मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

एकीकृत खानेपानी ट्याङ्कीको शिलान्यास संपन्न

Thearaniko Times 1394+ समाचार ( )
१४ चैत्र २०८०, बुधवार

बनेपा/बनेपा नगरपालिका वडा नम्बर-६, बुडोलको खत्रीगाउँमा दुई सय घर धुरीका लागि एकिकृत खानेपानी एक घर एक धारा समानुपातिक वितरणका लागि खानेपानी ट्याङ्कीकोआज एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।

बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटाले  पानी ट्याङ्की निर्माणको शिलान्यास  गर्नुहुँदै ‘बनेपा नगरपालिकाले सबै वडाका नागरिकहरुलाई एक घर एक धारा जडानको उदेश्य अनुरुप खानेपानीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो । उपप्रमुख सापकोटाले काभ्रे भ्याली एकिकृत खानेपानीको पूर्ण व्यवस्थापन नहुँदासम्म वडाभित्र रहेका विभिन्न मुहानहरुको संरक्षण गरी मुहानहरुको एकिकृत विकास र वितरणका लागि समन्वयको भूमिका खेल्नुपर्ने बताउनुभयो।’

उपप्रमुख सापकोटाले बनेपा नगरपालिका वडा नम्वर ६ ले शुरु गरेको अभियानमा नगरपालिकाको पुर्ण समर्थन रहेको र यसको लागि आवश्यक बजेट तथा समन्वयको लागि आफु तयार रहेको बताउनुभयो ।

ट्याङ्की शिलान्यास कार्यक्रममा वडा अध्यक्ष सचितानन्द केसीले वडामा रहेका ११ सय घर धुरीलाई एक घर एक धारा वितरण गर्ने योजनाका साथ  कार्य प्रारम्भ गरिएको जानकारी दिनुभयो। ‘बनेपा नगरपालिकाले बजारभित्रलाई मात्र नगरपालिका संझिने गरेको र बजारभन्दा बाहिरका वडाहरुलाई पक्षपातपूर्ण व्यवहार गर्दै आएको दृष्टान्त पेश गर्दै वडाध्यक्ष के.सी.ले यस्तो नगरपालिकाले सच्याउनुपर्ने धारणा राख्नुभयो।

वडाध्यक्ष के.सी.ले वडा नम्बर-६ को खत्रीगाउँमा बन्ने खानेपानी ट्याङ्कीबाट २ सय घर परिवार लाभान्वित हुने जानकारी दिनुभयो। उहाँले खहरे खोला पुर्वका बस्तिहरुमा रहेको ३ सय घरमा एक घर एक धाराको कार्यक्रम शुरु भईसकेको र काभ्रे क्याम्पस वरपर रहेको ३ सय घरमा पनि चालु आर्थिक वर्षभित्र नै एक घर एक धारा कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको जानकारी पनि सो अवसरमा दिनुभयो। बाँकी तल्लोटोल रातमाटे, न्यौपाने टोल, राममन्दिर, भक्तेश्वर क्षेत्रलाई आगामी वर्ष प्राथमिकतामा राखेर कार्य सम्पन्न गरिने पनि वडा अध्यक्ष केसीले बताउनुभयो । केही ठाउँमा बाहेक सडक र ढलको कार्य सबै टोलमा सम्पन्न भएको र सडकलाई पक्कि गर्ने कार्य २५ प्रतिशत मात्रै बाँकी रहेकाेले अबको प्राथमिकता सबै वडाबासीहरुको घर घरमा खानेपानी पुर्याउने लक्ष्य रहेको अध्यक्ष केसीको भनाइ थियो । नगरपालिकाले चालु वर्षका लागि तीन वटा मुहानका लागि विनियोजन गरेको ५/५ लाखका दरले १५ लाख, ढुंगे मुर्ति पार्क निर्माणका लागि विनियोजित रकम १० लाखलाई समेत रकमान्तर गरेर उपभोक्ता मार्फत २ लाख ९३ हजार रुपैया संकलन गरी २७ लाख ९३ हजार रुपैयाको लागतमा १ लाख ७५ हजार लि. क्षमताको खानेपानी टयाङ्की निर्माण गर्न लागिएको वडा अध्यक्ष सचितानन्द केसीले बताए ।

सबै मुहान एकिकृत गर्न गठित समितिका संयोजक कृष्णबुद्ध बजगाईले वडाबासीहरुको समग्र हितका लागि छरिएका मुहानहरुलाई एकिकृत गर्न सहमति गरिएको बताए । ‘हामी सबै राजनीतिक दल, स्थानीय उपभोक्ता र जनप्रतिनिधिहरुको संयुक्त भेलाबाट छरिएका मुहानहरु एकिकृत गरेर संयुक्त रुपमा पानी ट्याङ्की मार्फत खानेपानी वितरण गर्न सहमत भएका हौं’–संयोजक बजगाईले भने–‘डिप बोरिङ्ग गरेर अर्थात मुहानहरु एकिकृत गरेर अन्य क्षेत्रमा लगिएको पानीको श्रोतमा कमि आउँदैन ।’ 

ट्याङ्की शिलान्यास कार्यक्रममा वडा सदस्य लालकृष्ण तिमल्सिना, उपभोक्ता समितिका प्रकाश भुर्तेल लगायतले समयमै निर्माण कार्य सम्पन्न गरी उपभोक्ताहरुलाई गुणस्तरीय खानेपानी खुवाउन सबैको समन्वय आवश्यक रहेको बताएका थिए ।

ट्याङ्की निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र थापाले समयमै निर्माण कार्य सम्पन्न गरी उपभोक्ताहरुलाई गुणस्तरीय खानेपानी वितरण गर्ने बताए । अध्यक्ष थापाले निर्माण कार्यमा सहजिकरण तथा समन्वयका लागि सरोकारवाला निकायहरुसँग आग्रह गरे । २०८१ जेठ पहिलो साता भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरिएको उनले बताए ।

खत्रीगाउँमा रहेकाे ७ वटा मुललाई एकिकृत गर्ने र थप पानीको श्रोतका लागि डिप बोरिङ्ग शुरु गर्ने तयारी रहेको बताइएको  छ । डिप बोरिङ्ग सहित ८ वटा श्रोतको पानी उक्त ट्याङ्कीमा जम्मा गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार