मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

२ चैत्र २०७९, बिहीबार

                                                                     कविता - यकिना अगाध

भन्नु त भन्छन् नि

आइमाई धरणी हो 

आधाआकाशहो 

फुक्र्याएर उसलाई 

यसो पनि भन्छन् 

साक्षत् देवी हो 

शक्तिकर्ता दुर्गा हो । 

सत्य कुरा त यो छ कि

यो देशमा

शब्द अलंकार बाहेक 

आइमाई मान्छे हँुदै होइनन् 

यौनतृष्णा मेट्ने

केवल साधानमात्र हुन् । 

लोग्नेमान्छेको 

वीर्य स्खलनको लागि

बनाइएको ‘सेक्स ट्वोय’ मात्र हुन् । 

शंका लाग्छ भने

सत्य सावित्री सीताको 

अग्निपरीक्षा लिन पाउँछन् रामले । 

वैंशले मैमत्ता भयो भने 

हजार गोपिनीहरु 

सुहाग मनाउन पाउँछन् कृष्णले । 

जुवाको खालमा

द्रौपदीलाई थापेर च्याँखे

रमिते देखाउन पाउँछन् पाण्डवले । 

कतै देश हरण हुने भयो भने 

भृकुटीको देह चढाएर 

आफ्नो कान्तिपुरी नगर बचाउँछन् अंशुवर्माले । 

आइमाइको भौतिक देह

भोगको अन्त्यपछि

जब संस्मरण गर्न 

मन्दिरमा गरिन्छ प्रतिष्ठान

देवी, दुर्गाको । 

टुँडाल बनाएर त्यही छानामा 

लोग्ने मान्छेले

इच्छाइने आसनमा

भोग्छन् भरमग्दुर 

ब्लु फिलिमका नायिकालाई झैं । 

जिउँदो हुनुको दुर्दशा उस्तै 

मरणपछि

जब बन्छ किचकन्या पीडा दुरुस्तै । 

लोग्ने मान्छे

निर्धक्क मुर्कुट्टा हुन पाउँछन्

आइमाई

बनेर किचकन्या

यौनकुण्ठाले दमित

जिउँदो लोग्नेमान्छेको

मेटाउनु पर्छ प्यास हर रात । 

घरको लक्ष्मी

समाजको गहना

जेडेर अनेक उपमा

यो देशमा

बनाइरहेछ यौनदासी

आइमाई हुनुको कत्रो उपहासी । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार