्दैन सखाप हुन्छ । बाँकी बक्यौता विजुली मात्र होइन नदी नाला, खानी जताततै अपराधीले बाँकी राख्ने छैनन् । संसदमा साँसद होइन हामीले भोट दिएर कस्ता भेडाहरुलाई पठाएछौं रु हामी मतदाता पनि एक छाक भात, पैसा तथा प्रलोभनमा परेर जहिले सम्म तिनैलाई जित्ने लाइसेन्स बनाउँदछौ त्यति बेलासम्म त्यहा न त कुलमान ले काम गर्न पाउँछन् न त सन्दुक रोयितले सेवा गर्न आफ्नो क्षमता अनुसार वातावरण पाउँछन्, न त देशभक्त नेपालीले राम्रो नेपाल हाम्रो नेपाल भन्ने कुराको गर्व गर्न पाउँछन् । आज विद्युत प्राधिकरण अन्तर्गत कर्मचारी युनियनबाट महशुल नतिरि जडान गर्न नदिने प्रतिबद्धता तथा विद्युत प्राधिकरणका सञ्चालक मध्ये देशलाई माया गर्ने सञ्चालक भक्त बहादुर पुन ः र कपिल आचार्य जस्ता देशभक्तहरु एकाकार भएर अपराध छोप्ने प्रधानमन्त्रीको कर्तुत जनता समक्ष ल्याउनु जरुरी छ भने विद्याुत महशुलको अर्बौ, अर्ब बक्यौता नतिर्ने उद्योगपतिसँग प्रधानमन्त्री के।पी। ओलीको के साइनो रहेछ रु जनताले तीन महिना महशुल बाँकी राखेमा जरिवाना सहित नतिरी लाइन जोडिदैन भने विदेशी उद्योगपतिहरुलाई बाँकी बक्यौता नलिई विद्युत लाइन जोडेर यो देशमा कस्तो सुशासन ल्याउन खोजेका हुन्, अब सचेत नेपाली जनताले खोजी गर्नुपर्ने भएको छ ।

लेखक कानून व्यवसायी हुनुहुन्छ

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार