मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

समाज/राजनीति
बनेपा–६ मा बसुन्धरा हुमागाईंको मतदाता भेटघाट कार्यक्रम सम्पन्न

Thearaniko Times 1394+ समाचार ( )
२ फाल्गुन २०८२, शनिबार

बनेपा/ काभ्रे क्षेत्र नं.–२ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रतिनिधि सभा उम्मेदवार बसुन्धरा हुमागाईंको मतदाता भेटघाट कार्यक्रम शनिबार बिहान बनेपा–६ नम्बर वडाका विभिन्न स्थानमा सम्पन्न भएको छ।
शनिबार बिहान ८ बजे क्याम्पस चोकबाट सुरु भएको भेटघाट कार्यक्रममा चिया–नास्तासहित स्थानीय मतदातासँग संवाद गरिएको थियो। स्थानीयले उम्मेदवार हुमागाईंलाई टोपी लगाइदिएर स्वागत गरिएको थियो। सोही अवसरमा निर्वाचन परिचालनको लागि कार्यालय सञ्चालनमा ल्याइएको छ।

त्यसपछि उम्मेदवार हुमागाईंको टोली खत्री गाउँ, आचार्य टोलको पिपल बोट, २८ किलो क्षेत्र, कार्की गाउँ, बुडोल मार्गस्थित हेल्थ पोस्ट अगाडि, बुद्धिनारायण चोक, रातमाटे कोल स्टोर आसपास तथा राम मन्दिर चोकमा पुगेर मतदाता भेटघाट गरेको थियो।

भेटघाटका क्रममा उम्मेदवार हुमागाईंले जनजीविका सुधार, स्थानीय विकास र जनमुखी नीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा स्थानीयवासी, पार्टी कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

बनेपा–६ नम्बर वडा नेकपा निर्वाचन परिचालन कमिटीको आयोजना तथा सह–आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले नेकपाको चुनावी अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार