मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

म राष्ट्रपतिको दौडमा छैन- सम्मानित नेता खनाल

Thearaniko Times 1401+ समाचार ( )
६ भाद्र २०७९, सोमबार

गुल्मी/नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपतिको दौडमा नरहेको बताउनु भएको छ । राष्ट्रपतिभन्दा पहिला पार्टीको निर्देशनअनुसार आफूले निर्वाचनमा प्रतिस्पर्धा गर्ने खनालको भनाई थियो ।  पछिल्लो समय राष्ट्रपतिको दौडमा रहेको चर्चा चलिरहेको सन्दर्भमा खनालले त्यस्तो बताउनु भएको हो ।

पार्टी प्रशिक्षणको लागि गुल्मी पुग्नुभएका खनालले पत्रकार सम्मेलनमा देश र पार्टीको आवश्यकताअनुसारको भूमिका निर्वाह गर्न आफू तयार भएकाले अहिलेको दौड राष्ट्रपतिको लागि नभएर पार्टीका निम्ति भएको बताउनु भयो  । त्यस्तै आफू सधै वाम एकताको पक्षमा रहेको समेत उनले उल्लेख गर्नुभयो  । ‘मैले जहिल्यै वाम एकताको पक्षमा बोलेको छु । तर, ठूला शक्तिहरू नै सकारात्मक छैनन ’, उहाँले भन्नुभयो , ‘तर, एकताको आवश्यकतासँगै बहस र छलफल अगाडि बढ्नुपर्छ ।’ 

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमालेबाट विद्रोहको एक वर्षमै आफ्नो पार्टी राष्ट्रव्यापी बनेको जिकिर गर्दै  छोटो समयमै २१ वटा जनसंगठन सँगै नवोदित क्रान्तिकारी पार्टी स्थापित हुनु सुखद विषय भएको उहाँले बताउनु भयो  । उहाँले अहिले देशमा सबै पार्टीलाई सकस भए पनि नजिकैको निर्वाचनले नयाँ समाजवादी नेतृत्व खोजेको बताउनु भयो  । पार्टी एकताको लागि वैचारिक, राजनीतिक, सांगठनिक एवं सैद्धान्तिक सहमति आवश्यक भएकाले चुनाव अघि पार्टी एकीकरणको सम्भावना नभएको स्पष्ट पार्दै उहाँले  ‘अहिले पार्टीहरूका बीच चुनावी तालमेल र सहयोग सम्बन्ध मात्रै सम्भावना रह्यो । भागबन्डाको विषयमा आ आफ्नै तर्क पेश भएका छन्’, उहाँले भन्नुभयो  ‘चुनावी तालमेल गर्छौ ।’ 

खनालले नागरिकतासँग मुलुकको राष्ट्रियताको विषय जोडिएकाले राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै सदनमा अल्पमत र बहुमत भन्दा दूरदर्शी निर्णयका लागि राष्ट्रिय सहमति गरेर अगाडि बढ्नुपर्ने बताउनु भयो  । उहाँले अहिले नेतृत्वमा नयाँ अनुहार जनताले खोजेको भन्दै तर, उमेरसँगै योग्यता र क्षमता भएको नेता र नेतृत्व आवश्यक रहेको समेत  बताउनु भयो  । युवाले पद मात्रै खोज्न बल गरेर मात्रै नहुने भएकाले क्षमताको पनि विकास गरे पहिलो पुस्ता स्वभाविक रूपमा विस्थापित हुने खनालको भनाई थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार