मुख्य समाचार
नेवार समुदायको संस्कृतिमा समाजवादको भ्रुण देखेको छु -प्रचण्ड | ‎सुनकोसी वाङ्मयले ठमेलमा काव्योत्सव गर्यो | पारिजात संघर्षशील महिला-२०८१ ‎एमाले नेतृ विन्दा पाण्डेलाई प्रदान | शिक्षक आन्दोलनमार्फत राज्य समक्ष शिक्षकका केही प्रश्न | शिक्षकहरुको आन्दोलनमा लाचार सरकार तमासे बनेको छ | विष्णुकुमारी वाइवा कसरी पारिजात बनिन् ? | सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने सञ्चारमन्त्री गुरुङको चेतावनी | काठमाडौँ विश्वविद्यालयमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठन | वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध हुँदा पत्रकार सहित हजारौं यात्रुहरु दुम्किबासमा अलपत्र | प्रदेश राजधानी ‎हेटौंडा जोड्ने ‘जनमुक्ति मार्ग’को घर्तिछाप खण्डमा कालोपत्रे हुँदै |

सलाम ! सहिदलाई – लोक लामा

Thearaniko Times 1073+ समाचार ( )
१५ माघ २०७८, शनिबार

स्वतन्त्रता र उज्यालो आँखाभरि बोकेर

कहिले भिरैभिर

चेतनाको गीत गाउँदै हिड्यौ

कहिले तिरैतिर

नदीजस्तै अबिराम बगिरह्यौ

कहिले सतिसालझैं

समरको अग्रभागमा

छाती थापेर उभिइरह्यौ

गरिब, निमुखाको निम्ति

ओहो ! हाँसीहाँसी जीवन बलिदान दियौ

तिम्रो त्यो अदम्य साहसलाई सलाम

प्रिय सहिद, तिमीलाई सलाम !

दु:खीको दु:खलाई आफ्नो दु:ख बनायौ

दु:खीको सपनालाई आफ्नो सपना सम्झियौ

दु:खीको जीवनलाई आफ्नै जीवन सम्झियौ

दु:खमा सँगसँगै रोयौ

सुखमा सँगसँगै हाँस्यौ

समानताको बाटोमा हिँड्ने तिमी एक महान् यात्री

वर्गीयताको विरुद्ध लड्ने तिमी एक महान् योद्धा

तिम्रो त्यो विचारलाई सलाम

प्रिय सहिद, तिमीलाई सलाम !

तिमीले खनेको गोरेटोहरुमा

अझै जुनकिरीजस्ता मान्छेहरु हिँडिरहेछन्

तिमीले बोलेको आवाजहरुमा

अझै बतासजस्ता आवाजहरु मिस्सिरहेछन्

तिमीले कोरेको गीतहरुमा

अझै ज्युँदो संगीतहरु भरिइरहेछन्

तिम्रो रगत र पसिनाले सिंचिएको यो भूमिमा

अझै नयाँनयाँ पालुवाहरु पलाइरहेछन्

प्रिय सहिद !

तिम्रा पैतालाका डोबहरु मेटिएका छैनन्

तिम्रा आवाजहरु सून्यतामा बिलाएका छैनन्

तिम्रा गीतहरु छातीबाट हराएका छैनन्

तिम्रो सपना अझै ज्युँदो छ

तिम्रो ज्युँदो सपनालाई सलाम

प्रिय सहिद, तिमीलाई सलाम ।

(काभ्रे)

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार