मुख्य समाचार
जनमुक्ति सेना स्थापना दिवस र शिवरात्री : कुन हो हाम्रो नेपाली सेना दिवस? | सुदूरपश्चिम रोयल्स पहिलो पटक एनपिएल च्याम्पियन | ९९औँ रमेश विकल जयन्ती सम्पन्न | स्वर्गीय डा. भरत लामिछानेको पुण्यस्मृतिमा बालगृहका असहायलाई भोजन र खाद्यान्न सहयोग | बेथानचोकमा बाढीपहिरो प्रभावित सात परिवारलाई रेडक्रसद्वारा राहत वितरण | यूएई पुगेका काभ्रेका लक्ष्मण घिमिरे सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल | खानीखोला विकासको नयाँ बहस र २० उद्योगको परिकल्पना | ‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण |

खेल जगत
सुदूरपश्चिम रोयल्स पहिलो पटक एनपिएल च्याम्पियन

Thearaniko Times 1410+ समाचार ( )
६ मंगशिर २०८३, शनिबार

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो पटक उपाधि जितेको हो।

लगातार तेस्रो पटक फाइनलमा पुगेको सुदूरपश्चिमले यसपटक उपाधि आफ्नो पक्षमा पार्दै ऐतिहासिक सफलता हासिल गरेको छ। च्याम्पियन बनेसँगै टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँमा चित्त बुझाएको छ।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्‍यो। सुदूरपश्चिमको जितका नायक बनेका जर्ज मन्सेले आक्रामक ब्याटिङ गर्दै अविजित १२५ रन बनाए। उनले ५४ बलको सामना गर्दै १२ छक्का र आठ चौका प्रहार गरे। अर्का ओपनर विनोद भण्डारी २७ बलमा ३० रन बनाएर अविजित रहे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। लुम्बिनीका दिलिप नाथले अविजित ३९, कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८ र अलि शेखले २४ रन जोडे। डार्सी शर्टले २१ रनको योगदान दिए।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेइनले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र थरिन्दु रत्नायकेले समान एक विकेट हात पारे।

यस जितसँगै सुदूरपश्चिमले तीन संस्करणको फाइनल यात्रापछि पहिलो पटक एनपिएलको उपाधि आफ्नो नाममा लेखाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार