मुख्य समाचार
निर्वाचनपछिको सरकारको नेतृत्व उज्यालो नेपाल पार्टीले लिनुपर्ने मन्त्री घिसिङको भनाइ | श्री कालिका आधारभूत विद्यालयमा सुदिप पौडेलको आत्मीय सहकार्य | जेन्जी आन्दोलनपछिका चुनौती र अवसरबारे गोष्ठी : संपदा संरक्षणबारे फिचर लेखन तालिम सम्पन्न | डा. योगीको निबन्धकृति ‘चेतना यात्रा’ लोकार्पण | दार्चुला कला–साहित्य र ‘किशनसिंह धामी : व्यक्ति र कृति’ लोकार्पण | त्रिवेणी टोल सुधार समितिको दोस्रो साधारण सभाले हरि लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन | पाँच वडाध्यक्षले बुझाए ज्ञापनपत्र, प्रभावित फलामेसाँघु पुनर्निर्माणमा मन्त्री घिसिङको आश्वासन | ‘चित्रमय चाडपर्वको देश : नेपाल’ लोकार्पण | डा. राजवंशीको ‘विक्रमसंवतदेखि लुम्बिनीसम्म’ लोकार्पित | खोटाङ सामाजिक सेवा मञ्चद्वारा स्रष्टा रेग्मी र रोदन सम्मानित |

त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन, विश्वविद्यालय, केही क्याम्पसमा तालाबन्दी
त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन, विश्वविद्यालय, केही क्याम्पसमा तालाबन्दी

Thearaniko Times 1239+ समाचार ( )
४ चैत्र २०८१, मङ्गलबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसहरुमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ ।

 ४६ वटा आंगिक क्याम्पससहित अरु सम्बन्धन प्राप्त क्याम्पसमा आज चुनाव हुन लागेको हो । मतदान बिहान ८ बजेदेखि ४ बजे सम्म हुनेछ । १३ वटा आंगिक क्याम्पसमा भने चुनावी प्रक्रिया रोकिएको छ ।

‘रोकिएका क्याम्पसमा १५ दिनभित्र चुनाव गराउन वातावरण त्रिवि पहलमा सहमतिको प्रयास भइरहेको बताएको छ । 

त्रिविको ६४ वटा अंगिक क्याम्पस र एक हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । २०७९ मा ५० वटा आंगिक र ३०० बढी सम्बन्ध प्राप्त क्याम्पसमा चुनाव भएको थियो ।

विद्यार्थी संख्या २०० जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्धी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ ।

त्रिवि विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ ।

स्ववियु निर्वाचनको तयारी भइरहेका बेला त्रिविको चर्चित क्यामपस रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा सोमबार मध्यराति अनेरास्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग गरेको छ ।

यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ । निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिए ।

सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ ।

आज हुने स्ववियु निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको छ ।

काभ्रेका क्याम्पसहरु भागबन्डा र गठबन्धन 

काभ्रेपलाञ्चोक जिल्लाको बुडोल स्थित काभ्रे बहुमुखी क्याम्पसमा मात्रै निर्वाचन हुँदैछ । यो क्याम्पसमा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) तथा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । 

काभ्रे बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघको पकड भएको क्याम्पस पनि हो । स्ववियु निर्वाचन हुने काभ्रेपलाञ्चोक जिल्लाको १६ वटा क्याम्पस मध्ये १५ वटामा यसअघि नेविसंघले ६, अनेरास्ववियु ६ र अखिल क्रान्तिकारी ३ वटामा भागबण्डा गरेर सर्वसम्मत गराइएसकेका छन् । 

काभ्रे बहुमुखी क्याम्पसमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति अनुसार गठबन्धन बनाएर विद्यार्थीहरुले निर्वाचनमा होमिएका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार