मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

नेपालमा अब कोरोना संक्रमण घट्दै

Thearaniko Times 1401+ समाचार ( )
१४ माघ २०७८, शुक्रबार

 विज्ञ भन्छन्– संक्रमणदर ओरालो लाग्दै छ, आगामी सातादेखि घट्छ, मृतकको संख्या बढ्न सक्छ 

काठमाडौं । नेपालमा गएको २४ घण्टामा ६ हजार ८२७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ८६९ जनाको नमूना परीक्षण गर्दा ६ हजार ८२७ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार, काठमाडौंमा २१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८९ हजार ९ सय ४१ पुगेको छ ।

माघ महिनाको पहिलो सातायता नेपालमा कोभिड–१९ संक्रमण उच्च रह्यो । दोस्रो साता आइपुग्दा यो संख्या स्थिर छ । माघको दोस्रो साता नेपालमा कोभिड–१९ संक्रमण उच्च भएर क्रमशः घट्दै जाने सरकारको आंकलन थियो । गत साताको तुलनामा पछिल्ला दिनहरुमा दैनिक संक्रमणदर बढेको देखिँदैन ।

नेपालमा पछिल्लो साता देखिएको कोभिड–१९ को संक्रमणलाई तेस्रो लहरको उच्च बिन्दुको रुपमा विज्ञहरुले व्याख्या गरेका छन् । अहिलेको लहरमा नै संक्रमितको संख्या यो भन्दा उच्च हुने सम्भावना नरहेको उनीहरुको आंकलन छ । “यो साता नेपालमा कोभिड संक्रमण उच्च बिन्दुमा पुग्यो अब क्रमशः ओरालो लाग्दै जान्छ । आगामी सातादेखि संक्रमण ओरालो लाग्दै जान्छ । जोखिमयुक्त क्षेत्रमा संक्रमितको संख्या केही बढ्नसक्छ ।

अस्पतालमा कोभिड संक्रमितको चाप कम हुँदै जानु, समुदायमा अधिकांशमा संक्रमण भइसक्नु र अधिकांश संक्रमित होम आइसोलेसनमा नै रहेर निको हुनुले नेपालमा यो लहरमा अब कोभिड–१९ को संक्रमण उच्च हुने सम्भावना कम रहेको विज्ञहरुको दाबी छ । 

प्रतिक्रिया

गणेश तिमल्सिना ८ अशोज २०८०, सोमबार

सर भिम ओलि पहिला काठमाडौंको तार्केस्वोर न पा मा राम्रो गरेर सरेर थानकोट हुँदै बारा जानुभएको हो वाहा लाई जनताले अझै भुलेका छैनन हामी आसा गर्छौ वाहाले त्याहा पनि सफल रहेर कार्य गर्नुहुनेछ त्याहाको पालिका लगाएतले सहयोग गरि वाहा जस्तो इमान्दार पुलिस कर्मी लाई सबैले कुसल प्रसासन चलाउन सहयोग गर्नुहुनेछ तपाइको कार्यकाल सुखद रहोस सर यहि कामना छ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार