मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |
मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |


अनैतिक कार्य गर्ने शिक्षक गौतममाथि कारवाही गर्न चौतर्फी दबाव

Thearaniko Times 1401+ समाचार ( )
१६ श्रावण २०८०, मङ्गलबार

पनौती/काभ्रेको पनौती नगरपालिका वडा नं.–२ मा रहेको कुशादेवी मा.वि.का गणित शिक्षक छबि गौतमले कक्षा १० का छात्राहरुमाथि अवाञ्छित् गतिविधि गरेको भनेर छात्राहरुले उजुरी दिएको आज ५ दिन बितिसक्दा पनि कानूनी कारवाहीका लागि प्रक्रिया स्थानीय अभिभावक आक्रोशित भएका छन् ।


स्थानीय अभिभावक, नागरिक समाज, बुद्धिजिवीहरु र विद्यालय व्यवस्थापन समितिको आज भएको संयुक्त भेलाले दोषी शिक्षक छबिरमण गौतमलाई हदैसम्मको कानूनी कारवाही गराउन प्रहरीमा उजुरी दिने सामुहिक निर्णय गरेको छ । पनौती नपा-२ को सभाहलमा भएको भेलाले छात्राहरुले दिएको निवेदनका आधारमा शिक्षक गौतम दोषी देखिएकोले उनलाई हदैसम्मको कानूनी कारवाही हुनुपर्ने ठहर गर्दै आवश्यक कानूनी कारवाहीको सम्बन्धित निकायमा उजुरी दिने निर्णय गरेको समाजसेवी विशेश्वर बञ्जाराले जानकारी दिनुभयो ।

गत शुक्रबार विद्यालयमा कक्षा १० मा अध्यरत १० जना छात्राहरुले आफूहरुलाई विद्यालयका गणित विषयका शिक्षक छवि गौतमले पटक–पटक यौनहिंसा गरेको भनेर सामूहिक उजुरी दिएका थिए ।  । विद्यार्थीहरुले शुक्रबार दिएको उजुरी उपर कुनै कानुनी उपचारतिर नगई उल्टै शिक्षकको बचाउतिर लागेको विद्यालय व्यवस्थापन समितिप्रति आरोप स्थानीय एवं शुभचिन्तकहरुले लगाएका छन् ।

विद्यालय व्यवस्थापन समितिले झारो टार्ने गरी शिक्षकलाई विद्यालयमा हाजिर नगराउने भनेर दोषीलाई उम्काउन लागेकोप्रति सर्वत्र विरोध भएपछि आज स्थानीय अभिभावक र बुद्धिजीवीहरुको भेला भएको बताइयो । दोषीलाई हाजिर नगराउने भन्ने निर्णय मात्रै गरी विद्यालय व्यवस्थापन समिति पन्छिन खोजेपछि यतिबेला घटना सामसुम बनाउन लागेको आशंकामा सर्वत्र विरोधको आवाज उठिरहेको छ । 

पनौती नगरपालिकाको शिक्षा शाखामा विद्यालय व्यवस्थापन समितिले दोषी शिक्षकलाई अब उप्रान्त विद्यालयमा हाजिर नगराउने जानकारी सहितको पत्र प्राप्त भएको शिक्षा शाखा प्रमुख पुष्पाकुमारी अर्यालले बताए । शिक्षा शाखा प्रमुख अर्यालले दोषि देखिएमा विभागीय कारवाही गर्ने बाहेक अरु अधिकार आफुसँग नभएको बताउँदै फौजदारी कारवाही गर्न विद्यालय प्रशासन र अभिभावकले किटानी जाहेरी दिनुपर्ने जानकारी दिनुभयो ।

पनौती नपाले प्रशासनलाई जानकारी पठाए

यसैबीच पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जिल्ला प्रशासन कार्यालयमा घटनाबारे जानकारीपत्र पठाइएको छ । पत्रमा भनिएको छ–प्रस्तुत विषयमा यस नगरपालिका वडा नं. २ मा सञ्चालित श्रीकुशादेवी माध्यमिक विद्यालयको च.नं.–६ मिति २०८०÷४÷१५ को पत्रबाट उक्त विद्यालयका शिक्षक छबिरमण गौतमले कक्षा १० का छात्राहरुलाई अभद्र व्यवहार गरेको भनी छात्राहरुबाट विद्यालय व्यवस्थापन समितिलाई ध्यानाकर्षण गराएको पत्र संलग्न राखी निज शिक्षकलाई अब उप्रान्त विद्यालयमा हाजिर नगराउने भनी विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय सहित जानकारीको लागि यस कार्यालयमा पेश हुन आएकोले सोसँग सम्बन्धित कागजहरु छायाँप्रति थान ९ यसै पत्रसँग संलग्न राखी आवश्यक व्यवस्थाका लागि पठाएको व्यहोरा अनुरोध छ ।

कुशादेवी माध्यमिक विद्यालयका प्र.अ.श्यामप्रसाद भुजुले दोषी शिक्षकलाई बचाउन खोजेको आरोपलाई अस्वीकार गर्नुभयो । प्रअ भुजुले घटना जानकारीमा आउने बित्तिकै हामीले शिक्षकलाई विद्यालयमा हाजिर नगराउने निर्णय ग¥यौं । अन्य कानूनी कारवाही भनेको घटनाको गम्भीरता र विद्यार्थीको भविष्यलाई ध्यानमा राखी अभिभावकको सहमतिमा गर्ने प्रक्रिया हो भन्ने लाग्छ–प्रअ भुजुको भनाई थियो  । यसअघि पनि शिक्षक गौतमलाई विद्यार्थीसँग गरेको अमर्यादित च्याटका कारण माफी मगाएको जानकारी प्रअ भुजुले दिनुभयो ।

शिक्षक गौतमले यसअघि प्रकाश मावि भुम्लुमा यस्तै गतिविधिका कारण विद्यालय छाड्नु परेको र करीब ९ महिनाअघि पनौतीको एक कलेजबाट बिदा लिनुपरेको बताइयो । 

छात्राहरुलाई शिक्षकले गरेको यौनहिंसाकको घटनाबारे सर्वत्र छानविन सहित दोषीलाई कारबाहीको माग गरेका छन् । विभिन्न विद्यार्थीहरुको हितका संघ, संगठनहरु लगायत सामाजिक सञ्जालमा घटनाप्रति तत्काल छानविन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार