मुख्य समाचार
काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज | काठमाडौं विश्वविद्यालयः प्राज्ञिक उत्कृष्टताका तीन दशक |

साहित्य र कला
स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक

Thearaniko Times 1393+ समाचार ( )
६ जेठ २०८३, बुधवार

काठमाडौं । नेपाल स्रष्टा समाज को अर्धवार्षिक साहित्यिक पत्रिका ‘स्रष्टा दर्पण’ अङ्क–३३ सार्वजनिक गरिएको छ । ‘साहित्य र संस्कृति विशेष अङ्क’का रूपमा प्रकाशित पत्रिका मंगलबार राजधानीमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो ।

पत्रिकाको लोकार्पण कार्यक्रममा गोविन्दराज भट्टराई, लक्ष्मणप्रसाद गौतम, पवन आलोक, श्रीओम श्रेष्ठ रोदन, राधेश्याम लेकाली, प्रकाश घायल तथा शंकर भारती लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै गोविन्दराज भट्टराईले संस्कृति समय र सभ्यतासँगै परिवर्तनशील हुने उल्लेख गर्दै त्यसको संरक्षणमा आफ्नोपन कायम रहनुपर्ने धारणा राखे । उनले संस्कृतिलाई समाजको शक्ति र चेतनासँग जोडेर बुझ्नुपर्ने बताए ।

त्यस्तै, लक्ष्मणप्रसाद गौतमले पत्रिकामा संस्कृति सम्बन्धी कम चर्चामा आएका विषयवस्तु समेटिएको भन्दै अङ्कलाई पठनीय र संग्रहणीय भएको बताए । उनले साहित्य प्रवर्द्धनका लागि निरन्तर साहित्यिक गतिविधि आवश्यक रहेको उल्लेख गरे ।

नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले ‘स्रष्टा दर्पण’ संस्थाको गतिविधि र सिर्जनात्मक यात्राको प्रतिबिम्बका रूपमा आएको बताए । उनका अनुसार समाजले गत वर्ष विभिन्न ३४ वटा साहित्यिक कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रममा पवन आलोक, राधेश्याम लेकाली, प्रकाश घायललगायतले साहित्यिक गतिविधि र सांस्कृतिक संरक्षणको आवश्यकतामाथि धारणा राखेका थिए ।

नेपाल स्रष्टा समाज बागमती प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता शंकर भारतीले गरेका थिए । कार्यक्रम सञ्चालन एलिसा ढुंगानाले गरेकी थिइन् भने स्वागत मन्तव्य सुशील रिजालले दिएका थिए ।

विशेष अङ्कका रूपमा प्रकाशित पत्रिकामा साहित्य र संस्कृतिसँग सम्बन्धित खोजमूलक लेख, अन्तर्वार्ता, निबन्ध तथा कविता गरी ३१ वटा रचना समावेश गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार