मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

पहिरोमा बगेका व्यक्ति १४ घण्टापछि जीवितै भेटिए

Thearaniko Times 1394+ समाचार ( )
२४ श्रावण २०८०, बुधवार

काभ्रे।काभ्रे र मकवानपुरको सिमामा रहेको खानीखोला र बागमति गाउँपालिकाको सिमानामा रहेको सिक्रेदोभानमा पहिरोमा पुरिएर वेपत्ता भएका ६ मध्ये एक जना जीवित भेटिएका छन् ।

जीवित भेटिनेमा सिन्धुली हरिहरपुर गाउँपालिका-१ ककरेका १९ वर्षका पासाङ घिसिङ रहेका हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले जानकारी दिए ।

वाइवाका अनुसार पहिरोले घर बगाउँदा वेपत्ता घिसिङलाई १४ घन्टापछि घाइते अवस्थामा फेला पारिएको हो ।

घिसिङलाई पहिरोले बगाएको घरभन्दा निक्कै तल खोलामा फेला पारिएको हो । ‘खोलामा एक ठाउँ उकास भएको जमिन रहेछ, उनी त्यही उकास भएको जमिनमा फेला परेका हुन्’ वाइवाले भने ।

उनी पाहुना लागेको मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाएको थियो । जसमा ५ जना अझै बेपत्ता छन् ।

स्याङ्तानसहित उनकी २२ वर्षीया छोरी शिला पहरी,  ज्वाइँ २५ वर्षीय जीवन पहरी,  नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी वेपत्ता रहेको वाइवाले बताए ।

अक्कलबहादुरकी श्रीमती शन्तमायाको भने पहिरोमा परेर मृत्यु भएको वाइवाले बताए ।

घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार