मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

एक घर एक धारा समानुपातिक वितरणका लागि भैरव केसीको नेतृत्वमा समिति गठन
एक घर एक धारा समानुपातिक वितरणका लागि भैरव केसीको नेतृत्वमा समिति गठन

Thearaniko Times 1401+ समाचार ( )
३ पौष २०८१, बुधवार

काभ्रे/बनेपा नगरपालिका वडा नं. ६ बुडोलस्थित अरनिको राजमार्ग दक्षिण तर्फको भेग र बस्तीहरुलाई समेट्ने गरी 'एकीकृत एक घर र एक धारा समानुपातिक बितरण अभियान' अन्तर्गत समिति गठन भएको छ।

बनेपा -६ का वडाध्यक्ष सचितानन्द केसी अध्यक्षतामा भएको भेलाले समाजसेवी तथा पुर्व वडाध्यक्ष भैरव केसीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ। समितिमा राजु मानन्धर, हरि तामाङ, रोहित कोइराला, श्यामचन्द्र श्रेष्ठ, बिष्णु माया खड्गी, उषा केसी, न्हुच्छेलाल बैदार, गणेश भुजेल रहनुभएको छ। समितिले छरेर रहेका खानेपानी मुहानहरुलाई एकिकृत गरी समानुपातिक वितरण गर्नको लागि सहयोग तथा समन्वय गर्ने बताइएको छ।

बनेपा नपा- ६ नं. वडा कार्यालयको पहलमा  भएको स्थानीयहरुको भेलालाई सम्बोधन गर्नुहुँदै वडाध्यक्ष सचितानन्द के.सी.ले वडामा छरिएर रहेको मुहानहरुलाई एकीकृत गरी एक घर एक धारा जडान गरी समानुपातिक प्रणालीमा वितरण गर्ने  प्रस्ताव राख्नुभएको थियो । भेलाले खानेपानी मुहानहरुलाई एकिकृत गरी समानुपातिक वितरण गर्नको प्रदेश स्तरीय बजेट ७० लाख परेको जानकारी दिनुहुँदै वडाध्यक्ष केसीले अरनिको राजमार्गको उत्तरी भागमा खानेपानी वितरणको काम अन्तिम चरणमा रहेको र अरनिको राजमार्गको दक्षिणतिर र उग्रेश्वरबाट पुर्वतिरको बस्तिमा पनि छिट्टै पानी वितरण हुने जानकारी दिनुभयो।  

बनेपा न.पा. ६ का वडाध्यक्ष के.सी.ले वडाभित्र छरिएर रहेको मुहानहरुलाई एकीकृत गर्दै समानुपातिक रुपमा सबैले पानी पिउन पाउने वातावरण बनाउन एक घर एक धाराको आफु लागी परेको जानकारी दिनुभयो । वडाध्यक्ष के.सी.ले खानेपानीको मुहानलाई एकीकृत गरी ट्यांकीमा जम्मा गर्ने र समानुपातिक वितरण प्रणालीमा एक घर एक धारा जडान गर्ने योजना रहेकोले यसमा साथ दिन वडामा रहेका राजनीतिक दल र वडाबासीलाई अपिल गर्नुभयो । उहाँले पानी खुवाउन आवश्यक शक्ति परिचालन गर्ने र आवश्यक थप आर्थिक व्यवस्थापनको लागि वडाले पहलकदमी लिने भएकोले यो अभियान सफल बनाउन सबैको साथ, सहयोग र प्रतिवद्धता चाहिएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो-"आफ्नो लागि त जो पनि बाँचेको हुन्छ अरुको लागि बाँच्न सक्नुपर्छ । समाज सेवा भनेको आफू जलेर अरुलाई उज्यालो दिने हो। अतः आफू जल्नै पर्छ अरुलाई उज्यालो दिनलाई । किर्ती रहने र मलामी बढ्ने काम गरौं समाज सेवाले नै मानिसलाई सन्तुष्टि  दिन्छ। पानी खानदिने कार्य जतिको पुण्यको कार्य अरु कुनै हुन सक्दैन अतः व्यक्तिगत स्वार्थ र दलगत स्वार्थ भन्दामाथि उठेर अघि बढ्न आव्हान गर्न चाहन्छु ।

पुर्व वडाध्यक्ष तथा समाजसेवी भैरव केसीले यो पुण्य कामको लागि दलगत् स्वार्थभन्दा माथि उठेर सहयोग गर्न आफ्नो सदा साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले वडाध्यक्ष सचितानन्द केसी विकासप्रेमी वडाध्यक्ष भएकोले नै बनेपा -६ को कायापलट हुन संभव भएको बताउनुभयो । यसैगरी नेपाली कांग्रेसका श्यामचन्द्र श्रेष्ठ, एमालेका राजेन्द्र थापा लगायतले खानेपानी अभियानमा आफ्नो दलको पुर्ण समर्थन रहेको र यसलाई सफल बनाउन आफ्नो सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीलाई वडा सदस्य लालकृष्ण तिमल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

रंगनाथ ब्यांजु ३ पौष २०८१, बुधवार

हार्दिक बधाई तथा शुभकामना

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार