मुख्य समाचार
९९औँ रमेश विकल जयन्ती सम्पन्न | स्वर्गीय डा. भरत लामिछानेको पुण्यस्मृतिमा बालगृहका असहायलाई भोजन र खाद्यान्न सहयोग | बेथानचोकमा बाढीपहिरो प्रभावित सात परिवारलाई रेडक्रसद्वारा राहत वितरण | यूएई पुगेका काभ्रेका लक्ष्मण घिमिरे सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल | खानीखोला विकासको नयाँ बहस र २० उद्योगको परिकल्पना | ‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न |

समाज
स्वर्गीय डा. भरत लामिछानेको पुण्यस्मृतिमा बालगृहका असहायलाई भोजन र खाद्यान्न सहयोग

Thearaniko Times 1408+ समाचार ( )
२२ कार्तिक २०८३, शनिबार

पाँचखाल । स्वर्गीय डा. भरत लामिछानेको छैटौँ महिनाको पुण्यतिथिको अवसरमा उहाँको परिवारले सामाजिक सेवामार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

पुण्यतिथिका अवसरमा श्रीमती भवानी लामिछानेसहित परिवारका सदस्यहरूको उपस्थितिमा काभ्रेपलाञ्चोकको पाँचखालस्थित नेपाल बाल संगठनअन्तर्गत सञ्चालित समाजकल्याण बालगृहमा रहेका असहाय, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई भोजन गराइएको छ। साथै, बालगृहका लागि आवश्यक खाद्यान्नसमेत सहयोग गरिएको छ।

स्वर्गीय पतिको सम्झनालाई सामाजिक सेवासँग जोड्दै असहाय तथा सहाराविहीन व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको परिवारले जनाएको छ।

व्यक्तिगत शोक र पीडालाई मानवीय सेवामा रूपान्तरण गर्दै गरिएको यस कार्यले समाजमा सहयोग, सद्भाव र मानवीय संवेदनाको सकारात्मक सन्देश दिएको छ। पुण्यतिथिका अवसरमा गरिने यस्ता सेवामूलक कार्यले दिवंगत व्यक्तिको सम्झनालाई जीवन्त राख्नुका साथै समाजमा परोपकार र सेवाभावको संस्कार विकास गर्नसमेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै