मुख्य समाचार
इसा मेमोरियल स्कुलको २०औँ वार्षिकोत्सव भव्य, ६८ विद्यार्थी दीक्षित | अधिवक्ता सोमान सिंह तामाङ पक्राउ, बार एशोसिएशन र कानून व्यवसायीको गम्भीर ध्यानाकर्षण | इड्राइभ नेपाल र फच्र्यून ब्रिजद्वारा राइडरलाई सडक सुरक्षा अभिमुखिकरण - याङ्गोले १०० राइडरलाई सुरक्षात्मक सामग्री प्रदान | बागमतीको कृषिमा संरचनागत रूपान्तरण: वसुन्धरा हुमागाईको कार्ययोजना | भूमेस्थान प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | चौरीदेउराली–३ माझीफेदामा नेकपाको वडा कार्यालय उद्घाटन, ९९ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन | पातली माया लामाको निधन : रोशी–३ ले गुमायो सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व | कमरेड बिदुर सापकोटा अब सम्झनामा मात्र | तीन शिक्षक संगठनबीच एकता घोषणा, ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन | महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न |
मुख्य समाचार
इसा मेमोरियल स्कुलको २०औँ वार्षिकोत्सव भव्य, ६८ विद्यार्थी दीक्षित | अधिवक्ता सोमान सिंह तामाङ पक्राउ, बार एशोसिएशन र कानून व्यवसायीको गम्भीर ध्यानाकर्षण | इड्राइभ नेपाल र फच्र्यून ब्रिजद्वारा राइडरलाई सडक सुरक्षा अभिमुखिकरण - याङ्गोले १०० राइडरलाई सुरक्षात्मक सामग्री प्रदान | बागमतीको कृषिमा संरचनागत रूपान्तरण: वसुन्धरा हुमागाईको कार्ययोजना | भूमेस्थान प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | चौरीदेउराली–३ माझीफेदामा नेकपाको वडा कार्यालय उद्घाटन, ९९ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन | पातली माया लामाको निधन : रोशी–३ ले गुमायो सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व | कमरेड बिदुर सापकोटा अब सम्झनामा मात्र | तीन शिक्षक संगठनबीच एकता घोषणा, ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन | महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न |

नेपालमा एकिकृत जनक्रान्तीको माध्यमबाट समाजवाद ल्याउनु जरुरी छ
नेपालमा एकिकृत जनक्रान्तीको माध्यमबाट समाजवाद ल्याउनु जरुरी छ

Thearaniko Times 1345+ समाचार ( )
२२ पौष २०८१, सोमबार

-दीपक जंगम,अधिवक्ता

नेपाल सदियौंदेखि सामन्ती दलाल विदेशी हस्तक्षेप र नेपालका अवसरवादी पार्टीको तर्फबाट बनेका सरकारका कारण ग्रस्त अस्तव्यस्त र धरासायी अवस्थामा पुगेको छ । नेपालमा श्रमजिवी जनताको रगत तथा पसिनाबाट ऐश आराम गर्न पल्केका र धनी व्यक्ति बन्न पल्केका सामन्तीका कारण नेपाली जनताहरु थिचिदै मिचिदै गएका छन् । यो अवस्थाबाट आजको २१ औं शताब्दीको अन्ततिर आइपुग्दा पनि नेपालको रुप नक्सा र भूमिमा चमकता आउन नसक्ने भनेको गद्दार शासक शोषक पूंजीपति वर्गको कारण नै हो । नेपालमा तीन करोडको हाराहारीमा बसोबास गर्ने नेपाली जनताको दर्दनाक अवस्था बनाउन हिजो राणा, राजाहरु, पंचायती भूतप्रेत लगायत विदेशी हस्तक्षेपका कारण हाम्रा बहुमुल्य नदीनाला, जडिबुटी, सिमानाबाट हामी बंचित बन्नु परेको अवस्थाबाट गुज्रिरहेका छौं । देशमा व्यवस्था फेरिने शासक फेरिने तर जनताको अवस्था झन् कहाली लाग्दो झन् दु ःख लाग्दो र अझै उँधो लाग्ने भएर आउनुको मुख्य दोष हाम्रा शासक तथा राजनीतिक दल र तिनीहरुबाट बनेको अपवित्र सरकारको कारणले नै हो । हामीले जनताको जन ीविका समाजवादी अर्थ व्यवस्थाबाट आमुल परिवर्तन गर्छौ भनेर जनतालाई प्रत्येक पाँच÷पाँच वर्षमा ढाँटेर भोट माग्दै चुनाव जित्दै आएर जनताको अवस्थालाई परिवर्तित व्यवस्थाले प्रफुलित बनाउनु पर्नेमा आज यो अवस्था देख्नुपर्दा कुन चाँही देश भक्त श्रमजिवी जनताको मन रुदैन होला ? मस्तिष्क पोल्दैन होला  त ?

आज देशको आवश्यकता यो हो कीे नेपाली जनताको भित्री इच्छा हो । प्रत्येक ठाउँमा समाजवादको कुरा सुन्नमा आइरहन्छ । समाजवादले समाजमा बस्ने गरीखाने श्रमजीवि वर्गको प्रतिनिधित्व गर्न सक्ने खालको विचारबाट अझै विकसित बन्दै एकिकृत जनक्रान्तीको कार्यदिशाबाट मात्र वास्तविक समाजवाद ल्याउनुपर्ने टड्कारो आवश्यकता महशुुस भइरहेको बेला जनक्रान्तीको कार्यदिशालाई सफल पार्न कार्यनीति तथा रणनीतिबाट मात्र वास्तविक समाजवाद ल्याउने दिशामा पार्टीहरु लाग्नुपर्ने ज्वलन्त आवश्यकता हो तर किन समाजवाद ल्याउने कुरा वा आउने कुरासँग यथास्थितिवादी प्रतिगामी खेमाका कित्ताहरु विचलन ल्याउन खोज्दैछन् ? नेपालमा जनयुद्धको माध्यमबाट संविधानमा समेत प्रस्तावनामा समाजवाद उन्मुख राज्यव्यवस्था लेख्न सफल हामी सबै राजनैतिक दल तथा तीनका नेताहरुले के कति कुरा गरेका छन् त ? त्यसको कुनै जवाफ छन् पार्टीको सरकार र सरकार सञ्चालन गर्ने राज्यका अभिभावकसँग ।

नेपालमा २००७ सालदेखि काँग्रेसले समाजवादको नारा ल्याउँदा पनि कार्यालयमा झुण्डाइएको छाप्रो, गाई, गोठ, किसान, हलिको फोटोबाट समाजवाद भन्न आज सम्म थाकेको छैन । पटक– पटक सरकारमा जाने बहुमतको प्रधानमन्त्री बन्ने, जनतालाई ढाँट्ने कला काँग्रेसले छोडेको छैन । समाजवाद भन्न अलिकति पनि लाज नमान्ने कांग्रेसका कारण देशको अवस्था कस्तो भयो ? इमान्दार कार्यकर्तासँग जवाफ छ ?कांग्रेसका नेता, सरकारलाई समाजवाद आएको छ, आर्थिक अवस्था दिनमा दुइ गुणा रातमा चौगुणा भएको छ । तर तीनै पार्टीलाई भोट हाल्ने मुर्ख मतदाताको अवस्था कस्तो छ ? त्यसको चेत कहिल्यै भएन हामी हरामी मतदातामा । आज राष्ट्रिय उद्योग केही छैन । विभिन्न नदीनाला, सिमाना विदेशीलाई सम्पेर राम्रै समाजवाद ल्याएको छ कांग्रेस पार्टीले भने कम्युनिष्टको खोल ओडेर एमाले पार्टीले त माओवादी विचारधारा र जनताको बहुदलीय जनवादी केन्द्रियता लगायत मदन भण्डारी र मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ समेतका सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर पार्टीले नेपाली विशेषताको समाजवाद ःल्याउने कुनै संकल्प गरेन बरु राष्ट्रको पक्षमा बोल्ने हिम्मत भएका बिन्दा पाण्डे, उषा किरण र डा. भिम रावल जस्ता व्यक्तिले विचार राख्दा कारवाही भोग्नुपर्ने यो कस्तो कम्यूनिष्ट शासन ल्याउन खोज्दैछ पार्टीले ? पार्टीमा नेतृत्व गर्ने व्यक्ति अरुको कुरा सुन्न चाहदैन र सुन्न सक्ने हैसियत राख्दैन भने त्यसले जनवादी केन्द्रियता मान्न सक्तैन र त्यो सम्भव पनि छैन । नेतृत्वबाट आज एमाले त्यही रोगबाट ग्रसित छ र कार्यकर्ता तमासा हेरेर नेपालको भविष्य बारे मौन छन् ।

जुन पार्टीले वर्ग संघर्षको माध्यमबाट जन संघर्षका कार्यभारहरु उठाउने प्रयास गर्दैन वास्तवमा त्यस्तो कम्यूनिष्ट पार्टीबाट देश माथि उठ्न सक्तैन । हाम्रा लिपुलेक, कालापानी, लिम्पीया धुरा, भारतीय अतिक्रमणबाट मिचिएका सिमालाई किन सरकार बोल्न खोज्दैन ? एम.सि.सी. बारे किन बोल्दैन ? किन विदेशी अमेरिकी सेना नेपालमा आउँदा चुप किन लाग्छौं ? देशको अखण्डता, सार्वभौम सम्पन्न जनतालाई रक्षा गर्न किन यहाँका देशभक्त शक्ति मिल्न खोज्दैनौं ? किन सम्राज्यवादीका थिचोमिचो सहेर बस्न खोज्दैछौं ? मुखले मात्र समाजवाद आउनेवाला छैन समाजवादको मोडेलमा देशलाई लैजाने हो भने सम्पूर्ण कम्युनिष्ट शक्ति, कम्युनिष्ट मतदाता, कम्युनिष्ट पार्टीको मोर्चाबाट निर्माण भएको शक्तिले विदेशी हस्तक्षेप तथा थिचोमिचो लाई परास्त गर्न सकिन्छ । अब नेपालमा बस्नुपर्दछ, नेपालमा नै उद्योग, कलकारखाना, कृषि, पशुपालन, जडिबुटी, जलविद्युत विकास, सडक निर्माण, यातायातको पूर्वाधार निर्माण गरेर कम्युनिष्ट तथा समाजवादी धारको मिलन विन्दुबाट ठुलो परिवर्तन ल्याउन सकिन्छ ।

पार्टीको नीति, विचार, कार्यनीति, कार्यक्रम, सिद्धान्त स्पष्ट गरेर नेपाल विशेषताको समाजवाद ल्याउनको लागि अब हामी आफ्नै भूमीमा उत्पादनको क्षेत्रमा लाग्ने वातावरण हामी आफैले बनाउनुपर्दछ । देशमा वामपन्थी, गणतन्त्रवादी शक्ति, प्रजातन्त्रवादी शक्ति, देशभक्तहरुको कार्यगत एकता तथा धुव्रीकरणको माध्यमबाट देशको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउनको लागि स्वदेशमा नै रोजगारी दिन सक्ने अवस्थाको समाजवाद आवश्यक छ । जसको लागि विदेशी छिमेकी मुलुकसँग सहकार्य गर्दै देशलाई आफ्नै ढंगबाट रोजगारको थलो बनाउन सक्ने धेरै नै राम्रो प्राकृतिक स्रोत साधनले हामीलाई सधै साथ दिएकोेछ । देशमा दलाल, पूंजीवादी अर्थव्यवस्थाले गर्दा गरि खाने वर्गले आफ्नो जीविका चलाउन नसक्ने अवस्थाको सिर्जना भएको छ । वर्तमान सत्तामा जनयुद्धमा बलिदान गरेका असंखय नेपाली श्रमीकहरुले आधारभूत आवश्यकता पुरा गर्ने क्षमता छैन किनकी यो सत्ताका मालिकहरुलाई विदेशी तथा स्वदेशी दलाल पूंजीपती वर्गहरुले आफ्नो मुठ्ठी भित्र कैद गरी राखेका छन् । आज देशमा जे जति  समस्या र संकट अभाव, छटपटीको सृर्जना गरिएको छ त्यो नै दलाल पूंजीपति वर्गको कारणले गर्दा भएको हो ।

नेपाली विशेषताको समाजवादले नेपाली जनताको अग्रगामी राज्यप्रणाली, मजदुर, किसान, श्रमिक, बुद्धिजिवी, गरिखाने वर्गको प्रतिनिधित्व गर्नुपर्दछ भने नेपालका कम्युनिष्ट देशभक्त लोकतन्त्रवादी, देशभक्तको अभिभावकत्व ग्रहण गर्दै दलाल पूंजीपति वर्गलाई परास्त गरेर देशको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तन ल्याउनु पर्दछ ।

नेपालमा परिवर्तन जरुरी छ तर जन संघर्ष र वर्ग संघर्षको माध्यमबाट हरेक नेपालीलाई नेपाली विशेषताको समाजवाद ल्याउन एकिकृत जनक्रान्तीको कार्यदिशालाई समातेर यो देशमा किसान, मजदुर, युवा, महिला, विद्यार्थी लगायत देशलाई माया गर्ने नेपाली आमा सन्तानहरुलाई साम्राज्यवादीको चंगुलबाट मुक्त गराउनको लागि नयाँ आयामको रुपमा नेपाल कम्युनिष्ट पार्टीले उत्पादन गरेका उद्योग, शिक्षा, स्वास्थ्य लगायत धेरै कुराहरुमा ध्यान दिदै गएको वर्तमान परिपेक्ष्यमा अब सम्पूर्ण जनताको ध्यान लाग्नु अत्यन्त जरुरी भइसकेको छ । हामी नेपाली जनताले कुनै पार्टी विशेषको सदस्यता लिदैमा देश बेचेको टुलुटुलु हेरेर बस्न मिल्दैन र हुँदैन पनि । हिजो पुर्खाको पालामा देश र जनताको लागि अंग्रेजसँग लडेका हाम्रा पुर्खाको इतिहास बुझ्नु अत्यन्त जरुरी छ । देश रहे हामी रहने हो देश रहेन भने हामी  नेपाली रहने छैनौं । हाम्रो देशमा सुन फलाउन सक्ने तागत क्षमता हामी सँगै छ । रोजगार हामी नै सृर्जना गर्न सक्छौं । अब धेरै पिल्सने होइन हामी जनताले मुठ्ठी कसेर नेपाली विशेषताको समाजवाद ल्याउन सक्ने पार्टीले मात्र देश उँभो लगाउन सक्छ भन्ने सत्यता बिर्सनु हुँदैन । हाम्रो भाषा, शिक्षा, स्वास्थ्य, सूचना तथा सञ्चार, सुरक्षा, वाक स्वतन्त्रता, उर्जा विकास, मानव अधिकार, वातावरण, यातायतामा कोही कसैबाट शोषित पिडित नबन्ने बनाउन नदिने उच्च विचार भएको नेपाली घर घरमा अब आर्थिक परिवर्तन ल्याउन र मेरो राज्य मसँग छ भन्ने कुरामा सबै नेपालमा बसोबास गर्ने नेपालीको लागि नेपाली विशेषताको समाजवाद ल्याउन एकिकृत जनक्रान्तीको अपरीहार्य आवश्यकता आजको माग हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार