मुख्य समाचार
यूएई पुगेका काभ्रेका लक्ष्मण घिमिरे सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल | खानीखोला विकासको नयाँ बहस र २० उद्योगको परिकल्पना | ‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण |

समाज
यूएई पुगेका काभ्रेका लक्ष्मण घिमिरे सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल

Thearaniko Times 1405+ समाचार ( )
१६ कार्तिक २०८३, आइतबार

काभ्रे । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ का ३९ वर्षीय लक्ष्मण घिमिरे केही दिनदेखि परिवारको सम्पर्कबाहिर रहेका छन्। उनको अवस्था अज्ञात भएपछि परिवारले खोजी तथा सकुशल उद्धारका लागि सार्वजनिक अपिल गरेको छ।

साबिक खानालटोक–९ निवासी घिमिरे रोजगारीका सिलसिलामा यूएई पुगेका थिए। उनी त्यहाँस्थित ‘इम्पावर इम्प्लोयमेन्ट सर्भिसेज एलएलसी’ (Empower Employment Services L.L.C.) मा काम गर्ने उद्देश्यले गएको परिवारले जनाएको छ।

परिवारका अनुसार पछिल्लो केही दिनदेखि उनीसँग कुनै सम्पर्क हुन सकेको छैन। उनको अवस्थाबारे जानकारी पाउन परिवार तथा आफन्तले वैदेशिक रोजगार बोर्डको सचिवालयमा समेत निवेदन दिएका छन्।

घिमिरेका सालो नवराज सेन्चुरीले लक्ष्मणको अवस्थाबारे कुनै जानकारी भए उपलब्ध गराइदिन र उनको खोजी तथा सकुशल नेपाल फिर्तीका लागि सहयोग गरिदिन सम्बन्धित निकाय, यूएईस्थित नेपाली दूतावास र नेपाली समुदायसँग आग्रह गरेका छन्।

परिवारले लक्ष्मणबारे कुनै जानकारी प्राप्त भए नजिकको प्रहरी कार्यालय वा परिवारका सदस्यलाई खबर गरिदिन सबैमा अनुरोध गरेको छ।

लक्ष्मणबारे जानकारी दिन नवराज सेन्चुरीलाई ९८४३७६६१६० वा ९७९५४२४९२६८५ नम्बरमा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ।

परिवारले नेपाल सरकारका सम्बन्धित निकाय, वैदेशिक रोजगार बोर्ड, यूएईस्थित नेपाली दूतावास तथा त्यहाँ रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उनको खोजी कार्यमा सहयोग गरिदिन अपिल गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार