मुख्य समाचार
जनमुक्ति सेना स्थापना दिवस र शिवरात्री : कुन हो हाम्रो नेपाली सेना दिवस? | सुदूरपश्चिम रोयल्स पहिलो पटक एनपिएल च्याम्पियन | ९९औँ रमेश विकल जयन्ती सम्पन्न | स्वर्गीय डा. भरत लामिछानेको पुण्यस्मृतिमा बालगृहका असहायलाई भोजन र खाद्यान्न सहयोग | बेथानचोकमा बाढीपहिरो प्रभावित सात परिवारलाई रेडक्रसद्वारा राहत वितरण | यूएई पुगेका काभ्रेका लक्ष्मण घिमिरे सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल | खानीखोला विकासको नयाँ बहस र २० उद्योगको परिकल्पना | ‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण |
मुख्य समाचार
जनमुक्ति सेना स्थापना दिवस र शिवरात्री : कुन हो हाम्रो नेपाली सेना दिवस? | सुदूरपश्चिम रोयल्स पहिलो पटक एनपिएल च्याम्पियन | ९९औँ रमेश विकल जयन्ती सम्पन्न | स्वर्गीय डा. भरत लामिछानेको पुण्यस्मृतिमा बालगृहका असहायलाई भोजन र खाद्यान्न सहयोग | बेथानचोकमा बाढीपहिरो प्रभावित सात परिवारलाई रेडक्रसद्वारा राहत वितरण | यूएई पुगेका काभ्रेका लक्ष्मण घिमिरे सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल | खानीखोला विकासको नयाँ बहस र २० उद्योगको परिकल्पना | ‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण |

समाज/राजनीति
जनमुक्ति सेना स्थापना दिवस र शिवरात्री : कुन हो हाम्रो नेपाली सेना दिवस?

Thearaniko Times 1410+ समाचार ( )
९ मंगशिर २०८३, मङ्गलबार

• राजीब लामा

मंसिर ८ देशको एउटा यथार्थ, संघर्ष र परिवर्तनको प्रतीक दिन हो । यही दिन जनमुक्ति सेनाको संगठन गठन र घोषणा गरिएको थियो। नेपालको १० वर्षे सशस्त्र जनयुद्धको मुख्य प्रेरक शक्ति थियाे ।  देशमा गणतन्त्र स्थापना, संघीय लोकतान्त्रिक संरचना, समावेशी राज्य र २५० वर्ष लामो राजतान्त्रिक शासनको अन्त्य भयाे । यी सबै जनमुक्ति सेनाको बलिदान, संगठन र राजनीतिक हस्तक्षेपकै उपज हुन्। त्यसैले मंसिर ८ लाई नेपाली सेना दिवसका रूपमा सम्बोधन गर्न नसक्नु आफैंमा राजनीतिक प्रश्न मात्र होइन, इतिहासप्रतिको बेईमानी पनि हो।

शिवरात्रीलाई सेना दिवस मनाउने परम्परा पञ्चायती राज्यले निर्माण गरेको थियो। हिन्दू राजशाही र धार्मिक-राजनीतिक वैधता जोड्ने रणनीतिका रूपमा सेना दिवसलाई ‘शिवशक्ति’सँग प्रतिकात्मक रूपमा गाँसियो। डमरु, त्रिशूल र शिवलाई राज्यशक्ति तथा सैनिक,धार्मिक एकताका प्रतीकका रूपमा प्रस्तुत गरियो। तर यो परम्पराको आधार कतै सैन्य–इतिहास, स्वतन्त्रता–संघर्ष वा राष्ट्रिय गौरवका सार्वभौम मान्यतामा छैन। यो केवल धार्मिक–राजनीतिक संरचनाको अवशेष मात्र हो।

विश्व अभ्यास हेर्दा सेना दिवस कुनै देवताको जन्म–तिथि, धार्मिक मिथक वा धर्मग्रन्थसँग जोडेर मनाइँदैन। हेराै केही उदाहरणहरु:

– रूस, चीन, भियतनाम, उत्तर कोरिया, इन्डोनेसिया जस्ता देशहरूले आफ्नो लाल/जन सेना स्थापना भएको दिनलाई सेना दिवस मान्छन्।

– भारत, पाकिस्तान, रोमानिया आदि देशले औपनिवेशिक शासनविरुद्ध विजय वा स्वतन्त्रता प्राप्तिको दिनलाई सेना दिवस बनाएका छन्।

– जापान, बेलायत, इटली र कमनवेल्थ राष्ट्रहरूले विश्वयुद्धमा विजयी भएको दिन वा सहादत स्मृतिलाई सेना दिवसको मूल मानक बनाएका छन्।

– अष्ट्रेलिया र न्युजल्यान्डले युद्ध अभियान सुरु भएको दिनलाई सैनिक दिवस मान्छन्।

स्पष्ट छ,सेना दिवस सधैं इतिहास, संघर्ष, बलिदान, देशको पुनर्निर्माण वा राष्ट्रिय परिवर्तनसँग जोडिन्छ। कहीं पनि एउटा धार्मिक काल्पनिक पात्रलाई मानक मानिएको पाइँदैन।

नेपालमा भने सैनिक परम्परा ‘शिवरात्री’को नाममा एक धार्मिक उत्सवसँग गाँसिएको छ, जुन वैज्ञानिक र आधुनिक सैन्य संस्थाको मानकसँग मेल खाँदैन। यो व्यवस्था हिन्दू–राजतन्त्रको सांस्कृतिक छाया हो, जसलाई गणतन्त्र घाेषणा भएको यतिका वर्षपछि पनि परिवर्तन गर्न नसकिएको मात्र होइन,कुरा उच्चारण गर्ने प्रयासलाई पनि उपेक्षा गरिन्छ।


जनमुक्ति सेनाका हजारौं लडाकुहरूले आफ्नो जीवन, भविष्य, शरीर र परिवार होमाएर देशमा राजनीतिक रूपान्तरण सम्भव भयाे। यही सेना अहिलेको नेपाली सेनामा समायोजन भई बसेको छ।  तर मनोवैज्ञानिक रूपमा त्यही संस्थाले आफ्नो इतिहासलाई मान्यता पाएको छैन।

आमूल परिवर्तनको गाैरबपुर्ण इतिहास बोकेकाे  मंसिर ८ ‘सेना दिवस’ हुन नहुने कुनै औचित्य र कारण छैन।

मंसिर ८ ले युद्ध, परिवर्तन, क्रान्ति र नयाँ संघीय लाेकतान्त्रिक गणतन्त्र राज्यको कथा बोकेको छ।

शिवरात्रीले भने बिलकुल मिथक, धर्म, राजशाहीको अवशेष र एकधर्मीय राज्यको छायाँ बोकेको छ।

प्रश्न  कुन दिन ‘सुन्दर’ लाग्छ भन्ने होइन। राष्ट्रको सैन्य परम्परा कुन ऐतिहासिक सत्यमा आधारित हुन्छ भन्ने हो।

आजको गणतन्त्र, समावेशी राज्य र संघीयता जनमुक्ति सेनाको योगदान विना सम्भव थिएन।

त्यसैले सेना दिवस मंसिर ८ मै मनाउनु पर्छ। मनाउन नहुने कुनै तर्क कमजोर मात्र होइन,इतिहासको अपमान पनि हो।

गणतन्त्रको सेना दिवस गणतन्त्रको माटोमै उभिनुपर्छ। धर्मका मिथकमा होइन। मंशिर ८ जनमुक्ति सेना दिवशकाे सबैलाई शुभकामना ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार