मुख्य समाचार
कृषि, पर्यटन र व्यापारमार्फत समृद्ध नमोबुद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक | पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन | पनौतीले प्रविधिमैत्री र समृद्ध नगर निर्माणलाई प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम स्वीकृत | बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक | नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता |

फोनिजले बुझाए महासंघलाई स्मरणपत्र

Thearaniko Times 1380+ समाचार ( )
१५ फाल्गुन २०८०, मङ्गलबार

बनेपा/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेले नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना मार्फत सात दिने अल्टिमेटमसहित स्मरणपत्र बुझाएको छ । “सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर” भन्ने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको देशैभर आन्दोलनको सर्कुलर कार्यक्रम अन्तर्गत मंगलबार जिल्ला अध्यक्षलाई जिल्ला मार्फत केन्द्रलाई स्मरणपत्र बुझाइएको हो ।

तथ्य र प्रमाणको आधारमा नेपाल पत्रकार महासंघ तत्कालिन नेपाल पत्रकार संघको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा सम्पुर्ण समितिबाट माग गरिएको थियो । तर, गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासंघ तयार नभएकोले महासंघको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको स्मरणपत्रमा उल्लेख गरिएको छ ।

७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम नभए महासंघको केन्द्रिय कार्यालय सहित देशैैभरका कार्यालयहरुमा तालाबन्दी गरिने फोनिजले जनाएको छ ।

पत्र बुझ्दै नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले तत्काल फोनिजको स्मरणपत्रलाई केन्द्रीय कार्यालयमा यथाशीघ्र पठाउने बताए । तिमल्सिनाले फोनिजको मुद्धालाई सम्बोधन गर्न सहज वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरे । अल्टिमेटम पत्र बुझाउन फोनिज काभ्रे अध्यक्ष इन्द्र बहादुर थापा, फोनिज बागमती प्रदेश ईन्चार्ज पेमा लामा लगायत फोनिजकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार