मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

व्यवसाय
इड्राइभ नेपाल र फच्र्यून ब्रिजद्वारा राइडरलाई सडक सुरक्षा अभिमुखिकरण - याङ्गोले १०० राइडरलाई सुरक्षात्मक सामग्री प्रदान

Thearaniko Times 1394+ समाचार ( )
१३ फाल्गुन २०८२, बुधवार

काठमाडौँ । इड्राइभ नेपाल र फच्र्यून ब्रिजले स्कुटर राइडरहरुलाई लक्षित गर्दै सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेका छन्। मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा १०० जना राइडर सहभागी भएका थिए।

कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए भने इड्राइभ नेपालका अध्यक्ष राजेश मास्केको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा राइडरहरूले अपनाउनुपर्ने सुरक्षा सतर्कता, ट्राफिक नियमको पालना तथा दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराइएको थियो।

प्रमुख अतिथि अधिकारीले दुई पाङ्ग्रे सवारी साधनको तीव्र गति, लापरबाही र मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्तिका कारण उपत्यकामा दुर्घटना बढिरहेको उल्लेख गर्दै राइडरहरूलाई जिम्मेवार र सचेत हुन आग्रह गरे। उनले “आफूबाट दुर्घटना हुँदैन” भन्ने सोचभन्दा बाहिर निस्केर सम्भावित जोखिमप्रति सतर्क रहनुपर्ने बताए। साथै महिला यात्रुप्रति सम्मानजनक व्यवहार गर्न र अनावश्यक प्रश्न वा भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने कार्य नगर्न पनि उनले सचेत गराए। ट्राफिक नियमको पूर्ण पालना गर्न उनले सबैलाई अनुरोध गरे।

दुर्घटना न्यूनीकरणका लागि चालकसँगै यात्रुलाई पनि हेल्मेट प्रयोग अनिवार्य गराउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा इड्राइभ नेपालका अध्यक्ष मास्केले कम्पनीअन्तर्गत कार्यरत राइडरका लागि दुईवटा हेल्मेटको व्यवस्था गरिएको जानकारी दिए। ग्राहकको सुरक्षालाई समेत प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले यात्रुलाई पनि हेल्मेट लगाउने व्यवस्था सुनिश्चित गरिने बताए।

उनका अनुसार कम्पनीले राइडरलाई उपलब्ध गराएका स्कुटरको लागत रकम असुल भएपछि ती सवारी साधन राइडरकै स्वामित्वमा हस्तान्तरण गरिने योजना रहेको छ। सुरक्षालाई पहिलो प्राथमिकता दिँदै राइडर र यात्रु दुवैको हितमा कम्पनी प्रतिबद्ध रहेको उनले बताए।

कार्यक्रमकै अवसरमा याङ्गोको तर्फबाट १०० जना राइडरलाई हेल्मेट, ज्याकेट र ट्राउजर प्रदान गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार