मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |
मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |

वर्तमान सरकार जनताको होइन भन्ने कुरा एमाले सर काँग्रेसले देखाइदिएका छन् ।
वर्तमान सरकार जनताको होइन भन्ने कुरा एमाले र काँग्रेसले देखाइदिएका छन् ।

Thearaniko Times 1372+ समाचार ( )
दीपक शर्मा जंगम
१३ माघ २०८१, आइतबार

वर्तमान सरकार एमाले र काँग्रेस पार्टी मिलेर पार्टीकै हित, कार्यकर्ताको फाइदा र नेताको स्वार्थको लागि बनेको रहेछ । नेपाली जनताको सरकार होइन रहेछ भन्ने कुरा सरकारको हरेक क्रियाकलाप, नीतिगत निर्णय र विवादास्पद कतिपय व्यवहारबाट देख्न सकिन्छ । सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा भारत तथा अमेरिकाप्रति बफादार, इमान्दार र भक्तिज्ञानमा व्यस्त रहेको छ भन्ने कुरा आजको मूल्याङ्कनबाट प्रमाणित गर्न सकिन्छ । सरकार कुर्सी स्वार्थको लागि भष्ट्राचारी जोगाउन बनेको ऐंजेरु पलाएको रुख जस्तो भएको छ । यो सरकार सिद्धान्त, विचार मिलेर जनता र देश बनाउन बनेको होइन ।

हिजो प्रजातन्त्र लोकतन्त्र भन्दै गणतन्त्र सम्म पुग्दा २०४६ सालको आन्दोलनदेखि गणना गर्ने हो भने ३५ वर्षमा प्रवेश गरीसकेको छ । जनताको लागि भनेर २०४७ सालमा राजा स्वीकार गरी बनेको संविधान र २०६२।०६३ को १९ दिनको आन्दोलनबाट राजा मिल्काउने काम गरेपछि जारी गरिएको २०७२ को संविधानको प्रस्तावनामा जनतामा अन्र्तनिहित समाजवाद उन्मुख भनेर लेख्ने काम ठुला दल भनिने एमाले, काँग्रेस र गणतन्त्रका दाता माओवादीले आज समाजवादको नारालाई कतिसम्म व्यवहारमा उतार्ने काम गरे ? कति नेपाली समाजवादबाट लाभावान्ति भए ? हामीले संरचना गरेको स्थानीय सरकार स्थानीय जनताप्रति कति इमान्दार छन् ? प्रदेश संरचना अनुसार कति फराकिलो समाजवाद मोडलको योजना ल्याएर कार्यान्वयन गरियो ? केन्द्रिय तथा संघिय सरकार कति प्रतिशत समाजवाद ल्याउने अभियानमा लागेको छ ? प्रश्न बग्रेल्ती छन् तर उत्तर तीनै वटा सरकारसँग छैन भन्ने पुष्टि भइसकेको अवस्था प्रमाणित भएको छ ।
हामी जनतालाई आज कुन अवस्थामा  पु¥याएका छन्, काँग्रेस एमाले पार्टी अनि तीनै पार्टीबाट निर्माण गरिएको सरकारबाट ? हिजो पैतिस वर्षदेखि आजसम्म एउटा लक्का जवान छोरो वा छोरी परिवारमा कलह निकालेर बेरोजगार बन्ने र रोजगारको खोजिमा भौतारिरहेको अवस्था देख्न सकिन्छ भने उसले कुनै पनि पार्टीबाट देश र जनताको लागि समाजवाद ल्याउनुपर्छ र देशलाई उन्नत भूमी बनाउनुपर्छ र राजनैतिक चेतनाको स्तर पार्टीको झोले कार्यकर्ताभन्दा माथि हुनुपर्छ भन्ने वातावरण न पार्टीले दियो न त सरकारले नै गर्न खोज्यो । जनताभन्दा आफु सधै धनी बन्ने, अकुत सम्पत्ति गैर धन्दाबाट थुपार्ने, विदेश लैजाने, झोले कार्यकर्ता र भरौटे दलालहरुलाई फाइदा हुने गरी सरकारमा भएका मन्त्रीस्तरीय निर्णयबाट नीतिगत भष्ट्राचार गर्ने, एउटा दरिलो उपाय बाहेक जनतामा समाजवाद ल्याउनुपर्छ समाजवादबाट मात्र नेपाली जनताको मुक्ति हुन्छ भन्ने सोच नराख्ने सो बमोजिम काम नगर्ने विदेशी दलालबाट निर्देशित अपराधीबाट बनेको यो सरकारबाट अब नेपाली जनताको पक्षमा नेपाली जनतालाई समाजवाद उन्मुख कार्यहरु ल्याउने हिम्मत गर्दैन यो ऐंजेरु सरकारले । नेपाली जनतामा निराशा पैदा गर्ने, जग्गा जमिन बाँझो राख्ने, व्यवसायीक रुपमा स्वदेशमा नै रोजगार ल्याउने गरी नीति नबनाउने, कृषि, पशुपालन, उद्योग, जडिबुटी, लगायत विभिन्न सम्भावना भएको जलश्रोतको धनी देशमा थुप्रै लगानीकर्ता ल्याएर नेपाली जनताले रोजगार पाउन सक्ने वातावरणको सुनौला सम्भावना हुँदाहुँदै किन यो सरकार जनताप्रति गिर्दाे अवस्थामा छ ?
सरकार धेरै चलाउने, चुनावमा धेरै मत ल्याएर जित्ने, पटक–पटक पुरानै अनुहारका प्रधानमन्त्री, मन्त्री बन्ने गरेका तर जनतामा न त रोजगार, न त व्यवसाय, न त आशा पलाउने अन्य कुनै श्रममा विश्वास गर्ने ठाउँ, कुनै पनि ठाउँमा यो सरकारले जनतालाई राहत दिने काम गरेको छैन । हामी नेपाली जनताले चुनावको समयमा मतदात गर्दा अब विचार नगरी सुख छैन । देश बचाउने हो भने अब गन्हाएका जनताबाट तिरस्कृत बनेका पार्टी रोज्ने होइन अब नेपाली जनताको लागि केही गर्छु भन्ने नेपाली विशेषताको समाजवाद ल्याउन पहल गर्ने, रोजगारको वातावरण स्वदेशमा नै निर्माण गर्ने, स्व उत्पादनमा जोड दिने, पुश, कृषि, जडिबुटी, उद्योग, जलश्रोत लगायत थुप्रै कुराहरुबाट हाम्रो देशमा  वास्तविक समाजवाद आउन सक्ने धेरै सम्भावना र अवसर छन् ।
 नेपालमा नेता र तिनका परिवार, तिनका आफन्त झोले कार्यकर्ता, दलाल माफिया, विदेशी दलाललाई फाइदा हुने गरी नदीनाला बेच्ने, उद्योग बेच्ने, देशको सिमाना मिचिदा नबोल्ने पार्टीका नेतालाई हाम्रो रगत पसिनाको कमाइबाट राज्यको नाममा कर तिरेर हामीले तिरेको करबाट करोडौंको गाडी, भवन, सेवा, सुविधा पुग्ने गरी अब मतदान गर्ने होइन । हाम्रो नेपालमा नेपाली विशेषताको वैज्ञानिक समाजवादमा तल्लो वर्ग पनि अटाउने, कृषक, मजदुर, श्रमीक, निम्न वर्गका व्यक्तिलाई, स्वास्थ्य, शिक्षा, रोजगार दिएर सम्पन्न बनाउने प्रकारको समाजवादको आवश्यकता छ । नेपाली जनताको बलिदानबाट लेखिएको नेपालको संविधान २०७२ को प्रस्तावनामा उल्लेख गरिएको समाजवाद उन्मुख संविधान भन्ने वास्तविकतालाई धुजा–धुजा पार्ने धुन्धुकारी एमाले, काँग्रेस र त्यसको सिको गर्दै नजानिदो ढंगबाट नव सामन्तवाद तर्फ लागेको माओवादी केन्द्रका केही नेताको कारणले गर्दा जनताले नाक खुम्चाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
जनतालाई बढी स्वायत्त बनाउने काम सरकारको हो । सरकार दिन प्रतिदिन जनविरोधी काम गर्ने, अध्यादेशबाट अध्यारोमा फाइदा लिन खोज्ने प्रवृत्तिका कारण अहिले धेरै कार्यकर्ताहरु एमाले, काँग्रेसबाट बनेको प्रत्येक जिल्लाको भूमी समस्या समाधान आयोगको नामबाट पार्टीका कार्यकर्तालाई घर घडेरीको रुपमा पूर्जा दिन तयार भएर लागेको छ । देशमा आजसम्म के–के उद्योग खुले ? कति जना रोजगार भए ? कृषि क्षेत्रमा के कति योगदान भयो ? कुनै तथ्य छैन सरकारसँग । नेपाली जनताको करलाई दुरुपयोग गर्न भाग बण्डामा भूमी आयोग बनाएर ठुलो हानी पु¥याउने नियतका साथ बनेको यो सरकार अलिकति पनि गलेको छैन । प्रत्येक चुनावमा पुराना पार्टी, पुराना नेता, तिनै मन्त्री, तीनै प्रधानमन्त्री तर देशमा ३५ वर्ष अगाडि जन्मेको युवालाई राजनीतिको ‘र’ समेत थाहा छैन । पढेलेखेका युवा वर्ग रोजगारको लागि दैनिक हजारौ संख्यामा विदेश पलायन बनाउँदैछ यो सरकार ।
पढे लेखेका हाम्रा सन्तती विदेश धपाएर अल्पज्ञान भएका पार्टीका अवसरवादीलाई कतिपटक भोट हाल्ने ? कति पटक साँसद बनाउने ? कति पटक प्रधानमन्त्री बनाउने ? मन्त्री कति पटक खुवाउने ? नेपाललाई भारत अमेरिकाको इसारामा चलाउने नेतालाई अब हामीले भोट दिनु भनेको हाम्रो सन्तानको खुट्टामा बञ्चरो हान्नु सरह हो । अब हामी नेपाली जनताले विवेक पु¥याएर आगामी चौरासीमा साँच्चै नेपाल बनाउने पार्टीको पक्षमा उदीयमान समाजवादको मोडल तयार गरेर उत्पादनमा लागेका कम्युनिष्ट पार्टीलाई छान्न ढिला गर्नु हुँदैन । हिजो ३० वर्ष पञ्चायती व्यवस्था र राजा फालेर धेरै राजा बनायौं काँग्रेस एमालेका नेताहरुलाई । अब नेपाली जनताले विदेश गएका सन्ततीलाई स्वदेशमा बोलाएर आफ्नै भूमीमा रोजगार सिर्जना गर्न सक्ने धेरै नै प्राकृतिक सम्भावना छन् ।  हामीले आफ्नो देशमा पसिना  बगाउन सक्यौं भने विदेशी दलालबाट आशा गर्नुपर्ने छैन र त्यो अन्त्य गर्न अवश्य सकिन्छ ।
नेपाललाई राम्रो बनाउने अभियानमा अब विदेशमा जाने होइन आफ्नै देशमा उत्पादन क्षेत्रमा काम गर्ने वातावरण नबनाउने सरकार विरुद्ध नेपाली जनता युवा वर्गले हस्तक्षेप गर्नु जरुरी छ । जनताको भोट लिएर जनतालाई केही गर्न नसक्ने विदेशीको इसारामा चल्ने दलाल सरकारलाई अन्त्य गर्न अब हामीले राजनैतिक चेतनाको स्तरलाई बढाएर आफ्नै देशमा गर्न सकिने कामहरुबारे आत्मसमीक्षा गर्नु  अत्यन्त जरुरी छ । अब कुनै पनि पार्टीको झोले होइन वास्तविक नेपाल आमाको सन्तान बनेर देश बनाउने अभियानमा अब सचेत युवा वर्ग लाग्नुपर्दछ र त्यसको लागि देशको माया गर्ने  दृढ संकल्पका साथ स्वदेशमा नै सम्भाव्यता खोजेर पहिचान गर्दै अगाडि बढ्नु जरुरी छ । देशलाई खण्डहर बनाउने पार्टी होइन हराभरा बनाउने, उद्योग कलकारखाना खोल्ने, कृषि क्षेत्रमा धेरै काम गर्ने वातावरण सिर्जना गर्ने, नेपाली विशेषताको समाजवादबाट नै हुन्छ । त्यसको लागि अब युवा वर्ग, सचेत मतदाता, सबैले देशलाई शिरमा राखेर देश बनाउने अभियानमा लाग्ने पार्टीको विकल्प पनी छैन र त्यसको लागि तराईका जिल्ला कपिलवस्तु, चितवन, रोल्पा, रुपन्देशी, सिन्धुली, काभ्रे लगायतका जिल्लामा उत्पादनमा लाग्ने पार्टीको रुपमा नेपाल कम्युनिष्ट पार्टी अंग्रपक्तिमा छ र उक्त पार्टीले अस्पताल, शिक्षा, उत्पादन, जडिबुटी, उद्योग, कलकारखाना लगायत अन्य रोजगारको सिर्जना गरेर एउटा समाजवादको ढोको खोल्ने जमर्को गरेको छ ।
त्यसको लागि विप्लव लगायत नेता कार्यकर्ता स्वार्थ भन्दा माथि उठेर नेपाली विशेषताको समाजवाद ल्याउने अभियानमा एउटै लाइनमा लामबद्ध हुने हो भने समाजवाद उन्मुख समाजवाद संविधानको प्रस्तावनालाई पुरा गर्न सक्ने एउटा सुनौलो सपना व्यवहारमा यथार्थ देख्न पाइन्छ भन्ने आशा लाग्दो वातावरणमा सबै क्षेत्रबाट प्रचार प्रसार गरी समाजवादको अर्थ बुझ्न सकिन्थ्यो भनी मान्न कर नै लाग्छ । त्यसको लागि अन्य पार्टीका असल, देशभक्त कार्यकर्ताको पनि ध्यान गएको अवस्थामा नेपालमा साँच्चै समाजवाद आउन ढिला हुने छैन । यो सरकार एमाले र काँग्रेसको हो नेपाली जनताको होइन र यसले अब समाजवाद ल्याउन सक्दैन भन्ने कुरा धुव्र सत्य साबित भइसकेको छ ।
लेखक अधिवक्ता हुनुहुन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार