मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

ल्होछारले पहिचान, अधिकार र सामाजिक सद्भावको सम्बन्ध स्थापित गरेको छ- अध्यक्ष नेपाल

Thearaniko Times 1394+ समाचार ( )
६ माघ २०७९, शुक्रबार

काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष  माधवकुमार नेपालले सांस्कृतिक परम्परा समाज र राष्ट्रको पहिचान भएको बताउनु भएको छ ।

 तामाङ समुदायको महान पर्व मञ्जुश्री सम्वत् २८५९ औँ सोनाम ल्होछारको अवसरमा कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा अध्यक्ष नेपालले सो कुरा बताउनु भएको हो । तामाङ समुदायको सांस्कृतिक परम्पराले समाज र सिंगो राष्ट्रलाई परिवर्तनमा ल्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै उहाँले पर्वहरुलाई पहिचानको रुपमा लिएर त्यसले इतिहासमा खेलेको भूमिकालाई गौरवका साथ लिनुपर्ने बताउनु भयो  ।

तामाङ समुदायको महान पर्व सोनाम ल्होछारले पहिचान, अधिकार र सामाजिक सद्भावको सम्बन्ध स्थापित गरेको भन्दै मौलिक धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्नु राज्यको दायित्व रहेको उल्लेख गर्दै २०५१ सालमा तत्कालीन मनमोहन अधिकारी सरकारमा हुँदा तामाङ समुदायले पहिचानसहित सरकारी कर्मचारीमा भर्ती गर्ने व्यवस्था गरेको बताउनु भयो  ।

त्यस अघि तामाङ समुदायमा व्यक्तिमा भएको ज्ञान, खुबी र सीपको आधारमा जागिर खान नपाउने र थर परिवर्तन गरी जागिर खानुपर्ने जस्ता विभेदलाई अन्त्य गरेको बताउनु भयो  । मनमोहनकै सरकारको समयमा अध्यक्ष नेपाल आफु रक्षामन्त्री हुँदा महिलाहरूलाई समेत सेना र प्रहरीमा भर्ती गर्ने नीति ल्याएको बताउनु भयो  ।
नेपाल तामाङ संघ समाजवादी केन्द्रीय अध्यक्ष लाप्साङ लामाको अध्यक्षतामा भएको
 कार्यक्रममा उपाध्यक्षगौ तमबुद्ध तामाङले स्वागत मन्तव्य, अभियन्ता तथा सञ्चारकर्मी प्रतिक न्यासुर तामाङ, मन्डनदेउपुर नगर प्रमुख टोक बहादुर वाइवा लोछार र तामाङ संस्कृतिको बारे आफ्नो बिचार राख्नुभएको थियो। सो कार्यक्रममा तामाङ मौलिक परम्पराअनुसारको तामाङ जुहारी कलाकार संघको प्रस्तुती रहेको थियो । साथै तामाङ मौलिक परिकार समेत प्रर्दशन गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार