मुख्य समाचार
जनयुद्ध दिवसको अवसरमा नेकपाको शुभकामना आदान प्रदान तथा धुर्विकरण कार्यक्रम | आजसम्म भएका संघर्ष, विद्रोह र बलिदानको समग्रता १० बर्षे जनयुद्धमा प्रकट भएकाले सुरुवातको दिनलाई संकल्प पर्वको रुपमा मनाऔं | बनेपा–६ बुडोल डाँडागाउँमा ३ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की नगरप्रमुख शाक्यले गरे सिलान्यास | डिभोर्सपछि एलिनाले लेखिन् भावुक स्टाटस, रचना र समिक्षाले दिइन् सान्त्वना | प्रदेश सांसद श्रेष्ठले मागे आफ्नो क्षेत्रमा विकास, प्रदेश सरकारसँग माग नै माग | भुम्लुमा नेकपाको वडा भेला सम्पन्न, पुर्ण सीको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन | काभ्रेमा जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड महोत्सव हुँदै | माओवादी ०८४ सम्म सरकारमा जाँदैन, ८४ मा बहुमतसहितको सरकार निर्माण गर्छ– प्रचण्ड | हामी अब सत्ताको खेलमा छैनौँ, हामी त जनतातिर फर्किसक्यौँ- प्रचण्ड (सम्बोधनको पूर्णपाठ) | पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काउने अभियानमा छौं -प्रचण्ड |

असोज ९ गतेदेखि २४ गतेसम्म १६ दिन बनेपा महोत्सव हुने
असोज ९ गतेदेखि २४ गतेसम्म १६ दिन बनेपा महोत्सव हुने

Thearaniko Times 1034+ समाचार ( )
२० भाद्र २०८१, बिहीबार

बनेपा । बनेपा ब्वाईज क्लब (बिबिसी) ले बनेपा महोत्सव २०८१ आयोजना गर्ने भएको छ ।“हाम्रो अभियान खेलको शान, सँस्कृति र समृद्धि बनेपाको पहिचान” भन्ने मूल नारा सहित २०८१ असोज ९ गते देखि २४ गतेसम्म (१६ दिन) “व्यापारिक, साँकृतिक, मनोरञ्जनात्मक खेल मेला ऐतिहासिक सहर बनेपामा हुन लागेको आयोजकले बताएको छ।

 मेला बनेपा नगरपालिका वडा नं. ७ स्थित उग्रेश्वर मन्दिर परिसर र अगाडि रहेको खाली जग्गामा हुने बताइएको छ । बुधबार महोत्सवको महोत्सवको बारे जिल्लामा क्रियाशील संचारकर्मीहरूसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

हिन्दूहरूको महान् चाड विजया दशमी तथा शुभ दिपावाली २०८१ को पावन अवसरमा मेला आयोजना गर्न लागिएको बनेपा ब्वाइज क्लब(बिबिसी) का अध्यक्ष महेश कुमार कर्माचार्यले जानकारी दिनुभयो । 

मेलामा बनेपा ब्वाईज क्लब (बि.बि.सी) बनेपाले काभ्रे जिल्लाको सुन्दर नगरी बनेपाको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, साँस्कृतिक, औद्योगिक, हस्तकलालाई प्रबर्द्धन गर्ने, खेलकुदको विकास, कला, संस्कृति, घरेलु उद्योग र ब्यापारिक प्रबर्द्धन तथा प्रचारप्रसार गर्ने उद्धेश्य राखेको बताइएको छ ।

मेलामा कृषि, घरेलु सामाग्री लगायत १ सय भन्दा बढी व्यापारिक स्टल रहनेछन् । यसका साथै बालबालिकाहरुको मनोरञ्जनको लागि बालउद्यानको समेत व्यवस्था गरिनेछ । प्रत्येक दिन राष्ट्रिय स्तरको कलाकार सम्मिलित साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनोरञ्जन प्रदान गरिनुका साथै जिल्ला भित्रका नव प्रतिभावान् कलाकारहरुलाई विशेष प्राथमिकता दिइनेछ । साथै उक्त महोत्सवमा महिला भलिबल, युथ फुटबल, खुल्ला नृत्य तथा गायन, मार्सलआर्ट र धिमे बाजा प्रतियोगिता समेत संचालन गरिने आयोजक संस्था बिबिसीले जनाएको छ ।

महोत्सवको समय तालिका अनुरुप असोज ९ गते बिभिन्न स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, बाजागाजा, मौलिक नाच सहित महोत्सवको समुद्घाटन समारोह गरिने आयोजक बताए । महोत्सवको प्रमुख सल्लाहकारमा रामराजा जोशी, मूख्य संयोजकमा पारसमणि कायस्थ, सह-मूख्य संयोजकमा यश कुमार रंजितकार, प्रेस तथा मिडिया संयोजक कौशल राज खड्का, संगीत संयोजक रबिनसन श्रेष्ठ रहेका छन् ।

मेलालाई सफल बनाउन सम्पूर्ण सरोकारवालाबाट अमूल्य सल्लाह, स‌ह्योगका लागि आह्वान गर्दै व्यापक सहभागिताको अपेक्षा गरेका आयोजकको छ ।

बि.सं २०६७ सालमा खेलकुद विधाको सुन्दर र लोकप्रिय खेल फुटबल र अन्य विधाका खेलमार्फत काभ्रे जिल्ला अनि सुन्दर नगरी बनेपालाई देशविदेश सम्म प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यले बनेपा ब्वाईज क्लब (बि.बि.सी) को स्थापना गरिएको बताइएको छ ।

क्लबबाट उत्पादित तथा प्रशिक्षित खेलाडीहरुले जिल्लामा सञ्चालन भएका प्रतियोगिताहरूमा उत्कृष्ट स्थान हासिल गर्नुका साथै राष्ट्रिय टिमको विभिन्न उमेर समुह तथा व्यावसायिक रुपमा देशका प्रतिष्ठित क्लबमा आबद्ध भई जिल्लाको प्रतिनिधित्व गरिरहेको बिबिसी क्लबका सञ्चालक कर्माचार्यले जानाकारी दिनुभयो ।

इस्वी संवत् २०१९ मा विश्व नै स्तब्ध हुनेगरी फैलिएको कोरोना महामारीले हाम्रो देशलाई पनि आक्रान्त पारिरहेको बेला यस क्लबले फुड बैंक र मेडिकल बैंक स्थापना गरी बनेपाका १४ वटै वडाहरुमा खाद्यान्नका साथै आवश्यक स्वास्थ्य सामग्रीहरू पनि बाँडेको बनेपा ब्बाइज क्लबद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना महामारीका कारण लकडाउनमा परेर आफ्‌नो काम धन्दा गुमाएर एक छाक हातमुख जोड्न समेत नसकेका अति आवश्यक व्यक्तिहरूका लागि “रोगले भन्दा अघि भोकले नमरुन” भन्ने मूल नाराका साथ बनेपा नगरपालिका सँगैको बसपार्कमा नगरपालिकासँग सहकार्य र दाताहरुको सहयोगमा लगातार ४४ दिनसम्म दैनिक १२५ देखि २०० जना सम्मलाई खाना खुवाउने कार्य गरेको क्लबले दाबी गरेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार