मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

नेपाल तेक्वान्दो संघ काभ्रेकाे जिल्ला कार्यालय उद्घाटन तथा जिखेविस काभ्रेका अध्यक्ष वाईबालाई सम्मान

Thearaniko Times 1375+ समाचार ( )
२९ असार २०८१, शनिबार

बनेपा । जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोककाे अध्यक्षमा नियुक्त हुनुभएका मानवीर वाईबाले नेपाल तेकवन्दो संघ काभ्रेपलाञ्चोकको जिल्ला कार्यालय उद्घाटन गर्नुभएको छ।

संघको जिल्ला कार्यालय उद्घाटनको अवसर पारेर आज वाईबालाई बधाई ज्ञापन तथा सम्मान पनि गरेको छ । वाइबा बागमती प्रदेश खेलकुद विकास परिषद्बाट असार २० गते अध्यक्षमा तेस्रो पटक नियुक्ती हुनुभएको हो । खेलकुद विकास समितिमा उहाँको यो तेस्रो पटकको कार्यकाल हो । 

कार्यालय उद्घाटन तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष वाईबाले जिल्लाको खेलकुद विकासको लागि सबैको एकताबद्ध सहयोग र प्रयास आवश्यक रहेको बताउनुभयो । त्यसको लागि खेलकुद पूर्वाधार र सामग्री उतिकै महत्वपूर्ण रहेको भन्दै उहाँँले त्यसको व्यवस्थापनको लागि बागमती प्रदेश खेलकुद विकास परिषद् र राष्ट्रिय खेलकुद परिषद्संगको समन्वय र सहकार्यमा व्यवस्थापन प्रयास गर्ने बताउनुभयो ।

खेल विकासको लागि युवाजनशक्तिहरुको बीचमा सम्भावना र चुनौती उतिकै रहेको बताउँदै त्यसको लागि नीतिगत रुपमा आवश्यक पहदकदमी लिने अध्यक्ष वाईबाको भनाई छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि अब नजिकै आइसकेको बताउँदै त्यसको लागि सक्षम खेलाडीहरु उत्पादन गर्ने र आवश्यक समन्वयका लागि समेत निरन्तर संघहरुसंगको सहकार्यलाई बढावा दिनका लागि उहाँले आग्रह गर्नुभयो ।

नेपाल तेक्वान्दो संघ काभ्रेपलाञ्चोकका अध्यक्ष केशव थापाले जिल्ला खेलकुद विकास समितिको अध्यक्षको साथ सहयोगका कारण जिल्ला कार्यालय उद्घाटन गर्ने अवस्थासम्म आइपुगेको बताउनुभयो । जिल्ला खेकदुल विकास समितिको अध्यक्ष वाईबाकै पहलमा पनौती नगरपालिका वडा नं. २ मा तेक्वान्दो हल बनाउनका लागि जग्गा समेत प्राप्त भईसकेको र हल निर्माणको लागि जग्गा सम्याएर आवश्यक पर्खाल लगाउने काम समेत भईरहेको उहाँले जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोक जिल्लामा डब्लुटिएफ तेक्वान्दोको ११ वटा डोजोबाट करिब एक हजार जना खेलाडीहरुले प्रशिक्षण लिईरहेका छन् । थापाको नेतृत्वमा रहेको नेपाल तेक्वान्दो संघमा उपाध्यक्षद्वयमा उद्धव सापकोटा र अमृत हुमागाई, सचिवमा रामकृष्ण घिमिरे, सहसचिवमा दिपक थापा र कोषाध्यक्षमा रुपक ताम्राकार रहनुभएको छ । जसको सदस्यहरुमा क्रमशः दिपेन्द्र थापा, चाँदनी पौडेल, विनोद थापा, मनोज सापकोटा, स्नेह भेटवाल, कृष्णप्रसाद घिमिरे, सुरथ लामा, सुनिल सापकोटा र आदेश थापा रहनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार