मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

सलाम ! सहिदलाई – लोक लामा

Thearaniko Times 1394+ समाचार ( )
१५ माघ २०७८, शनिबार

स्वतन्त्रता र उज्यालो आँखाभरि बोकेर

कहिले भिरैभिर

चेतनाको गीत गाउँदै हिड्यौ

कहिले तिरैतिर

नदीजस्तै अबिराम बगिरह्यौ

कहिले सतिसालझैं

समरको अग्रभागमा

छाती थापेर उभिइरह्यौ

गरिब, निमुखाको निम्ति

ओहो ! हाँसीहाँसी जीवन बलिदान दियौ

तिम्रो त्यो अदम्य साहसलाई सलाम

प्रिय सहिद, तिमीलाई सलाम !

दु:खीको दु:खलाई आफ्नो दु:ख बनायौ

दु:खीको सपनालाई आफ्नो सपना सम्झियौ

दु:खीको जीवनलाई आफ्नै जीवन सम्झियौ

दु:खमा सँगसँगै रोयौ

सुखमा सँगसँगै हाँस्यौ

समानताको बाटोमा हिँड्ने तिमी एक महान् यात्री

वर्गीयताको विरुद्ध लड्ने तिमी एक महान् योद्धा

तिम्रो त्यो विचारलाई सलाम

प्रिय सहिद, तिमीलाई सलाम !

तिमीले खनेको गोरेटोहरुमा

अझै जुनकिरीजस्ता मान्छेहरु हिँडिरहेछन्

तिमीले बोलेको आवाजहरुमा

अझै बतासजस्ता आवाजहरु मिस्सिरहेछन्

तिमीले कोरेको गीतहरुमा

अझै ज्युँदो संगीतहरु भरिइरहेछन्

तिम्रो रगत र पसिनाले सिंचिएको यो भूमिमा

अझै नयाँनयाँ पालुवाहरु पलाइरहेछन्

प्रिय सहिद !

तिम्रा पैतालाका डोबहरु मेटिएका छैनन्

तिम्रा आवाजहरु सून्यतामा बिलाएका छैनन्

तिम्रा गीतहरु छातीबाट हराएका छैनन्

तिम्रो सपना अझै ज्युँदो छ

तिम्रो ज्युँदो सपनालाई सलाम

प्रिय सहिद, तिमीलाई सलाम ।

(काभ्रे)

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार