मुख्य समाचार
तीन शिक्षक संगठनबीच एकता घोषणा, ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन | महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न | चौरीदेउराली–७ मादन कुँडारीमा नेकपाको वडा कार्यालय उद्घाटन, १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन | बनेपा–६ मा बसुन्धरा हुमागाईंको मतदाता भेटघाट कार्यक्रम सम्पन्न | चुनबाङ पुगेर शान्ति यात्राको स्मरण | खानीखोलामा दिननाथ गौतमको घरदैलो अभियान तीव्र, सडक र कृषिलाई प्राथमिक एजेन्डा | चौरीदेउरालीमा ३०औँ जनयुद्ध दिवस अवसरमा शुभकामना कार्यक्रम सम्पन्न | संघर्ष सकिएको छैन, अबको युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड | चौरीदेउराली–५ पोखरीचौरीमा नेकपा वडा कार्यालय स्थापना, निर्वाचन तयारी तीव्र | देउरालीदेखि फलामेटारसम्म दिननाथ गौतमको घरदैलो, सडक र कृषि प्राथमिकतामा |
मुख्य समाचार
तीन शिक्षक संगठनबीच एकता घोषणा, ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन | महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न | चौरीदेउराली–७ मादन कुँडारीमा नेकपाको वडा कार्यालय उद्घाटन, १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन | बनेपा–६ मा बसुन्धरा हुमागाईंको मतदाता भेटघाट कार्यक्रम सम्पन्न | चुनबाङ पुगेर शान्ति यात्राको स्मरण | खानीखोलामा दिननाथ गौतमको घरदैलो अभियान तीव्र, सडक र कृषिलाई प्राथमिक एजेन्डा | चौरीदेउरालीमा ३०औँ जनयुद्ध दिवस अवसरमा शुभकामना कार्यक्रम सम्पन्न | संघर्ष सकिएको छैन, अबको युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड | चौरीदेउराली–५ पोखरीचौरीमा नेकपा वडा कार्यालय स्थापना, निर्वाचन तयारी तीव्र | देउरालीदेखि फलामेटारसम्म दिननाथ गौतमको घरदैलो, सडक र कृषि प्राथमिकतामा |

राजनीति
“एकता, नेतृत्व र आगामी यात्राबारे गिरिराजमणि पोखरेल

Thearaniko Times 1337+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

२०८२ असोज ९ र १० काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न नेकपा नेकपा माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको सातौं बैठकमा अध्यक्ष कमरेड प्रचण्ड, वरिष्ठ उपाध्यक्ष प्रकाश र उपमहासचिव प्रभाकरले राख्नुभएका प्रस्ताव र समूहगत ढंगले आएका सुझाव पछि बैठकमा मैले व्यक्त गरेको विचार:

अध्यक्ष कमरेड! यो एउटा विशिष्ट स्थितिमा बैठकको आयोजना गरेर हामी सबैले अहिलेको परिस्थितिको बारेमा, पार्टीको बारेमा र अब आगामी कार्यभारको बारेमा छलफल गर्ने वातावरण बन्यो। म अध्यक्षलाई धन्यवाद दिन चाहन्छु।
कमरेडहरु ! जेन्जी विद्रोहको बारेमा वस्तुगत र आत्मगत दुवै कोणबाट विषयहरु आएका छन्। यति मात्रै भन्न चाहन्छु म चार महिने अभियानमा सम्पर्क समिति, उपत्यका विशेष र बागमती प्रदेश बागमती प्रदेश भूगोलमा हामीले सँगै काम गर्यौ। त्यतिखेरै मैले आफू विद्यार्थी र युवा आन्दोलनबाट आएको कोणबाट छोराछोरीहरुको सम्मेलन राखौ, ढिला भइसकेको छ भनेको थिए। सुदुरपश्चिममा विद्यार्थीको सम्मेलनमा मैले यो पावर पोइन्टमै प्रस्तुत गरे। क खगराजजीले एउटा वातावरण बनाउनु भयो। एकछिन सहभागी भए तर धेरै सुन्ने अवस्था भएन।
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको सेरोफेरोमा जेन्जीहरुलाई समेट्ने अखिल क्रान्तिकारी बनाउनु पर्छ भनेर सार्थक ढंगले कुराहरु राखियो। ध्यान दिन सकेनौ।
जेन्जी विद्रोह पछिको अहिलेको जुन अवस्थामा छ, अब नेपाल राष्ट्र रहन्छ कि रहदैन र बामपन्थी आन्दोलन यही रूपमा अगाडि बढ्छ कि बढदैन भन्ने गम्भीर चिन्ताको बीचमा यो बैठकमा उभिएको छौ। कमरेडहरु एउटा एपिसोड सकिएको छ। यसपछि कति वटा र कुन प्रकारले कस्ता episode आउँलान? हामी सबैले सोचौ ।

कमरेडहरु !अहिलेकाे परिस्थितिमा जुन खालका डिजाइनहरु कार्यान्वयन भइराखेका छन् हामीले के स्वीकार गर्नुपर्छ भने जनयुद्धलाई नेतृत्व गर्ने , ६२ /६३ को जनक्रान्तिलाई अगाडी बढाउने , ७२ को संविधान ल्याउन महत्वपूर्ण भूमिका खेल्ने यो पार्टी जेन्जिका मुद्दामा समर्थन गर्ने ठाउँमा मात्रै रह्यो । जेन्जीको आन्दोलन चलिरहेको बेलामा त्यही भित्र प्रवेश गरेर त्यसलाई सही दिशा दिने ठाउँमा छैनउ। मुद्दा यो हो।
कमरेडहरु ! यो खालको परिस्थितिमा अध्यक्षले राख्नु भएको ,क प्रकाशले राख्नु भएको र क प्रभाकरजीले राख्नु भएका विषयहरुलाई , हामी सबैले जुन ढंगले छलफल गरेर एउटा साझा निष्कर्ष बनाउनु पर्ने हो ,अहिलेको समय त्यस्तो छैन। छलफललाई पर्याप्त समय छैन।

को कति खेर मारिने हो ,क कसका घर आक्रमण हुने हुन् , देश त्यतातिर जादै छ। साम्राज्यवाद विरोधी आन्दोलनमा विश्वका बामपन्थीहरुले खेलेका भूमिका इतिहासमा पढ्यौ तर हाम्रै अगाडी अहिले त्यस्तै घटना मन्चन भइराखेका छन्। हामी गम्भीर गम्भीर परिस्थितिमा उभिएका छौ।
कमरेडहरु! यो बेलामा अध्यक्षले नै कतिपय प्रश्नको उत्तर दिन म आवश्यक ठान्दछु। यो १७ वर्ष देखि अध्यक्ष संगै रहेर कमरेड प्रकाशले काम गर्नुभएको छ। एउटा प्रस्ताव ल्याउदा यो समय सान्दर्भिक नै छैन, यो नेतृत्वलाई कमजोर बनाउने खेल हो जस्ता कुराहरु जुन ढंगले उठेको छ अध्यक्षले नै जवाफ दिनु उपयुक्त हुन्छ। पदाधिकारी बैठकमा अध्यक्षको सहमतिमा यता जाउ भनेर यो प्रस्ताव राख्नु के वास्तवमा गुटबन्दी गर्नु हो? पावर सेरिङ गर्नु हो? या शत्रुलाई फाइदा पुर्याउने कुरा गर्नु हो? तपाईहरु सबैले सोच्नु होला। किन वरिष्ठ उपाध्यक्ष बनाएको होला अध्यक्षले ?स्वाभाविक ढंगले अध्यक्षको सहमतिमा अध्यक्षलाई पनि रक्षा गर्ने गरि एउटा दिशामा जाउ भन्नु त्यही खालको अभिव्यक्ति हो त कमरेड? सबैले सोच्नु होला !हामी सबैलाई पदाधिकारी बनाएको अध्यक्षले नै हो। अध्यक्षले नेतृत्वको टिम छानी रहदा हामीले बाहिर अलि अलि आलोचना गर्यौ होला तर वास्तवमा यो एउटा यस्तो टिम हो जुन टिमले संविधान बनायो र अगाडी जान खोज्यो।
हाम्रो पार्टी नवपुजीवादी दिशामा गएको कारणले ,हाम्रो जीवन शैली बदलिएको कारणले हामीले अहिलेको विद्रोहमा हस्तक्षेप गर्न सकेका छैनौउ। मलाई लाग्छ अध्यक्ष सहित एउटा टिम बनाएर नया ढंगले जानुपर्छ। हिजो म प्रकाशको योगदान सहित अध्यक्ष भन्थे, अहिले म अध्यक्षको अभिभावकत्व र साथमा, अध्यक्ष संगको सहकार्यमा प्रकाश सहित अगाडी बढ्दा यो पार्टी ठिक दिशामा जान्छ भन्ने मलाई लाग्दछ।
तर साथीहरु अहिलेको जस्तो परिवेश छ , जस्तो संगठन छ,हामीले बाहिर प्रभावित गर्न जे कुरा पठायो, बैठकमा आफ्नो अनुकुल नहुदा हास्ने, अलिकति चित्त बुझेन भने "जाउ" भन्ने जस्ता निम्न सांस्कृतिक चरित्रबाट ग्रस्त छौँ। यस्तै तरिकाबाट के पार्टी महाधिवेशन गर्न सक्छौ? हामीले यतिखेर फागुनको चुनावलाई अगाडी बढाउनु पर्दा पार्टी भित्र बहस हुने, विशेष महाधिवेशन गर्ने स्थिति छ? अलि नयाँ ढंगले लैजान खोजिएको हो भने पनि हामीले पार्टी भित्र अलि स्तर माथि उठाउनु पर्ने आवश्यकता छन् ।
कमरेडहरु ! अहिलेको यो सिमा भित्रको यति धेरै अप्ठ्यारो स्थितिमा हामी उभिएका छौ, यो बैठकले एकताबद्ध सन्देश दिनैपर्छ। धन्यवाद

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार