मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |

समाज/राजनीति
कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, घोषणापत्र र निर्वाचन परिचालन समिति गठन

Thearaniko Times 1372+ समाचार ( )
२ माघ २०८२, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टीको पहिलो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ।

ललितपुरमा बिहीबार बसेको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र निर्माण तथा निर्वाचन परिचालनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ। बैठकपछि जानकारी दिँदै नेता देवराज चालिसेले घोषणापत्र तयारी र निर्वाचन परिचालन समिति गठन गरिएको बताए।

बैठकले पार्टी सभापति गगनकुमार थापाको संयोजकत्वमा ‘घोषणापत्र निर्माण समिति’ गठन गर्ने निर्णय गरेको छ। घोषणापत्र केवल औपचारिक दस्तावेजमा सीमित नहुने स्पष्ट पार्दै चालिसेले भने, “यो घोषणापत्र कार्यान्वयनयोग्य भिजनमा आधारित हुनेछ। कति वर्षमा कस्तो कांग्रेस र कस्तो देश निर्माण गर्ने भन्ने स्पष्ट रोडम्याप यसमा समावेश हुनेछ।”

यसैगरी आगामी निर्वाचनमा पार्टी संगठनलाई प्रभावकारी रूपमा परिचालन गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ‘निर्वाचन परिचालन समिति’ गठन गरिएको छ। समितिले देशभर पार्टीका संरचना र कार्यकर्तालाई सक्रिय बनाउँदै जनतासँग पार्टीको सम्बन्ध मजबुत बनाउने लक्ष्य लिएको बताइएको छ।

विशेष महाधिवेशनपछि नयाँ नेतृत्व चयन भएसँगै निर्वाचन आयोगमा रहेका पुराना विवरण अद्यावधिक गर्ने निर्णय पनि बैठकले गरेको छ। चालिसेले भने, “उम्मेदवार मनोनयनका लागि आधिकारिक हस्ताक्षर परिवर्तन, समानुपातिक सूची संशोधनलगायत कानुनी प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा आवश्यक विवरण बुझाइनेछ।”

बैठकले समसामयिक राजनीतिक अवस्थाको समीक्षा गर्दै ‘परिवर्तित परिस्थितिअनुसारको कांग्रेस’ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। “राजनीति जनताका लागि हो, केही व्यक्तिका लागि होइन भन्ने सन्देश घोषणापत्र र व्यवहार दुवैबाट दिन चाहन्छौं,” चालिसेले भने, “नयाँ पुस्ताको अपेक्षा अनुसारको कांग्रेस निर्माणमा पार्टी केन्द्रित हुनेछ।”

केन्द्रीय समिति बैठक भोलि पनि जारी रहने र थप रणनीतिक विषयमा छलफल हुने जनाइएको छ। बैठक सम्पन्न भएपछि नेताहरू आवश्यक विवरण अध्यावधिक गर्न निर्वाचन आयोगतर्फ प्रस्थान गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार