मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

विपी राजमार्गकाे विकल्पमा 'महाभारत पर्यटन मार्ग' बनाऔं : सांसद श्रेष्ठ

Thearaniko Times 1375+ समाचार ( )
२० अशोज २०८१, आइतबार

काठमाडौं /बागमती प्रदेशका सांसद तथा पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विपी राजमार्गकाे विकल्पको रुपमा 'महाभारत पर्यटन मार्ग' बनाउनु जरुरी भइसकेको बताएका छन् ।

उनले गत असाेज ११ र १२ गतेकाे बाढी, पहिरोले बनेपा-बर्दिबास वीपी राजमार्गको रोसीखोला र सुनकोसी खण्डमा ठुलो क्षति पुर्‍याएको भन्दै यस विपत्तिले साे राजमार्गकाे विकल्प खोज्न प्रेरित गरेको बताए । उनलेे काठमाडौँ उपत्यकाबाट पूर्व जोड्ने विकल्पकाे रुपमा ललितपुर, काभ्रे, सिन्धुली, उदयपुर हुँदै चतरासम्म वैकल्पिक मार्गको रूपमा 'महाभारत पर्यटन मार्ग' बनाउनुपर्नेमा जाेड दिए । यसका लागि उनले नेपाल सरकारलाई पटक-पटक ध्यानाकर्षण गराएकाे पनि उल्लेख गरे । आ.व. २०८०–०८१ को नीति कार्यक्रममा योजना समावेश गरि बजेट विनियोजन गराउन तत्कालीन उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष माग गरिएको भएपनि सुनुवाइ नभएको उनको भनाइ छ । त्यसपछिका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई समेत आग्रह गरिएको भएपनि उनीहरूले यश मार्गको महत्त्व नबुझेकाे सांसद श्रेष्ठले बताए ।

यश मार्गले काठमाडाैं उपत्यका–काभ्रे–सिन्धुली–उदयपुर हुँदै सुनसरी जिल्लाको बरहाक्षेत्रसम्मको महाभारत श्रृंखलालाई जोडने उनले बताए । उनका अनुसार  यस मार्ग ललितपुरको ग्वार्को, लाकुरी भञ्ज्याङ्ग, काभ्रेको पनौती, बेथान चोक, ढुंखर्क, कामीडाँडा, साँगापोट, सिपाली, जुकेपानी, सिन्धुलीको सातदोबाटो, बन्दिपुर, सिन्धुलीगढी, खनियाँखर्क, धापचौकी, कालीमाटी, बाहुनतिल्पुङ्ग, महादेवडाँडा, उदयपुरको तिनखण्डे गँहुवारी, बेतिनी, राउतखर्क, ओख्ले, चिसापानी, ताप्ली, माझखर्क, पुँवारे, रौता साउँने, चौदण्डीगढी हुँदै सुनसरीको चतारासम्म पुर्याउन सकिने छ । करिब  ३०० कि.मि.को यस मार्गले आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, कृषि लगायतका क्षेत्रमा  योगदान पुर्‍याउने उनको भनाइ छ ।

सांसद श्रेष्ठले ग्वार्कोदेखि ढुंखर्कसम्मकाे सडक कालोपत्रे भैसकेको र बाँकी खण्डको अधिकांश भागमा समेत ट्रयाक खुलेको अवस्था रहेको भन्दै आर्थिक दृष्टिले पनि सस्तो पर्ने बताए । उनले महाभारत क्षेत्रमा बसाइँसराइको समस्या तीव्र रहेको भन्दै महाभारत पर्यटन मार्ग बनेमा साे क्षेत्रकाे बसाइँसराइ राेकिने विश्वास व्यक्त गरे ।सडकको दायाँबायाँ अधिकांश ठाउँमा लिंकरोड बनिसकेकाले भन्दै उनले साे क्षेत्रका कृषि उत्पादन सिधै काठमाण्डौं उपत्यकामा ल्याई लाखौं कृषकहरुको जीवनस्तर बदल्न सकिने पनि बताए ।

सांसद श्रेष्ठले विपी र पुष्पलाल राजमार्ग अवरुद्ध भएको बेला काठमाडौँ उपत्यकाबाट पूर्व जोड्न महाभारत पर्यटन मार्गले मेरुदण्डकाे काम गर्ने भन्दै यसलाई राष्ट्रिय गाैरवकाे आयोजनाकाे रुपमा विकास गर्न सरकारकाे ध्यानाकर्षण गराएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार