मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

शिक्षा
एसईई नतिजा कहिले आउँछ?

Thearaniko Times 1394+ समाचार ( )
२९ जेठ २०८२, बुधवार

माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्पन्न भएको दुई महिनाभन्दा बढी भइसकेको छ। करिब पाँच लाख विद्यार्थीले एसईई परीक्षा दिएका थिए। सामान्यतया, विगतका वर्षहरूमा एसईईको नतिजा जेठको अन्त्य वा असारको पहिलो हप्ताभित्रै प्रकाशित हुने गरेको थियो। तर, यस वर्ष भने नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ।

२०७८ सालको एसईई परीक्षा चैत ७ गतेदेखि सुरु भएर १४ गतेसम्म सञ्चालन भएको थियो। प्राविधिक धारतर्फको परीक्षा भने चैत १९ गते सम्पन्न भएको थियो। तर, उत्तरपुस्तिका परीक्षणको समयमा शिक्षकहरू शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएपछि काम रोकिएको थियो। आन्दोलनको अगुवाइ गरिरहेको राष्ट्रिय शिक्षक महासंघले सार्वजनिक अपिल गर्दै शिक्षकहरूलाई एसईई परीक्षणमा सहभागी नहुन आग्रह गरेपछि परीक्षण कार्य ठप्प भएको थियो।

२९ दिनपछि मात्र सुरु भयो परीक्षण

शिक्षक आन्दोलन २९ दिनसम्म चलेपछि सरकारसँग ९ बुँदे सहमति भएपश्चात् मात्र आन्दोलन रोकिएको थियो। त्यसपछि विद्यालयहरू खुलेसँगै एसईई उत्तरपुस्तिका परीक्षण कार्य पुनः सुरु गरिएको हो।

परीक्षा बोर्ड भन्छ – अहिले नै समय तोक्न सकिन्न

राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका निदेशक तारानाथ निरौलाका अनुसार उत्तरपुस्तिका परीक्षण केन्द्रहरूबाट केन्द्रमा आउने क्रम अझै जारी छ। उनले भने, “सबै परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका आइसकेको छैन। परीक्षण सम्पन्न भएर उत्तरपुस्तिका पूर्ण रूपमा केन्द्रीय कार्यालयमा आएपछि मात्र नतिजा प्रकाशनको मिति तोकिन्छ।”

उनका अनुसार यस वर्ष मनसुन सुरु भइसकेको कारण केही दुर्गम क्षेत्रबाट उत्तरपुस्तिका काठमाडौं ल्याउन समेत ढिलाइ भएको छ। “नवलपरासीबाट मात्र यहाँसम्म ल्याउन चार दिन लाग्यो,” उनले उदाहरण दिँदै भने, “त्यसैले पनि अहिले नै नतिजा कहिले आउँछ भनेर यकिन भन्न सकिने अवस्था छैन।”

१५ हजार विद्यार्थी परीक्षा दिन सकेनन्

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष देशभर ११ हजार २१६ विद्यालयका ५ लाख १४ हजार ७१ विद्यार्थीले फाराम भरेका थिए। तर तीमध्ये करिब १५ हजार विद्यार्थी विभिन्न कारणले परीक्षा दिनबाट चुकेका छन्। यस वर्ष देशभर २ हजार ७९ वटा परीक्षा केन्द्र र जापानमा १ परीक्षा केन्द्र कायम गरिएको थियो।

एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको थियो। पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत वेदविज्ञान विषय, र मदरसात तर्फ अनिवार्य अरबी भाषाको परीक्षा भएको थियो।

नतिजा कहिले आउँछ?

परीक्षा बोर्डले अहिले पनि यथासक्य चाँडो नतिजा प्रकाशित गर्ने प्रयास गरिरहेको जनाएको छ। तर परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका आइपुग्न ढिलाइ भइरहेकाले असार दोस्रो वा तेस्रो हप्तासम्म मात्र नतिजा आउन सक्ने सम्भावना देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार