मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

लम्पी स्किन रोग लागेका पशुको दुध खान योग्य छ–डा. कार्की

Thearaniko Times 1401+ समाचार ( )
७ श्रावण २०८०, आइतबार

धुलिखेल/ भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेले ‘लम्पी स्किन’ रोग लागेका पशुको दुध खान योग्य रहेको प्रस्ट गरेको छ । ‘लम्पी स्किन’ रोग लागेका पशुको दुध खान हुने वा नहुने उपभोक्तामा अन्योल रहेका बेला भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा.नितेश कार्कीले सो कुरा प्रस्ट पारेको हो । 

https://youtu.be/sUvGXOnGM-U

‘लम्पी स्किन’ को महामारी फैलिएपछि धेरै ठाउँमा दुध खान छाडेका खबरहरू बाहिर आएको छ । त्यसरी उपभोक्ताले खान छाडेपछि दुध खपतमा कमी आएको बताइएको छ । तर भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा.नितेश कार्कीले ‘लम्पी स्किन’ रोग लागेका पशुको दुध खाँदा केही फरक नपर्ने बताउनुभएको छ । डा. कार्कीले भन्नुभयो,–लम्पी स्किन रोग नसर्ने रोग हो, पशुबाट मानवमा नसर्ने भएकाले यो रोग लागेको पशुको दुध खाँदा केही फरक पर्दैन । यो रोग लागेका बेलामा पशुमा दुध उत्पादन धेरै घट्ने हुन्छ । लक्षण देखाएका वा नदेखाएका सङ्व्रmमित पशुको दुध बजारमा आउन सक्ने हुँदा दुध राम्ररी उमालेर सेवन गर्नु उपयुक्त हुने उहाँको भनाई थियो । डा.कार्कीले अगाडि भन्नुभयो–‘बिरामी पशुमा एन्टिवायोटिक प्रयोग गरिएको भएमा त्यस्ता पशुमा एन्टिवायोटिक प्रयोग सुरु भएदेखि प्रयोग गर्न छोडिएको दिनबाट कम्तीमा एक हप्ता अवधिसम्म दुध सेवन गर्न हुँदैन ।’

डा.कार्कीले एन्टिवायोटिक प्रयोग भइरहेको पशुको दुध कम्तीमा एक हप्तासम्म खानु हुँदैन तर ‘लम्पी स्किन’ रोग लागेको पशुमा एन्टिवायोटिक प्रयोग नभएको बताउनुभयो । ‘लम्पी स्किन’ रोग लागेको पशुलाई सिटामोल मात्र खुवाइरहेको छ, त्यसैले यसले मानवको स्वास्थ्यमा कुनै असर नगर्ने भएकाले दुध खानमा कुनै बाधा नरहेको डा.कार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो,–‘लम्पी स्किन रोग लागेका पशुको दुध खानु हुन्छ कि हुँदैन भनी हल्ला सुनिएको छ, त्यो हल्लाको पछाडि नगएर मज्जाले दुध खाँदा हुन्छ त्यसले मानव स्वास्थ्यमा केही असर गर्दैन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार