गणेश आचार्य /पनौती
काभ्रेको पनौती नगरपालिका वडा ३ तल्लो फापरचौर कि ७० वर्षकि वृद्दा माइली तामाङको आज चुहिएको छानो फेरिएको छ।
साउने झरिमा रुझ्दै दिन रात काटिरहेकी बृद्द अबश्थाकि एकल महिला आम्मैको पीडादायी अवस्थालाई देखेर पनौती न.पा.- ३ का वडा सदस्य गणेश घिमिरेको संयोजकत्वमा केही आर्थिक रकम संकलन गरी तत्कालको लागि राहत स्वरूप जस्ता पाता लगायतका सामाग्री जुटाइ उनको टहरो पुनर्निर्माण गरिएको हो।
युवा व्यावसायिक रविन्द्रलाल श्रेष्ठ लगायत अन्य स्थानीय बासिन्दाहरुको सहयोग साथै युवा संघ नेपाल पनौती-३ नम्बर कमिटीको उपस्थितिमा पानी चुहिएको छाना फेर्दै मर्मत गरेर टहरो पुनर्निर्माण गरिएको युवा संघ पनौती-३ का अध्यक्ष राजेश घिमिरेले जानकारी दिए।
वर्षाले गर्दा निकै समयदेखि कष्टकर दैनिकी बिताउँदै आएकि माइली आम्मैले आफ्नो चुहिने छाना फेरिंदा र ओत लाग्ने बास पुनः निर्माण हुँदा हर्षले आँशु खसाल्दै सहयोग गर्ने सबैलाई आशिर्वादसँग धन्यवाद व्यक्त गरेकी छिन्।