मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |
मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

कृषि बिकास कार्यालय र पशु सेवा कार्यालयले गर्यो वार्षिक समिक्षा तथा सार्वजनिकरण
कृषि बिकास कार्यालय र पशु सेवा कार्यालयले गर्यो वार्षिक समिक्षा तथा सार्वजनिकरण

Thearaniko Times 1375+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

धुलिखेल/जिल्ला कृषि विकास कार्यालय काभ्रे तथा जिल्ला पशु सेवा कार्यालय काभ्रेले आर्थिक वर्ष ०८०/०८१ मा गरिएका कार्यक्रमहरुको वार्षिक समीक्षा तथा ०८१/०८२ को वार्षिक योजनाहरु सार्वजनिकरण गरेको छ ।

जिल्ला सम्मन्वय समितिका प्रमुख दिपक कुमार गौतमको अध्यक्षतामा कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका मन्त्री प्रकाश श्रेष्ठकाे प्रमुख अतिथ्यतामा जिल्ला सम्मन्वय समितीको सभाहलमा कृषि विकास कार्यालय र पशु सेवा कार्यालयबाट संयुक्त रुपमा कार्यक्रम आयोजना भएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री श्रेष्ठले राज्यले कृषकहरुलाई लक्षित गरेर ल्याएका अनुदान, बजेट तथा कार्यक्रमहरुको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने समेत बताउनुभयो । उहाँले स्थानीय तहको कार्यक्रम संचालन गर्दा वास्तविक किसानको पहिचान गरी सुसम्बन्ध कायम गर्न अनुरोध गर्नुभयो । संविधानमा भएका साझा अधिकारका केही बिषयमा केही समस्या भएको भन्दै उनले स्थानीय तहसंग समन्वय गरेर कृषिका नीति, कार्यक्रम र बजेट ल्याउने प्रतिवद्धता जनाए ।

१० करोड माथिका बहुबर्षीय योजना सञ्चालन गर्न लागिएको भन्दै त्यसका लागि प्रस्ताव पेश गर्न स्थानीय तहलाई अनुरोध गरे । रैथाने बालीको संरक्षण र प्रवद्र्धनको लागि सरकारले कार्यक्रम ल्याउन लागेको भन्दै उनले विषादी खपत कम गर्नुपर्ने बताए ।


मन्त्री श्रेष्ठले स्थानीय सरकारसँग मिलेर काम गर्ने बताउँदै वडा तथा पालिकामा पशुपालन र कृषि उत्पादनको कुनै एकको पकेट क्षेत्रको विकास गरी उत्पादनमा जोड दिन अनुरोध गर्नुभयो। भौगोलिक विशिष्टताको आधारमा कनै वडामा पशुपालन हुनसक्छ कुनै वडामा कृषि उत्पादन हुनसक्छ, विशेष पकेट क्षेत्रको घोषणा गरी काम गर्न प्रदेश सरकारले लगानी गर्न तयार रहेकोमा मन्त्री श्रेष्ठले जोड दिनुभयो। उहाँले कृषि अनुदान दुरुपयोग रोक्नको लागि स्थानीय तहका उपप्रमुख र वडाअध्यक्षलाई अनुगमनको अधिकार दिने गरी कार्यविधी संशोधन गर्न लागिएको जानकारी दिए । प्रदेश सरकारले सबै स्थानीय तहमा हाटबजार सञ्चालन गर्ने नीति लिएको उनले जानकारी दिए ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले कृषिबाट मात्रै समृद्धी सम्भव छैन भन्ने बहस हुन थालेको भन्दै कृषिका नीति, कार्यक्रम र बजेट पुनर्विचार गर्नुपर्ने बताए । जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले भुगोल सुहाउँदो योजना बनाउनुपर्ने तर्क गरे ।

बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले पशुमा रोगको प्रकोप बढेको भन्दै कृषकको हितको लागि निःशुल्क पशु विमा गरेको जानकारी दिए ।भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले प्रदेश  सरकार अन्तर्गतका जिल्ला कृषि कार्यालय, पशु विकास कार्यालयले अनुदान वितरणमा हैन अनुसन्धानको क्षेत्रमा अध्ययन, अनुसन्धान, तालिम, अनुगमन गर्नुपर्ने भन्दै अनुदान वितरणको जिम्मा स्थानीय तहलाई दिनुपर्ने बताए ।

पनौती नगरपालिका उपप्रमुख गिता वञ्जारा र पाँचखाल नगर उपप्रमुख सुर्यमाया दनुवारले विषादी पसलहरुको अनुगमन गर्दा स्थानीय तहसंग समन्वय नगरेको भन्दै गुनासो गरे ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले आफनो कार्यक्रम र बजेट सार्वजनिक गरेर कार्यालयले सुशासन र पारदर्शीतामा जोड दिएको बताए । बेथानचोक वडा नं २ का कृषक गोपालप्रसाद तिमल्सिनाले रैथाने बाली संरक्षणको लागि विज्ञापन र गफ बढी भएपनि कार्यक्रम र बजेट नभएको बताए । पनौती वडा नं ३ मा आलु विउ उत्पादन गरिरहेका कृषक राजेन्द्र थापाले विउ उत्पादनको लागि अत्यावश्यक एमोनियम नाइट्रेट भित्राउन सरकारले रोक लगाएको भन्दै त्यसको लागि निश्चित कोटा तोकिनुपर्ने बताए । मण्डनदेउपुर वडा नं ७ का कृषक गोविन्दप्रसाद नेपालले गोठ सुधार कार्यक्रमका कारण रसायनिक मलको प्रयोग नै नगरेका दाबी गर्दै पक्की गोठको लागि संरचनाका लागि अनुदान दिनुपर्ने बताए ।


कृषि विकास कार्यालय धुलिखेलले जिल्लामा वितरण गरिएको अनुदान स्थानीय निकायसँग दोहोरो नपरोस् भन्नका लागी सुविधा लिएकाहरुको नामावली अनलाइन मार्फत प्रकाशन गर्ने जनाएको छ । कार्यक्रममा वास्तविक कृषकहरुबाट राज्यको सुबिधा प्राप्त गरोस् भन्नका लागि यो योजना अगाडि ल्याउन लागेको कृषि विकास कार्यालय धुलिखेलका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिनुभयो ।

 उहाँले स्थानीय स्तरमा समन्वय गर्ने प्रयास भइरहेको भएता पनि यसमा पुर्ण रुपमा सफलता भइ नसकेको बताउनु हुँदै कृषि विकास कार्यालयले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार काम गरिरहेको र सोही अनुसार गर्ने बताउनुभयो । 

पशु विकास कार्यालय काभ्रेपलान्चोकका प्रमुख डा. निशान्त शर्मा गेलालले विशेष गरेर पशु बिमाहरुलाई प्राथमिकतामा राखेको बताउनुभयो । पछिल्लो समय पशुहरुमा लम्पि स्किन जस्ता विभिन्न रोगहरु फैलिएको हुँदा कृषकका लागि बिमा कार्यक्रम संचालन गरेको समेत बताउनुभयो । 

कार्यक्रमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सरकारी तथा सहकारीका प्रतिनिधि, कार्यालयका प्रमुख, पत्रकार, स्थानीय तहका कृषि र पशु सेवा शाखाका प्राविधिक लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार