मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

काभ्रे जिल्ला बारको निर्वाचन
काभ्रे जिल्ला बारको निर्वाचनमा सचिव उम्मेदवार विरुद्ध दावि बिरोध उजुरी

Thearaniko Times 1401+ समाचार ( )
२ कार्तिक २०८१, शुक्रबार

धुलिखेल/जिल्लाका कानुन ब्यवसायीहरुको संगठन काभ्रे जिल्ला बार इकाईको कार्तिक ३ गते हुने निर्वाचनमा अधिवक्ता हरिशरण दाहाल नेतृत्वको प्यानलका सचिव पदका उम्मेदवार नारायणध्वज तामाङको बिरुद्ध दाबि बिरोध उजुरी परेको छ। 

तामाङका प्रतिद्वन्द्वी प्राणनाथ न्यौपानेले सचिव पदका उम्मेदवार तामाङको दोहोरो सदस्यता कायम भएको भनी उजुरी हालेकाे निर्बाचन समितिका संयोजक कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुुसार सचिवका उम्मेदवार तामाङको काभ्रे बार इकाइ र ललितपुर बार इकाइ दुवै जिल्लामा सदस्यता कायम भएकोले कानुनतः तामाङको उम्मेदवारी खारेज गरि पाउँ भनी दाबी विरोध दर्ता भएको छ । दाबी विरोध परेपछि छानबिनको प्रक्रियामा रहेको जानकारी निर्बाचन समितिका संयोजक सापकोटाले दिनुभयो 

यसअघि काभ्रे बारका कोषाध्यक्ष रहेका सचिव पदका उम्मेदवार तामाङको काभ्रे बारमा २०८०/०८१ मा नबिकरणको क्रम संख्या ४३ रहेको छ भने ललितपुर बारमा नवीकरण क्रम संख्या २८० रहेको छ। १०१९६ लाइसेन्स नं. रहेका तामाङको बारको बिधानको दफा ५०/१ विपरित दोहोरो सदस्यता कायम भएकोले कानुन विपरीत भएको ठहर गर्दै उम्मेदवार खारेजीको माग गरेको जानकारी सचिवका उम्मेदवार प्राणनाथ न्यौपानेले दिनुभयो। न्यौपानेले आफ्ना प्रतिद्वन्द्वी तामाङप्रति व्यक्तिगत रुपमा कुनै पुर्वाग्रह नरहेको बताउँदै बहालवाला कोषाध्यक्षले दुइतिर सदस्यता नविकरण गर्ने कुरा नैतिकताको प्रश्न उठेको जिकिर गर्नुभयो।

एकीकृत समाजवादी निकट न्यौपानेले जयराम थापा प्यानलबाट सचिव पदमा उम्मदवारी दिनुभएको छ भने माओवादी केन्द्र निकट तामाङ हरिशरण दाहालको प्यानलबाट सचिव पदमा उम्मदवारी दिनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार