मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार हुमागाईंले पाए

Thearaniko Times 1375+ समाचार ( )
१५ फाल्गुन २०८०, मङ्गलबार

बनेपा/नेपाल प्रेस युनियनका सदस्य तथा रोशी रेडियोकर्मी दिलकुमारी हुमागाईं (शोभा) लाई उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार पत्रकार प्रदान गरिएको छ ।

नेपाल प्रेस युनियन काभ्रे शाखाले बनेपामा आयोजित १४ औं स्मृति सभा कार्यक्रम मार्फत हुमागाईंलाई पुरस्कार प्रदान गरिएको हो । ५ हजार ५ सय ५५ रूपैयाँ राशी रहेको छ । उर्मिलाको निधन भएकै दिन प्रत्येक बर्ष यो पत्रकारिता पुरस्कार वितरण गरिदैं आएको छ ।

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, नेपाली काँग्रेस जिल्ला कार्य समितिका कार्यवाहक सभापति ठाकुरी न्यौपाने, उपसभापति रमेश हुमागाईं, सचिब माधव ढकाल, कोषाध्यक्ष जगन्नाथ गिरी, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी लगायत आ आफ्नो धारणा राख्नु भएको थियो ।

प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारीको अध्यक्षता भएको कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य नारायण सेपकोटा, कपिल कोईराला, प्रेस युनियन बागमति प्रदेशका लेखा शाखा संयोजक शंकर अधिकारी, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, पूर्व अध्यक्ष महेश पौडेल, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष सन्तोष चौलागाईं, फोनिज काभ्रेका अध्यक्ष इन्द्र बहादुर थापा, सञ्चारिका समूह काभ्रेका अध्यक्ष सुनिता सापकोटा लगायत आ-आफ्नो भनाई राख्नु भएको थियो ।

पुरस्कारको संरक्षक सापकोटाले छोरीको स्मृतिमा १ लाखको अक्षय कोष स्थापना गर्नु भएको थियो । डाँडापारी क्षेत्रको कथा र ब्यथालाई अझै बढी उजागर गर्न आवश्यक रहेको सापकोटाले बताउनुभयो ।

अध्ययनका लागि ललितपुर जाने क्रममा उर्मिलाको निधन भएको थियो । उर्मिलाको २०६७ सालमा मृत्यु भएपछि बुबा गोपाल कृष्ण सापकोटाले छोरीको स्मृतिमा पुरस्कार स्थापना गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार