मुख्य समाचार
तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी |

साहित्य र कला
तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण

Thearaniko Times 1396+ समाचार ( )
१७ श्रावण २०८३, आइतबार

काठमाडौं। कवि तारा सुवेदीको पहिलो कवितासङ्ग्रह ‘अनुभूतिका महक’ आइतबार राजधानीमा आयोजित एक समारोहबीच लोकार्पण गरिएको छ।

नेपाल स्रष्टा समाजको आयोजनामा सम्पन्न कार्यक्रममा अग्रज साहित्यकार शैलेन्द्र साकार, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा. कृष्णप्रसाद दाहाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, पवन आलोक तथा कवि तारा सुवेदीले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र साकारले नेपाल स्रष्टा समाजमा सँगै काम गरेका पुराना दिनहरू स्मरण गर्दै सुवेदीलाई मिलनसार, सक्रिय र लगनशील स्रष्टाका रूपमा आफूले पाएको बताए।

लोकार्पित कृतिमाथि समीक्षा गर्दै प्रा.डा. कृष्णप्रसाद दाहालले सुवेदी करिब डेढ दशकदेखि कविता सिर्जनामा सक्रिय रहेको उल्लेख गर्दै यो पहिलो कृति भए पनि परिपक्व सिर्जनाका कारण पहिलो जस्तो नलाग्ने धारणा व्यक्त गरे। उनका अनुसार सङ्ग्रहका कविताले पाठकको मन जित्ने सामर्थ्य राख्छन्।

कार्यक्रममा अग्रज कथाकार भागिरथी श्रेष्ठ, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, पवन आलोक, विवश पोखरेल, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, विधान आचार्य तथा चन्द्रप्रसाद भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सो अवसरमा कवि सुवेदीले आफ्नो लेखनयात्रा र सिर्जनाका अनुभूतिहरू साझा गरेका थिए। लोकार्पित कृतिबाट विधान आचार्य, राधेश्याम लेकाली, मणि लोहनी, प्रकाश घायल, रञ्जना निरौला र खुशी अधिकारीले कविता वाचन गरेका थिए।

श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदीप सापकोटाले गरेका थिए भने डा. शान्तिमाया गिरीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार