मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |
मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |


पछिल्लो पुस्तालाई द्रुत गतिमा प्रविधिमय बन्दै गएको विश्वसँग प्रस्तिस्पर्धा गर्न सक्षम बनाउनुपर्छ –राष्ट्रपति पौडेल

Thearaniko Times 1372+ समाचार ( )
२४ अशोज २०८०, बुधवार

धुलिखेल/राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्लो पुस्ता व्यापक र द्रुत गतिमा प्रविधिमय बन्दै गएको विश्वसँग प्रस्तिस्पर्धा गर्न सक्षम बनाउनुको विकल्प नभएको बताउनुएको छ ।

काठमाडौ विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले इतिहासको महत्वपूर्ण कालखण्डमा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवम् व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि परेको कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसकेको बताउनुभएको हो । 

राष्ट्रपति पौडेलले नेपालको प्राज्ञिक वातावरणमा प्रतिष्ठापूर्ण साख स्थापित गरेको काठमाडौं विश्वविद्यालयको मातहत र व्यवस्थापनमा सो केन्द्र रहनुले यसले निरन्तर र फलदायी सञ्चालनको आधार पाएको अनुभूति भएको र त्यसबाट समग्र मुलुकले लाभ पाउने कुरामा जोडदिनुभयो । मानव मस्तिकको क्षमताले व्यवस्थित गर्न सक्नेभन्दा छिटो गतिमा विश्वमा परिरहेको जलवायु परिवर्तन, भूमण्डलीकरण र कृतिम विद्वताले मानव सभ्यताका सामू खडा गरेका चुनौतीलाई पार लगाउँदै अगाडि बढ्नका लागि मानावतामैत्री, दिगो र न्यायपूर्ण विकासका लागि खोज, अनुसन्धान, नवप्रर्वतन र प्रविधिका परिपूरक सहकार्यका अतिरिक्त वातावरण र मानवतासँग अन्योन्याश्रित सहसम्बन्ध हुनु अपरिहार्य रहेको उहाँले बताउनुभयो । नेपालकै प्रविधि र नवप्रवर्तनका लागि नमूना आधुनिक केन्द्रका रुपमा स्थापित सो केन्द्रले यी सबै पक्षमा महत्वपूर्ण यागदान गर्नेमा विश्वस्त रहेको उहाँको भनाइ थियो ।


सो केन्द्रमा स्थापित कृषि, स्वस्थ्य र ऊर्जासम्वद्ध तीनवटा नै विशिष्टिकृत खोज–अनुसन्धान इकाईहरुले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति र आलेखहरू प्रकाशित गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सीप, ज्ञान र दक्षता विकासमा पनि उत्तिकै योगदान गर्नसक्नु पर्नेमा उहाँले जोड दिनुभयो । जनसांख्यिक लाभमा रहेको मुलुकले करिब ६२ प्रतिशत आर्थिक रुपमा क्रियाशील हुने जनसंख्यालाई नवप्रवर्तन केन्द्र मार्फत इन्क्युवेशन सेन्टर चलाएर स्टार्टअपमा बिउ, पूँंजी उपलब्ध गराइ उद्यमशीलताको विकास गर्न सकिने भएकाले उद्यमशीलता विकासशील अर्थतन्त्रको महत्वपूर्ण आधारशीलाबाट जागीर खोज्ने नभई जागिर दिने जनशक्ति उत्पादन गर्न सकिने बताउनुभयो ।

