मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

राजनीति
प्रचण्डको भनाइ– जनयुद्धको ऐतिहासिक महत्व आत्मसात् गर्दै संविधानलाई अझ प्रगतिशील बनाउनुपर्छ

Thearaniko Times 1401+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको ऐतिहासिक महत्व आत्मसात् गर्दै संविधानलाई अझ प्रगतिशील बनाउनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार पार्टी कार्यालयमा संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका कारण यसपटकको संविधान दिवस फरक ढंगले मनाइरहेको बताए। ‘११ औँ संविधान दिवस हामी विशेष तरिकाले मनाउँदै छौँ,’ उनले भने, ‘जेनजी आन्दोलनका कारण उत्पन्न नयाँ राजनीतिक परिस्थितिका बीचमा मनाइएको यो दिवस मौलिक र विशेष छ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संविधान निर्माणसम्म पुग्न झन्डै ७० वर्ष लामो संघर्ष र विभिन्न आन्दोलनहरू पार गर्नुपरेको उल्लेख गरे। उनले जनयुद्धलाई ऐतिहासिक तथ्य र उचाइका रूपमा आत्मसात् गर्नुपर्ने बताए।

उनका अनुसार संविधान निर्माण अत्यन्तै चुनौतीपूर्ण र जटिल प्रक्रिया थियो। ‘दलित, महिला, मधेसी, कर्णालीदेखि मेची–महाकालीसम्मको पहिचानसहितको संविधान बनाउन राजनीतिक शक्तिहरू तयार थिएनन्,’ उनले स्मरण गरे। ठूला दलहरूको अहङ्कारकै कारण आजको अवस्था सिर्जना भएको उनको भनाइ थियो।

संविधान निर्माणका क्रममा आफूले ठूलो दबाब र धम्की खेप्नुपरेको दाबी गर्दै प्रचण्डले थपे, ‘त्यसवेला ठूला भनिने पार्टीका नेताहरूलाई प्रधानमन्त्री अफर गरेर संविधान घोषणा गर्ने वातावरण बनाउनुपरेको थियो। यदि मैले त्यस्तो नगरेको भए के हुन्थ्यो भन्ने कुरा अहिले पनि मेरो दिमागमा घुमिरहन्छ।’

उनले भनेजसरी संविधान बनाउन पाएको भए आज जेनजी पुस्ताले आन्दोलन गर्नुपर्ने अवस्था आउनु नपर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार