मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

विपद्
बीपी राजमार्ग सञ्चालनका लागि सरोकारवालाको संयुक्त बैठक, तत्काल कदम चाल्न आग्रह

Thearaniko Times 1401+ समाचार ( )
२० अशोज २०८२, सोमबार

रोशी/देशको जीवनरेखा मानिने बीपी राजमार्ग तत्काल सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै धुलिखेलमा स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको संयुक्त बैठक सम्पन्न भएको छ।

बैठकमा सहभागीहरूले निरन्तरको अवरोधका कारण जनजीवन, व्यापार, आपूर्ति, शिक्षा र स्वास्थ्य सेवामा गम्भीर असर परिरहेको भन्दै सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले पहिरो व्यवस्थापन, सडक मर्मत, ट्राफिक नियन्त्रण र वैकल्पिक मार्गको तयारीलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए।

बैठकमा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, रोशी गाउँपालिकाका उपाध्यक्ष मिनबहादुर वाइवा र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तना लगायतका जनप्रतिनिधिहरू सहभागी थिए। उनीहरूले बीपी राजमार्ग सञ्चालनमा ढिलाइ अब अस्वीकार्य भएको भन्दै प्रदेश तथा संघीय सरकारले स्थानीय तहसँग सहकार्य गरी तत्काल सडक सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका थिए।

बैठकले बीपी राजमार्गलाई अविलम्ब सञ्चालन गर्न  आजैबाट काम शुरु गर्ने,  आवश्यक पूर्वतयारी गर्न सम्बन्धित विभाग, डिभिजन कार्यालय र निर्माण व्यवसायीहरूलाई निर्देशन दिने निर्णय गरेको छ। साथै, नमोबुद्ध–रोशी सिमानास्थित थान्सिङ–बेंसी पक्की पुल गत वर्षको बाढीले बगाएकोले उक्त पुल पुनःनिर्माणका लागि सडक विभागसँग समन्वय गर्ने सहमति गरिएको छ।
त्यसैगरी, नमोबुद्ध नगरपालिका–वडा नं. ६ अन्तर्गत पर्ने चरंगे दोभान दाप्चा खोला खण्डमा बेलीब्रिज निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गर्ने र अन्य संरचना निर्माण गर्न स्थानीय तहले पहल गर्ने निर्णय गरिएको छ।
बैठकले राजमार्ग सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गर्न सम्बन्धित निकायहरूलाई आह्वान गर्दै दीर्घकालीन संरचनागत सुधारका लागि सरकारको ध्यानाकर्षण समेत गराएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार