मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

राजनीति
नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिका समितिको सम्पर्क अभियान अन्तर्गत बनेपामा सभा सम्पन्न

Thearaniko Times 1394+ समाचार ( )
३२ श्रावण २०८२, शनिबार

बनेपा । नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिका समितिको निर्णयअनुसार सञ्चालन गरिएको ३ महिने सम्पर्क अभियान अन्तर्गत वडा नं ७ को शहरी क्षेत्रमा बसोबास गर्दै आएका सर्वसाधारणसँगको भेला बनेपामा सम्पन्न भएको छ ।

भेलामा पार्टीका बागमती प्रदेश सचिव एवं खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ “छिन्ताङ” प्रमुख अतिथि रहनुभएको थियो । उहाँले कार्यक्रममा बोल्दै माओवादी केन्द्रले अगाडि सारेका परिवर्तनका एजेन्डालाई जनस्तरसम्म पुर्‍याउन सम्पर्क अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि थिङले जनताको सक्रिय सहभागितामै नयाँ नेपाल निर्माणको आधार रहेको भन्दै सबैलाई संगठनसँग आबद्ध भई समाज रूपान्तरणको अभियानमा सक्रिय हुन आह्वान गर्नुभयो । उहाँले खानीखोला लगायत सम्पूर्ण गाउँपालिकामा विकास, शिक्षा, स्वास्थ्य र समृद्धिका मुद्दामा पार्टीले निरन्तर संघर्ष गरिरहेको बताउनुभयो ।

सभाको अध्यक्षता बिर बहादुर घिसिङले गर्नुभयो भने स्वागत मन्तव्य देबराज सोरालीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन घनश्याम मोक्तानले गर्नुभएको थियो ।

भेलामा प्रमुख इन्द्र बहादुर थिङसँगै जिल्ला संयोजक भोला अर्याल, दैबलाल घिसिङ, दल मान थोकर, मिना पाख्रिन, सुन्तली थिङ, खड्ग बहादुर जिम्बा, राजन अधिकारी र बुद्धि बहादुर स्याङ्तानले पनि सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार