काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी संघ (फेकन) को सह-कोषाध्यक्षमा मञ्जु लामिछानेले उम्मेदवारी दिनु भएकाे छ ।
केन्द्रीय कार्यालय डिल्लीबजारमा मंगलबार सह कोषाध्यक्षमा उम्मेदवारी दर्ता गरेको उनले बताए । ‘म अहिले केन्द्रीय सदस्य हुँ, अब सह-कोषाध्यक्षमा उम्मेदवारी दिएको छु, म सबै सदस्य साथीहरुको सल्लाहले नै अघि बढेको हुँ’ उनी भन्छिन् मैले केन्द्रीय सदस्य भएर अहिले खेलेको भूमिका पनि सबैले सम्झिरहनु भएको छ त्यसैले पनि सबैको सहयोग पाउँछु भन्ने अपेक्षा गरेको छु ।’ आगामी दुई वर्षका लागि शनिबार निर्वाचन हुँदैछ । फेकनमा २ सय ६१ मतदाता रहेका छन् ।
उनले उम्मेदवारीबारे फेसबुकमा स्टाटस लेख्दै भनेका छन्-
गत बिगत कालदेखी म मन्जु लामिछाने पनि फेकन (FECON)संग सम्बद्ध रहंदै आएको छु । त्यसै क्रममा अघिल्लो पटकको निर्वाचनबाट मलाई केन्द्रीय सदस्यमा यहाँहरूको अमूल्य मतबाट बिजयी गराऊनु भएको कुरा स्मरण गराउन चाहन्छु। त्यस पश्चातका दिनमा आदरणीय सदस्य ज्यूहरूको मतको कदर गर्दै टिम स्पिरिटलाई सर्वोपरी ठानी संस्थागत हितका उद्देश्यहरू पूरा गर्न अथक रूपमा लागि पर्दै आएको कुरा यहाँहरू सामु छर्लङ्ग नै छ ।
हाम्रो केन्द्रीय समितिले संस्थालाई संकटबाट मुक्त गर्न, विभिन्न सरकारी निकायहरूसंग समन्वय गरी संस्थालई सबल, स्वतन्त्र र अग्रगामी बाटोतर्फ लैजान प्रयत्न गरेको कुरा पनि स्मरण गराउन चाहन्छु ।
यहाँहरूलाई अवगत नै छ एन्.ओ.सी.(NOC) बन्द हुँदा, बन्द नगराउने प्रयत्नको आवाज़ बुलन्द हाम्रो टिमले नै सर्वप्रथम गरेको थियो । त्यसैगरी धरौटी राख्नु पर्ने नीति नियम सरकारले लागु गर्न खोज्दा, पटक-पटकका शिक्षा मन्त्रीहरूसंग भेटघाट गरी रोक्नका लागि ज्ञापन पत्र समेत दिईएकोले सो कार्य रोकिन पुगेको थियो । त्यसैगरी शैक्षिक परामर्श संशोधित निर्देशिका, टि.आई.टि.आई.(TITI) तालिम, संस्था नविकरण, वैदेशिक लगानी, शिक्षा ऐनमा मस्यौदा लगायत समग्र परामर्श व्यवसायीको समस्याका साथै नेपाललाई शैक्षिक हब बनाऊने बिषयहरू ऊठानगरी ध्यानाकर्षण पत्र समेत दिएका थियौ। त्यतिमात्र नभई,हामीसंग सम्बद्ध बिभिन्न संघ संस्थाहरूले अनुमति पत्र(License)नपाई रहँदा, अन्य विभिन्न समस्याहरू समाधानार्थ शिक्षा मन्त्रालय, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र केन्द्र सरकारका सम्बन्धित निकायहरूसंग समेत पटक-पटक सम्बाद, प्रतिबाद समेत गरी आईपरेका समस्याहरू समाधान गर्न हाम्रो टिमले सक्रियता जनाउँदै आएका थियौं। उल्लेखित कार्यहरू लगायत अन्य सृजनात्मक कार्य (तिज कार्यक्रम) समेतमा मैले पनि सक्रियता देखाउँदै आएको व्यहोरा आदरणीय सदस्य (मतदाताहरू) ज्यूहरूमा जगजाहेर नै होला भन्ने विश्वास लिएको छु ।
ऊल्लेखित गतबिधिहरूबाट मैले यस संस्थाको केन्द्रीय सदस्य भई कार्य गर्दा धेरै कुराहरू सिक्ने मौक़ा आदरणीय सदस्य महानुभावहरूले दिनु भएकोमा यहाँहरूप्रति आभार व्यक्त गर्नुका साथै कृतज्ञता ज्ञापन समेत गर्दछु । यो समयसम्म मलाई सिक्ने बुझ्ने मौका दिनु भएकोले संस्थाको हितलाई कसरी सबल बनाउने भन्ने कुराले म झनै उत्साहित भई टिमका साथीहरूसंग हातेमालो गरेर अगाडी बढीरहेको छु । आगामी दिनमा पनि प्राप्त गर्दै आएको अनुभवहरूलाई कार्यन्वयन गर्दै फेकन(FECON) लाई सक्षम, सुदृढ एवम् गतिशील बनाउने तिब्र ईच्छा जागेको छ। अतएव, पूनःएकपटक यस संस्थाको सह-कोषाध्यक्षको जिम्मेवारी लिनका लागि ऊम्मेद्वारी दिएको छु।साथै आदरणीय मतदाताहरूको अमूल्य साथ र सहयोगले मलाई अमूल्य मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु । यहांहरूको साथ र सहयोग,ऊत्प्रेरणाले नै संस्था र म आफू समेतलाई अग्रगतितर्फ लैजाने प्रेरणा मिल्नेछ भन्ने बिश्वास समेत मैले लिएको छु ।
आदरणीय फेकन (FECON) परिवारका आत्मीय सदस्य ज्यूहरू नमस्कार ! अभिवादन!!
जय फेकन(FECON)!
मन्जु लामिछाने(ओम ईमिनेन्ट एडुकेशन एन्ड रिसर्च सेन्टर प्रा.लि.मिनभवन ,काठमाडौ)
सह-कोषाध्यक्षको ऊम्मेद्वार ।
धन्यबाद ।
मिति:-२०८२-०१-२३