राष्ट्रपति पौडेलले अगाडि भन्नुभयो–कोरिया आपैंm द्रुतगतिमा आर्थिक–सामाजिक विकासको उपल्लो उचाई हासिल गर्ने थोरै उदाहरणीय मुलुकहरुमध्ये एक रहेकोमा मित्रराष्ट्र कोरिया र विकास सहायता प्रदान गर्ने निकाय ‘कोइका’ले नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर महत्वपूर्ण योगदान पुगेकोे छ । आधुनिक विकासमा फड्को मार्ने त्यहाँको अनुभवबाट नेपालले सिक्ने धेरै कुरा भएको बताउनुहुँदै उहाँले केन्द्रको निर्माण र यसलाई अत्याधुनिक उपकरणहरु समेतले सुसज्जित बनाउन मित्रराष्ट्र कोरियाले प्रदान गरेको सहयोगका लागि विशेष आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तईयोङले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवन गणतन्त्र कोरिया र नेपालबीचको स्थायी मित्रता र सहयोग सम्बन्धी प्रतिकको रुपमा प्रतिनिधित्व गरेको बताउनुभयो । ‘आठ वर्षको अथक प्रयासको नतिजाको रूपमा ठडिएको भवनले हाम्रा दुई राष्ट्रहरूको साझा दृष्टिकोणका साथ काम गर्दा सही परिणाम निकाल्न सकिन्छ भन्ने ज्वलन्त उदाहरणको प्रतिक भएर खडा भएको राजदुत पार्क तईयोङको भनाइ थियो ।’ उहाँले भन्नुभयो, ‘कोरिया सरकारको लगानीमा सञ्चालित यस परियोजनाले अत्याधुनिक प्रविधिमा सबल पहुँचद्वारा समृद्धि बाँडफाँड गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।’

परियोजनाले थप स्टार्टअपहरूलाई प्रेरणा मिल्ने र नेपालको निजी क्षेत्रसँगै थप अनुसन्धान र विकास परियोजनाहरूलाई सहयोग मिल्ने दाबीे उहाँले गर्नुभयो । एउटा भवन मात्र नभएर नेपालमा उद्योग र शिक्षाविद्हरू बीचको आविष्कार र सहकार्यको मञ्च भएको उल्लेख गर्नुहुँदै उहाँले यसले नेपालको समृद्धिका लागि उद्योग स्थापना तथा शैक्षिक सहयोगको मूर्त सफलताका कथाहरू सिर्जना गर्ने बताउनुभयो । सो भवन सबैभन्दा महत्वपूर्ण विकास साझेदार परियोजनाहरू मध्ये एक भएको एवं गणतन्त्र कोरिया नेपालको शान्ति, प्रगति र समृद्धिको यात्रामा राम्रो साथी तथा उत्कृष्ट साझेदारको रूपमा रहने विश्वास व्यक्त गर्नुहुँदै उहाँले कोरियाले नेपाललाई विकास सहयोगमा लगातार १५ वर्षदेखि प्राथमिकताको सूचीमा राखेर विकास साझेदार राष्ट्रको रूपमा निर्धारण गरेको बताउनुभयो ।

सो अवसरमा उहाँले सन् २००७ देखि कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत हालसम्म कोरियामा १ लाखभन्दा बढी नेपाली आप्रवासी कामदारले सेवा सुविधाका हिसाबले कोरियाली नागरिक सरह समान हैसियतमा काम गरिसकेको अवस्था रहेको बताउँनुहुँदै सन् २०२६ मा अल्पविकसित श्रेणीबाट उत्तीर्ण हुने योजनाका साथ अगाडि बढेको नेपाललाई कोरियाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले एक वर्ष पश्चात म सो भवनको फलदायी नतिजा हेर्नका लागि फेरि आउने बताउनुभयो ।

सेन्टरको स्थापना अनुसन्धान केन्द्र मात्र नभएर यसले राष्ट्रिय विकासप्रतिको प्रतिबद्धता, चुनौतीहरू पार गर्ने वाचा र साझा उद्धेश्यका लागि दिमागहरू एकजुट हुँदा उत्पन्न हुने असीम सम्भावनाहरूको उत्सवलाई मूर्त रूप दिने काठमाडौं विश्वविद्यालयले जनाएको छ । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको परिसरभित्र रहेको बहुआयामिक अनुसन्धान केन्द्रले अत्याधुनिक अनुसन्धान र नवप्रवर्तनको केन्द्र बन्ने विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले बताउनुभयो । सन् २०१९ बाट सूरु भएको भवन २०७९ माघ महिनामा सम्पन्न भएको हो । भवनको लागत ४० करोड भन्दा बढी रहेको र जसमा २२ करोड भन्दा बढीको उपरकरणहरु रहेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरका निर्देशक राजेन्द्र ज्ञवालीले बताउनभुयो ।

सो क्रममा राष्ट्रपति पौडेलले सेन्टर र त्यसभित्र रहेको अत्याधुनिक उपकरणहरुको अवलोकन गर्नुभएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार