मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

बेथानचोक पुर्ननिर्माणमा सरकारले प्रतिवद्धता जनाएको बजेट प्राप्त भएन, कर्मचारीको तलब रोकियो
बेथानचोक पुर्ननिर्माणमा सरकारले प्रतिवद्धता जनाएको बजेट प्राप्त भएन, कर्मचारीको तलब रोकियो

Thearaniko Times 1394+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

काभ्रेपलान्चोक । गत असोजको १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोले बगाएर क्षतिग्रस्त भएको भौतिक संरचनाको पुननिर्माण तथा संरक्षणको लागि बेथानचोक गाउँपालिकाले कार्य थालिएको छ । बाढीपहिरोले क्षति पु¥याएको विद्यालय भवन, सडक र खोला आसपासका बस्तिलाई संरक्षण गर्नका लागि पालिकाले काम थालेको हो । 

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले बाढीले क्षति पु¥याएको व्यक्तिको नीजि घर पुननिर्माणको लागि संघीय सरकारबाट प्राप्त हुनुपर्ने सहयोग नभएपछि संघसंस्थाको सहयोगमा अस्थायी आवासमा बस्दै आएको नागरिकको घर पुननिर्माणको काम भने अझै सुरु हुन नसकेको जानकारी दिनुभयो । अहिलेको लागि सार्वजनिक सम्पत्ति सडक, पुल, भवन लगायतको क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माण र संरक्षणका लागि गर्नुपर्ने काममा वर्षा अगाबै सकिने गरी तिब्र गतिमा काम भईरहेको उनको भनाई थियो । जनताको बीचमा रहेर आवश्यकताको आधारमा पुननिर्माण तथा पुनस्र्थापना गर्ने काम गरिरहेको बताउँदै उनले पालिका, वडाहरु र संघसंस्थाको सहयोगमा काम भईरहेको बताईन् ।

‘अहिले नागरिकको अस्थायी आवास तथा खाद्य सुरक्षाको कार्यमा सहयोग गर्नका लागि युनिसेफ नेपाल, विश्व खाद्य र नेपाल रेडक्रससंगको सहकार्यमा पालिकाका सबै वडाहरुमा काम गर्ने गरी प्रक्रिया अगाडी बढिरहेको छ’– उनले भने, ‘त्यसबाहेक विद्यालय भवनमा पुगेको क्षतिको पुननिर्माणमा सहयोगका लागि शान्ति जनआदर्श सेवा केन्द्रमार्फत काम भईरहेको छ ।’

त्यस्तै व्यक्तिगत नीजी घर, कृषि, खानेपानी, स्वास्थ्य संस्था, बाटो, पुल, सामुदायिक भवन, विद्यालय र सिंचाई लगायतको क्षेत्रमा करिब आढे आठ अर्बको क्षति पुगेकोमा त्यसको सबै क्षतिको व्यवस्थापन गर्न नसकेपनि केही मात्रमा काम भईरहेको उनले बताईन् । 

वर्षाकै कारण चलाल गणेशस्थानको सलान्दु खोलामा गएको बाढीले आसपासको बस्तिमा ठूलो क्षति पु¥याएको थियो । बाढीले घरबार सबै बगाएपछि यहाँका करिब २० घर पूर्ण रुपमा क्षति भएको थियो । अहिले सो ठाउँमा थुप्रिएको बगरलाई खोलेर खोलालाई व्यवस्थित बनाउने काम भईरहेको पालिकाले जनाएको छ । सो आसपासमा रहेको बस्ति र त्यही बस्ती भएर सञ्चालनमा रहेको खोपासी–ढुंखर्क सडकखण्ड बगाएपछि अहिले वर्षा अगावै खोला व्यवस्थापन गरी सञ्चालन गर्ने काममा लागिरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले बताए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले त्यसबखत बाढीपहिरो जाने वित्तिकै विशेष गाउँसभा गरेर पालिका स्तरिय योजनालाई रद्द गरी सबै विपद्केन्द्रित बजेट बनाएर काम गरिरहेको बताए । जसअनुसार वर्षायाम अगाडी नै खोलाले थप क्षति नपु¥याओस भनेर त्यस्ता ठाउँहरुमा खोला सोहोर्ने काम, क्षति भएको भवनहरुको संरक्षणको काम र अन्य आवश्यकीय कार्यहरुलाई अगाडी बढाईरहेको उनले जानकारी दिए । त्यसको लागि पालिकाको क्षमताले मात्रै नभ्याउने धेरै कामहरु गर्नुपर्ने भएको कारण प्रदेश र संघ सरकारलाई पनि सहयोगको लागि आग्रह गरिएको भएपनि संघ र प्रदेश सरकारले उपलब्ध गराउने भनिएको बजेट प्राप्त हुन नसकेको उनले बताए ।

पालिकाले आन्तरिक श्रोतबाट विपद्मा करीब १० करोड खर्च गरिसकेको अवस्था छ । अहिलेसम्ममा पालिकाले पाएको सहयोगमा संघ सरकारबाट एक करोड, बागमती प्रदेश सरकारबाट २० लाख, काठमाडौं महानगरपालिकोले २० लाख र करिब १८ लाख जति स्थानीय समुदायले उठाएर उपलब्ध गराएकोबाट काम गर्नुपरेको बाध्यात्मक अवस्था रहेको बताए । विपद्कै पु¥याएको असरका कारण दूई महिनाको कर्मचारीको पारिश्रमिक उपलब्ध नभएको र नेपाल सरकारले कमिट्मेन्ट गरेको अनुसार ४ देखि ५ करोड बजेट घाटामा छौ–प्रमुख प्रशासकीय अधिकृत भण्डारीले गुनासो गर्नुभयो । त्यस्तैमा काम गर्ने गरी आएका विभिन्न संघ संस्थाहरुसंगको समन्वय र सहकार्य गरेर काम गरिरहेको उनले बताएका छन् । राजनीतिक दल, जनप्रतिनिधिहरु र नागरिक समाजलगायतका व्यक्तित्वहरुको सहयोगमा काम भईरहेको उहाँको भनाइ थियो । 

बेथानचोक गाउँपालिका वडा नं. २ ढुंखर्कस्थित पार्वती माध्यमिक विद्यालयका प्राविधिक शिक्षालयको भवनमा गत असोज दोस्रो साता पाट्नेखोलामा गएको बाढीले खोलेर क्षति पु¥याएको थियो । जसबाट जगको माटोसहित खोलेर धरापमा परेको विद्यालयको जगमा पर्खाल लगाएर मर्मत गर्ने काम भईरहेको छ । त्यस्तै खोपासी–बेथानचोकको ढुंखर्क सडक बाढीले बगाएर क्षति पु¥याएको ठाउँहरुमा मर्मत सम्भारको काम भईरहेको छ । बाढीपहिरोबाट भौतिक संरचनाहरुसंगै पालिकाभित्र ४८१ घर पूर्ण रुपमा क्षति भएकोमा अझैसम्म आवास निर्माणको काम भने सुरु हुन सकेको छैन ।

प्रतिक्रिया

Rajesh Timalsina २५ वैशाख २०८२, बिहीबार

धेरै राम्रो काम भईरहेको छ अझै राम्रो होस् भन्ने अपेक्षा राखेका छौ । हामी बेथानचोक बासी सधै हजुरहरूको साथमा छौ तारा राना ( मिस) 🙏🙏❤️

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार