मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

नेपालमा रेडियोधर्मीको मात्रा विश्व औसत भन्दा बढी

Thearaniko Times 1394+ समाचार ( )
१९ चैत्र २०७९, आइतबार

वल्खुदेखि हेटौडासम्मको वतावरणमा र जमिनमा पाइने रेडियोधर्मी पदार्थको मापन गर्दा विश्वको औसत मान भन्दा बढी पाइएको छ। त्रिभुवन विश्वविद्यालयवाट भौतिकशास्त्रमा  प्रा. डा. राजु खनालको सुपरिवेक्षणमा विधावारिधि पुरा गर्नु भएकी डा अनिता मिश्रले शुक्रवार आफ्नो शोध प्रस्तुत गर्ने क्रममा सो कुराको जानकारी गराउनु भयो। मिश्र र उहाँको टिमले वातवरणमा पाइने प्राकृतिक रेडियोधर्मि र जमिनमा पाइने युरेनियम(U), थोरियम(Th), र पोटासियम(K) को मापन कान्तिलोकपथ अन्तर्गत वल्खु देखि हेटौडासम्म गर्नु भएको थियो।

  अध्ययन पाँचवटा खण्डमा गरिएको थियो। वल्खु देखि लामागाउँ खण्डमा औसत डोज रेट 116 nGy/hr(74-154 nGy/hr)  मापन गरिएको थियो भने लामागाउँवाट कुलेखानी खण्डमा 130 nGy/hr(93-180nGy/hr) मापन गरिएको थियो। त्यसैगरि दक्षिणकाली देखि कुलेखाने खण्डमा 131 nGy/hr (92-206nGy/hr) मापन गरिएको थियो भने कुलेखानी देखि भिमफेदी खण्डमा 119nGy/hr(77- 175 nGy/hr) मापन गरिएको थियो । सबै भन्दा कम डोजरेट भिमफेदी देखि हेटौडा खण्डमा 87 nGy/hr(45-149nGy/hr) मापन गरिएको थियो जुन विश्वको औसत भन्दा बढी हो। शोध प्रस्तुतकर्ताको अनुसार उचाई बढ्दै जादाँ डोजको मात्रा नि बढी पाइएको र पाहाडी र हिमाली क्षेत्रमा उच्च रहेको बताउनु भयो। अत्याधुनिक यन्त्र गामा रे इस्पेक्टोमिटर प्रयोग गरिएको अनुशनधानमा सबै भन्दा बढी डोजरेट दक्षिणकाली कुलेखानी खण्डमा पाइएकोमा कान्तिलोकपथको औसत डोजरेट 119 nGy/hr जुन विश्व औसत डोजरेट भन्दा दोब्बर पाइएको थियो। अध्ययनका अनुसार क्यानसरको जोखिम विश्वको औसत दर भन्दा यस क्षेत्रमा उच्च पाइएको छ।

  नाष्टको सहकार्यमा वैज्ञानिक रामचन्द्र भट्टले काठमाडौको खोलाहरूको सेडिमेन्टको DgBase Spectrometer को माध्यमवाट U, K र Th को मापन गर्दा विश्वको औसत मानसँग समान पाइएको बताउनु भयो। भट्टका अनुसार काठमाडौको सेडिमेन्ट निर्माण सामाग्रीको लागि प्रयोग गर्दा कुनै रडियोलोजिकल जोखिम नरहेको जानकारी दिनुभयो।भट्ट र कार्की लगाएत टिमको सो अनुसन्धान कृति विश्वको प्रतिष्ठित जर्नल RPD मा नै गत साता प्रकाशित भएको थियो। पिएचडी शोधकर्ता एवम वैज्ञानिक राम कार्कीले वल्खु देखि कुलेखानीसम्ममा पाइने प्राकृतिक रेडियोधर्मीको मात्रा प्रत्येक 2  किमीमा गर्नु भएको र औसत डोजको मान 2.6 mSv/yr पाइएको जुन विश्वको औसत मान 2.4 mSv/yr भन्दा बढी रहेको जानकारी गराउनु भयो। उहाँका अनुसार यदि रेडियोधर्मीको मात्रा समय समयमा मापन गरिएको खण्डमा क्यान्सर लगाएत स्वास्थ्यमा हुने समस्याको पूर्व जानकारी दिन सकिने बताउनु भयो।

  वैज्ञानिक कार्की र भट्टका अनुसार नेपालको सबै क्षेत्रको रेडियोधर्मीको मापन जरूरी रहेको र यदि सरकारले बजेट दिएको खण्डमा आफुहरूले मापन गरि रेडियोलोजिकल म्याप तयार गर्न सक्षम रहेको जानकारी दिनु भयो।।।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार