मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

राजनीति
महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

Thearaniko Times 1401+ समाचार ( )
२ फाल्गुन २०८२, शनिबार

महाभारत, काभ्रेपलाञ्चोक ।

महाभारत गाउँपालिकाका विभिन्न वडामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का चुनावी सभा तथा जनभेटघाट कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन्।

महाभारत गाउँपालिका वडा नम्बर–६ मगरगाउँमा सम्पन्न चुनावी सभामा वडा नम्बर–६ र ७ का स्थानीय जनसमुदाय तथा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसैक्रममा महाभारत गाउँपालिका वडा नम्बर–१ र ८ को सिमाना सोलाभञ्ज्याङमा पनि नेकपाको जनभेटघाट तथा चुनावी सभा सम्पन्न भएको छ।

काभ्रे निर्वाचन क्षेत्र नम्बर–१ का प्रत्यक्षतर्फका उम्मेदवार दिननाथ गौतम को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीकी समानुपातिकतर्फकी उम्मेदवार मिना पाख्रीन, केन्द्रीय सदस्यहरू गंगा बहादुर तामाङ, बिजय लामा, होम बहादुर खुलाल, बागमती प्रदेश सचिव इन्द्रबहादुर थिङ, साथै महाभारत गाउँपालिका अध्यक्ष मीन बहादुर वाइबा लगायत केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेताहरूको सहभागिता रहेको थियो।

त्यस्तै कार्यक्रममा कान्छालाल जिम्बा (संसार), कान्छामान जिम्बा (रोहित), ङेमसाङ लामा (प्रतिभ) लगायत नेताहरूको उपस्थिति रहेको थियो। भेटघाट तथा चुनावी सभा सुजन लामाको अध्यक्षतामा सम्पन्न भएको हो।

सभालाई सम्बोधन गर्दै वक्ताहरूले जनताको पक्षमा आधारित नीति, विकास र सुशासनलाई नेकपाको मुख्य एजेन्डा भएको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन मतदातासमक्ष आग्रह गरेका थिए। कार्यक्रममा वडा नम्बर–१, २, ६, ७ र ८ का स्थानीय बासिन्दा तथा पार्टी कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनु हुने वडा नम्बर–१, २, ६, ७ र ८ का सम्पूर्ण जनसमुदाय तथा पार्टीका सम्पूर्ण कमरेडहरूप्रति आयोजक समितिले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार